ऐतिहासिक मण्डः फल्चा (सोह्रखुट्टे पाटी) निर्माणकार्य अझै ओझेलमा !

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १९, २०७५
|
|
१७ पटक हेरिएको
Shares
ऐतिहासिक मण्डः फल्चा (सोह्रखुट्टे पाटी) निर्माणकार्य अझै ओझेलमा !

सारांश

  • – गणेश शाक्य काठमाण्डौं :सडक विस्तार कार्यमा मासिएका १६ वडा स्थित करिव २५० वर्ष पुरानो ऐतिहासिक मण्डः फल्चा (सोह्रखुट्टे पाटी) निर्माणकार्यको लागि आज लेखनाथ सदनमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
  • उक्त कार्यक्रम प्रदेश नं.
  • ३ को प्रतिनिधिसभा सांसद बसन्त मानन्धरको पहलमा भएको थियो ।

– गणेश शाक्य
काठमाण्डौं :सडक विस्तार कार्यमा मासिएका १६ वडा स्थित करिव २५० वर्ष पुरानो ऐतिहासिक मण्डः फल्चा (सोह्रखुट्टे पाटी) निर्माणकार्यको लागि आज लेखनाथ सदनमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम प्रदेश नं. ३ को प्रतिनिधिसभा सांसद बसन्त मानन्धरको पहलमा भएको थियो । कार्यक्रममा १६ वडाको अध्यक्ष, जेष्ठ नागरिक समाजका अध्यक्ष, सोह्रखुट्टे प्रहरी वृतका डि.एस.पी., प्रमुख सेनानी लगायत अन्य विभिन्न स्थानका सम्पदा प्रमीहरुको उपस्थिति थिए ।
कार्यक्रमको अन्तमा सांसद बसन्त मानन्धरले आजको ३ दिनमा पुर्ननिर्माण कार्य शुरु हुने वताउनु भयो । तर उपस्थित सहभागीहरु भने तीन दिन भित्र पुर्ननिर्माण कार्य शुरु हुनेमा विस्वस्त नभएको वताउछन । अन्तरक्रियाकै क्रममा २०७४ साल असार महिनामा ठेकेदारसंग सम्झौता भएकोमा आफ्नो जिम्मेवारी पुरा नगरी विचैमा काम छोडी भाग्ने भगौटे ठेकेदारले कसरि काम गर्ला भन्ने प्रश्न उठेका थिए । यसै विच सेभ नेपा भ्यालीको तर्फवाट यादव कायस्थले अव निर्माण गरिने भनेको ठाँउ उपयुक्त नभएको तर्क प्रस्तुत गर्नु भयो ।

अव वन्न लागेको स्थान पहिलेको स्थानवाट करिव १० – १२ मिटर पर बृद्धाश्रमसंगै रहेको र सो पाटी कसैले पनि पहिला जस्तो प्रतक्ष देख्न नसक्ने वताउनु भयो । सोह्रवटा खम्वा भएकोले पछि आएर पाटीको नांउ सोह्रखुट्टे हुन गएको तर यसको पौरानिक नाम मण्डः फल्चा भएको पनि खुलासा गर्नु भयो । साथै, हाल निर्माण हुन लागेको पाटी प्राचिन ढुङ्गेधारालाई छोपी त्यसैमाथी वनाउन लागेकोमा सेभ नेपा भ्यालीको दवाव पछि ढुङ्गेधारालाई पनि यथावत राखि वनाउने सहमत भएको छ ।
सोह्रखुट्टे पाटी पुरानै स्थानमा वनाउनु पर्ने भन्ने धारणा राख्ने सहभागीहरुको संख्या पनि उल्लेखनिय रहेको छ ।

ठेक्का तोदी भाग्ने ठेकेदार सम्पर्कमा आएको र फेरी उहि भगौटे ठेकेकदारसंगै निर्माण कार्य अघि बढाउने भन्ने कुरा आएकोले सहभागीहरु विश्वस्त हुन नसकेकोले गर्दा पुर्ननिर्माण कार्य अझै अन्योलमा परेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?