केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनमै ३५ अर्ब रुपैयाँ लाग्ने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ५, २०७५
|
|
३० पटक हेरिएको
Shares
केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनमै ३५ अर्ब रुपैयाँ लाग्ने

सारांश

  • केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि करीब रु ३५ अर्ब बराबरको खर्च लाग्ने देखिएको छ ।
  • नेपालीसहित चिनियाँ प्राविधिक टोलीले प्रारम्भिक अध्ययन गरी रेलमार्ग निर्माणका लागि उपयुक्त रहेको प्रतिवेदन दिइसकेको अवस्थामा सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयारीका लागि उक्त परिमाणको रकम खर्च हुने देखिएको हो ।
  • प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव मधुसुदन अधिकारीले आगामी आर्थिक वर्षका लागि कम्तीमा पनि रु १७ अर्ब बराबरको बजेट आवश्यक रहेको बताए ।

केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि करीब रु ३५ अर्ब बराबरको खर्च लाग्ने देखिएको छ ।

नेपालीसहित चिनियाँ प्राविधिक टोलीले प्रारम्भिक अध्ययन गरी रेलमार्ग निर्माणका लागि उपयुक्त रहेको प्रतिवेदन दिइसकेको अवस्थामा सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयारीका लागि उक्त परिमाणको रकम खर्च हुने देखिएको हो ।

प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव मधुसुदन अधिकारीले आगामी आर्थिक वर्षका लागि कम्तीमा पनि रु १७ अर्ब बराबरको बजेट आवश्यक रहेको बताए ।

उनले सम्भाव्यता अध्ययनका लागि कम्तीमा दुई वर्ष लाग्ने जानकारी दिँदै साधन र स्रोत उपलब्ध भए तोकिएको समयमा नै रेलमार्ग निर्माणले गति लिने उल्लेख गरे ।

प्राविधिक रुपमा अध्ययन गर्न समय र पैसा दुवै लाग्ने भएकाले मन्त्रालयले सो आयोजनाका लागि आवश्यक बजेटको प्रबन्ध गर्नसमेत राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालयलाई समेत आग्रह गरेको समितिको बैठकमा उनले जानकारी दिए ।

सम्भाव्यता अध्ययन सकिएपछि उपयुक्त ढाँचाको छनोट गरी रेलमार्ग निर्माणको काम अगाडि बढ्ने छ । रेलमार्गका विषयमा नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच पटकपटक छलफल भइरहेको छ । सो रेलमार्ग करीब ८० किलोमिटर हुने प्रारम्भिक अध्ययनबाट देखिएको छ ।

यस्तै रक्सौल–काठमाडौँ रेलमार्गको प्रारम्भिक अध्ययनको काम भारतीय पक्षले गरेको छ । सो रेलमार्गको सम्भाव्यता अध्ययनका लागिसमेत रु पाँचदेखि रु सात अर्ब बराबरको बजेट आवश्यक पर्ने सचिव अधिकारीको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ कानुनमा पुरुषले पनि सम्बन्ध विच्छेद गर्न पाउने
नयाँ कानुनमा पुरुषले पनि सम्बन्ध विच्छेद गर्न पाउने
स्थानीय निर्वाचन र संविधानमाथि छलफल गर्न पूर्व प्रधानमन्त्रीहरु एकै थलोमा भेला हुने
स्थानीय निर्वाचन र संविधानमाथि छलफल गर्न पूर्व प्रधानमन्त्रीहरु एकै थलोमा भेला हुने
नेकपाका दुई अध्यक्षबीच रस्साकस्सी, राजनीतिक प्रतिवेदनमै विवाद
नेकपाका दुई अध्यक्षबीच रस्साकस्सी, राजनीतिक प्रतिवेदनमै विवाद
भ्रष्टाचार आरोपमा पूर्वमुख्यमन्त्री यादव जेल चलान
भ्रष्टाचार आरोपमा पूर्वमुख्यमन्त्री यादव जेल चलान
पाँचौ रमपम गोल्डकपको खेलतालिका सार्बजनिक
पाँचौ रमपम गोल्डकपको खेलतालिका सार्बजनिक
मनाङवासी यार्सागुम्बा टिप्न हिमाली भेगतर्फ
मनाङवासी यार्सागुम्बा टिप्न हिमाली भेगतर्फ
रमेशकुमार सिलवालको रिट खारेज, टंकलाललाई बाटो खुला
रमेशकुमार सिलवालको रिट खारेज, टंकलाललाई बाटो खुला
अब चुनाव हुन्न कि सर्छकी भन्ने शंका सकियाे -पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल ।
अब चुनाव हुन्न कि सर्छकी भन्ने शंका सकियाे -पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल ।
राष्ट्रियसभाको उपाध्यक्षमा माओवादी नेत्री अर्याल निर्वाचित
राष्ट्रियसभाको उपाध्यक्षमा माओवादी नेत्री अर्याल निर्वाचित
मध्यपहाडी लोकमार्गको बेहाल
मध्यपहाडी लोकमार्गको बेहाल

तपाईंले छुटाउनुभयो कि?