डा. गोविन्द केसीलाई प्रधानमन्त्री ओलीकाे अाग्रह: अनशन छोडेर काठमाडौं आउनुहाेस

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २५, २०७५
|
|
३२ पटक हेरिएको
Shares

सारांश

  • काठमाडाै, २५ असार ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले जुम्लामा अनशनरत प्रा.
  • डा.

काठमाडाै, २५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले जुम्लामा अनशनरत प्रा. डा. गोविन्द केसीलाई छलफलका लागि काठमाडौं आउन आग्रह गरेका छन्।

अनशन छाडेर आए आफू डा. कसीसँग सम्वाद गर्न तयार रहेको प्रधानमन्त्री ओलीले बताएका हुन्। प्रधानमन्त्रीका सञ्चार सल्लाहकार कुन्दन अर्यालले  प्रधानमन्त्री ओलीले केसीसँग वार्ता गर्ने प्रयास गरिरहेको जानकारी दिएका हुन्।

‘प्रधानमन्त्री चिकित्सा शिक्षाको गुणस्तर राम्रो हुनुपर्छ भन्नेमा सहमत हुनुहुन्छ,’ अर्यालले भने, ‘तर थप मेडिकल कलेजलाई सम्बन्धन दिनै हुँदैन र काठमाडौं उपत्यकामा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्नै हुँदैन भन्ने कुरा मान्न नसकिनेमा चाहिँ प्रधानमन्त्री अडिग हुनुहुन्छ।’

प्रधानमन्त्री ओलीले डा. केसीलाई जिद्दी र दबाबको राजनीति छाडेर नियम कानुन र विधिबाट समस्याको समाधान गर्न आग्रह गरेका छन्। ‘अनशन तोड्नुस्, वार्तामा आउनुस्,’ प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै सञ्चार सल्लाहकार अर्यालले भने, ‘तर कुनै दबाब र शक्ति अगाडि झुक्ने पक्षमा छैन।’

प्रधानमन्त्री ओलीले सम्वादका माध्यमबाट समस्याको समाधान गर्ने प्रयास गरिरहेको अर्यालले जानकारी दिए।

संघप्रति असन्तुष्टि

यसैबीच, नेपाल चिकित्सक संघले प्रधानमन्त्रीको निजी सचिवालयले डा. केसीसँग वार्ताको वातावरण मिलाइदिन आग्रह गरेको बताएको छ। ‘फोनमै भए पनि डा. केसीसँग प्रधानमन्त्री ओलीले वार्ता गर्न चाहनु भएको छ भनेर प्रधानमन्त्रीको सचिवालयबाट कुरा आएको हो,’ चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले भने, ‘के कुरा हुन्छ हामीलाई थाहा छैन, डा. केसीसँग सम्पर्क हुने नम्बर उपलब्ध गराएका छौँ।’

तर अर्यालले भने यस्तो गम्भीर विषयलाई अहिल्यै सार्वजनिक गरेर चिकित्सक संघले सस्तो राजनीति गर्न खोजेको आरोप लगाए। ‘प्रधानमन्त्री ज्यूले डा. केसीसँग जसरी हुन्छ वार्ता गर्ने प्रयास गरिरहनु भएको छ। उहाँ समस्या समाधानका पक्षमा हुनुहुन्छ,’ अर्यालले भने, ‘त्यो फोनमा पनि हुन सक्छ, भेटेरै पनि हुन सक्छ। तर यस्ता कुरालाई अहिले प्रचारमा ल्याउनु ठीक होइन।’

चिकित्सक संघले आइतबार साँझ मात्र प्रधानमन्त्री ओलीलाई भेटेर डा.केसीको जीवन रक्षा गर्न माग गरेको थियो। संघले ७२ घन्टा सरकारलाई पर्खने र नभए आकस्मिक बाहेकका सेवा बन्द गरेर आन्दोलनमा उत्रने चेतावनी दिएको थियो।

डा. केसीको स्वास्थ्य अवस्था
चिकित्सा क्षेत्र सुधारको माग गर्दै डा. केसी जुम्लामा अनशन बसेको सोमबार १० दिन पुगेको छ। डा.केसीको उपचारमा संलग्न डा. अभिषेक सिंहकाअनुसार केसीलाई छातीको बीच भागमा दुखाई, कमजोरी थकान महसुस, मांसपेशी बाउँडिने, टाउको दुख्ने, रिंगटा लाग्नेजस्ता समस्या छ।

सेतो रक्तकोष घट्दो क्रममा रहेकाले संक्रमणबाट बचाउन उनलाई ‘स्पेशल केयर युनिट’ मा राखेर उपचार भइेहरको डा. सिंहले जानकारी दिए। अन्य औषधि लिन नमानेकाले उपचारमा कठिनाइ भइरहेको उनले बताए।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Adhikari Ramu

    हो त हैरान भयो सरकार !! कि जबरजस्ती ल्याउनु पर्ने हो?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?