दशैँकाे दिन निःशुल्क बस सेवा,सञ्चालनमा आउने रुटहरू सहित
सारांश
- काठमाडाै, २९ असाेज ।
- दशैँको टीका (विजयादशमी)को दिन आमनागरिकको सुविधाको लागि नेपाली सेनाले निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।
- आगामी कात्तिक २ गते विजयादशमीका दिन काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी साधन न्यून मात्र चल्ने भएकोले सैनिक तथा गैरसैनिक व्यक्तिहरूको आवागमनमा सुविधा पु¥याउने उद्देश्यले उक्त दिन आठवटा रुटमा ०७ः००, ११ः०० र १५ः०० बजे काठमाडौंको भद्रकालीबाट ३० सिट क्षमताका बसहरू निःशुल्क सञ्चालन गर्न व्यवस्था मिलाइएको सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ ।
काठमाडाै, २९ असाेज । दशैँको टीका (विजयादशमी)को दिन आमनागरिकको सुविधाको लागि नेपाली सेनाले निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । आगामी कात्तिक २ गते विजयादशमीका दिन काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी साधन न्यून मात्र चल्ने भएकोले सैनिक तथा गैरसैनिक व्यक्तिहरूको आवागमनमा सुविधा पु¥याउने उद्देश्यले उक्त दिन आठवटा रुटमा ०७ः००, ११ः०० र १५ः०० बजे काठमाडौंको भद्रकालीबाट ३० सिट क्षमताका बसहरू निःशुल्क सञ्चालन गर्न व्यवस्था मिलाइएको सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ ।
उक्त दिन सञ्चालनमा आउने रुटहरू निम्नअनुसार रहेका छन्–
रुट नं. १ — भद्रकाली, माईतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, किर्तिपुर, कलङ्की, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क ।
रुट नं. २ — भद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक, बुढानिलकण्ठ, बालाजु चोक, सोह्रखुट्टे, कान्तिपथ, माईतीघर ।
रुट नं. ३ — भद्रकाली, माईतीघर, त्रिपुरेश्वर, कालिमाटी, कलङ्की, थानकोट, स्वयम्भु, छाउनी (अस्पताल), ताहाचल, टेकु, थापाथली ।
रुट नं. ४ — भद्रकाली, माईतीघर, बानेश्वर, तिनकुने, गौशाला, चाबहिल, जोरपाटी, नारायणगोपाल चोक, लाजिम्पाट, कान्तिपथ, भद्रकाली ।
रुट नं. ५ — भद्रकाली, थापाथली, कुपण्डोल, जावलाखेल, सातदोबाटो, चापागाउँ, सातदोबाटो, तिनकुने, बानेश्वर, शहिदगेट ।
रुट नं. ६ — भद्रकाली, दरबारमार्ग, कमलपोखरी, गौशाला, चाबहिल, बौद्ध, साँखु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली ।
रुट नं. ७ — भद्रकाली, माईतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, सिनामङ्गल, कोटेश्वर, सूर्यविनायक, ठिमी, कोटेश्वर, माईतीघर, भद्रकाली
रुट नं. ८ — भद्रकाली, माईतीघर, कोटेश्वर, सातदोबाटो, कलङ्की, बालाजु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली ।
त्यसैगरी, बडादशैं २०७५ को उपलक्ष्यमा घरबिदामा जाने सेनाका सकलदर्जा तथा उनीहरूको आश्रित परिवारका हितको निम्ति नेपाली सेनाले मिति २०७५ असोज २५ गतेबाट ऐ. ३१ गतेसम्म काठमाडौंबाट दोलखा, इटहरी, धनगढी, लमजुङ, रामेछाप, पोखरा, बुटवल, गोरखा, धादिङ/त्रिशुली, चौतारा,
प्रतिक्रिया