राइड टु सिन्धुलीगढी साइकल यात्रा आज जनकपुर पुग्ने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २५, २०७५
|
|
४१ पटक हेरिएको
Shares
राइड टु सिन्धुलीगढी साइकल यात्रा आज जनकपुर पुग्ने

सारांश

  • समृद्ध सिन्धुली अभियानले सुरु गरेको राइड टु सिन्धुलीगढी साइकल यात्रा यो वर्ष जनकपुरसम्म विस्तार गरेको छ ।
  • सोही क्रममा शनिबारदेखि काठमाडौँको पशुपतिनाथ मन्दिरदेखि सुरु भएको साइकल यात्रा आज जनकपुर पुग्दैछ ।
  • सिन्धुलीगढीमा तत्कालिन ब्रिटिस कम्पनीको सेनालाई पराजित गरेको स्मरणमा राइड टु सिन्धुलीगढी साइकल यात्रा सुरु गरिएको हो ।

समृद्ध सिन्धुली अभियानले सुरु गरेको राइड टु सिन्धुलीगढी साइकल यात्रा यो वर्ष जनकपुरसम्म विस्तार गरेको छ । सोही क्रममा शनिबारदेखि काठमाडौँको पशुपतिनाथ मन्दिरदेखि सुरु भएको साइकल यात्रा आज जनकपुर पुग्दैछ । सिन्धुलीगढीमा तत्कालिन ब्रिटिस कम्पनीको सेनालाई पराजित गरेको स्मरणमा राइड टु सिन्धुलीगढी साइकल यात्रा सुरु गरिएको हो ।

यसबर्ष जनकपुरमा विवाह पञ्चमीमा सहभागि गराउन साइकल यात्रीलाई जनकपुरसम्म लैजान लागिएको हो । जनकपुरधामसम्म हुने महोत्सवमा सानो पाइला, फ्याक्ट्स नेपाल, स्टोरी साइकल, कन्सेप्ट नेपाललगायतका संस्था सहआयोजकका रुपमा रहेका छन् । साइकल यात्रालाई विश्व साइकल यात्री पुस्कर शाह र अर्का चर्चित यात्री देवेन्द्र बस्नेतले गरेका छन् ।

यसपटक साइकल यात्रामार्फत् काठमाडौँ, ऐतिहासिक सिन्धुलीगढी सांस्कृतिक सह जनकपुरधामलाई जोडेर विश्वसामु परिचित गराउने उद्देश्य रहेको साइकल यात्राका संयोजक सौरभ ढकालले जानकारी दिए ।

गत २ वर्षदेखि सुरु भएको साइकल यात्रा सिन्धुलीगढीसम्म हुँदै आएको थियो । यो वर्ष जनकपुरसम्म विस्तार गरिएको साइकल यात्रामा २ सय भन्दा बढी साइकल यात्री सहभागि छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकताका बाँकी कार्य पूरा गर्न नेकपा सचिवालय बैठक बस्दै
एकताका बाँकी कार्य पूरा गर्न नेकपा सचिवालय बैठक बस्दै
चालकले जुत्ता नलाए लाइसेन्स खारेज हुने
चालकले जुत्ता नलाए लाइसेन्स खारेज हुने
काठमाडौंका १० वटै क्षेत्रमा निर्वाचन तयारी पूरा, कहाँ-कहाँ हुन्छ मतगणना ?
काठमाडौंका १० वटै क्षेत्रमा निर्वाचन तयारी पूरा, कहाँ-कहाँ हुन्छ मतगणना ?
संसदको कार्यसूचीबाट किन हट्यो संविधान संशोधन विधेयक ?
संसदको कार्यसूचीबाट किन हट्यो संविधान संशोधन विधेयक ?
कालोसूचीमा ऋणीको संख्या बढ्दै
नेपालमा फाष्टट्र्याक बनाउँछु भन्ने कम्पनी टाट पल्टिँदा भारतीय शेयर बजार प्रभावित
नेपालमा फाष्टट्र्याक बनाउँछु भन्ने कम्पनी टाट पल्टिँदा भारतीय शेयर बजार प्रभावित
नेकपा सचिवालय बैठक : उपनिर्वाचनको समीक्षा प्रतिवेदन पठाउन नेकपाको निर्देशन
नेकपा सचिवालय बैठक : उपनिर्वाचनको समीक्षा प्रतिवेदन पठाउन नेकपाको निर्देशन
फेसबुकमा ‘समाप्त’ लेखेर मध्यरातमा २१ वर्षीय युवकले गरे रहस्यमय ढंगले आत्महत्या !
फेसबुकमा ‘समाप्त’ लेखेर मध्यरातमा २१ वर्षीय युवकले गरे रहस्यमय ढंगले आत्महत्या !
नेपालगन्जमा काँग्रेसको अग्रता
नेपालगन्जमा काँग्रेसको अग्रता
लुम्बिनीमा ५ हजार अट्ने अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र यस्तो बन्ने
लुम्बिनीमा ५ हजार अट्ने अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र यस्तो बन्ने