शिखरन्यूजबाट प्रत्येक शुक्रबार ‘मोटिभेसनल स्पिच’ प्रसारण
सारांश
- काठमाडौं, पुस २७ ।
- लामो समय पत्रकारिता गरेका सुधन ज्ञवालीको उत्प्रेरणात्मक कार्यक्रम (मोटिभेसनल स्पिच)को छोटो क्लिप हरेक शुक्रबार शिखरन्यूजबाट प्रसारण हुने भएको छ ।
- भोली अर्थात पुस २८ गतेदेखि नै ज्ञवालीले देश–विदेशमा गर्दै आइरहेका ‘मोटिभेसनल क्लास’ को छोटो स्पिच प्रसारण हुन लागेको हो ।
काठमाडौं, पुस २७ । लामो समय पत्रकारिता गरेका सुधन ज्ञवालीको उत्प्रेरणात्मक कार्यक्रम (मोटिभेसनल स्पिच)को छोटो क्लिप हरेक शुक्रबार शिखरन्यूजबाट प्रसारण हुने भएको छ ।
भोली अर्थात पुस २८ गतेदेखि नै ज्ञवालीले देश–विदेशमा गर्दै आइरहेका ‘मोटिभेसनल क्लास’ को छोटो स्पिच प्रसारण हुन लागेको हो । यसभन्दा अघि शिखरन्यूजको फेसबुक पेजबाट पोष्ट गरिएको उनको करिब डेढ मिनेटको स्पिच दर्शकहरुले अत्याधिक रुचाइएको कारण शिखरन्यूजले प्रसारण गर्न लागेको हो ।
नेपालको युएन अर्गनाइजेसन (UNICEF WHO), स्टाफ कलेज जावलाखेल, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रसँगै देश–विदेशका विभिन्न अर्गनाइजेसन र दूतावासहरुमा उत्प्रेरणात्मक कार्यक्रम (मोटिभेसनल स्पिच) को क्लास गर्दै आएका ज्ञवालीले जीवन र जगतलाई बुझ्दै आफुले गर्ने कामहरुमा कसरी सफलता प्राप्त गर्न सकिन्छ भन्ने विषयमा आफ्नो स्पिचलाई केन्द्रीत गर्दै आइरहेका छन् ।
‘जीवनको ढाँचा बदल्न सकिन्छ, यदि इच्छाशक्ति हुने हो भने र जीन्दगीमा जुनसुकै कथाहरु बाँचेर आएपनि त्यसलाई पुर्नःलेखन गर्न सकिन्छ,’ भन्ने मुख्य विषय रहेको उक्त स्पिचलाई शिखरन्यूजको फेसबुक पेज https://www.facebook.com/shikharnews/ मा यहाँहरुले हेर्न सक्नुहुनेछ ।
प्रतिक्रिया