डिभी लोटरीको रिजल्ट मे ७ देखि

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख १३, २०७६
|
|
२० पटक हेरिएको
Shares
डिभी लोटरीको रिजल्ट मे ७ देखि

सारांश

  • आर्थिक बर्ष सन् २०२० का लागि भरेको डिभी लोटरीको नतिजा आगामी मे ७ देखि आउने भएको छ ।
  • गत अक्टोबर ३ देखि नोभेम्बर ६ सम्म डिभी लोटरी भरेकाहरुले न्युयोर्क समय अनुशार मे ७ तारिख दिउसो १२ बजेदेखि आफूलाई डिभी लोटरी परे नपरेको चेक गर्न सक्नेछन् ।
  • विजेताहरुले सन् २०१९ को अक्टोबर १ देखि अमेरिकाको भिसा प्राप्त गर्न थाल्नेछन् भने सन् २०२० को सेप्टेम्बरको अन्त्यसम्ममा भिसा प्राप्त गरिसक्नुपर्नेछ ।

आर्थिक बर्ष सन् २०२० का लागि भरेको डिभी लोटरीको नतिजा आगामी मे ७ देखि आउने भएको छ । गत अक्टोबर ३ देखि नोभेम्बर ६ सम्म डिभी लोटरी भरेकाहरुले न्युयोर्क समय अनुशार मे ७ तारिख दिउसो १२ बजेदेखि आफूलाई डिभी लोटरी परे नपरेको चेक गर्न सक्नेछन् ।

विजेताहरुले सन् २०१९ को अक्टोबर १ देखि अमेरिकाको भिसा प्राप्त गर्न थाल्नेछन् भने सन् २०२० को सेप्टेम्बरको अन्त्यसम्ममा भिसा प्राप्त गरिसक्नुपर्नेछ । अमेरिकी सरकारले आर्थिक बर्ष २०२० का डिभी विजेताहरुलाई आफ्नो कन्फर्मेशन नम्बर सन् २०२० को सेप्टेम्बरसम्म आफूसँग राख्नलाई सुझाव दिएको छ ।

अहिले भिसा पाइरहेकाहरु सन् २०१७ को अक्टोबर १८ देखि नोभेम्बर २२ सम्म डिभी लोटरी भरेर विजेता हुनेहरु हुन् । उनीहरुले आगामी सेप्टेम्बरको अन्त्यसम्म अमेरिकाको भिसा प्राप्त गर्नेछन् ।

आर्थिक बर्ष २०२१ का लागि भने आगामी अक्टोबरमा डिभी लोटरी खुल्नेछ । रिपब्लिकन सिनेटरहरुबाट डिभी लोटरी अन्त्यका लागि अमेरिकी सिनेटमा बिल पेश गरिएको भएतापनि डेमोक्र्याटको बाहुल्य रहेको हाउसबाट भने यो बिल पारित भएर लागु हुने सम्भावना निकै न्यून रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?