विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको खुम्बुमा पहिलो पटक गाडी पुग्यो

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २०, २०७५
|
|
५१ पटक हेरिएको
Shares
विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको खुम्बुमा पहिलो पटक गाडी पुग्यो

सारांश

  • सोलुखुम्बु।
  • विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको खुम्बुपासाङल्हामु गाउँपालिकामा पहिलोपटक गाडी पुगेको छ।
  • सल्लेरीदेखि माप्यदूधकोशी गाउँपालिका हुँदै खुम्बुपासाङल्हामु–१ खरिखोला जोडिएको सडकको मङ्गलबार प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरे।
सोलुखुम्बु। विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको खुम्बुपासाङल्हामु गाउँपालिकामा पहिलोपटक गाडी पुगेको छ। सल्लेरीदेखि माप्यदूधकोशी गाउँपालिका हुँदै खुम्बुपासाङल्हामु–१ खरिखोला जोडिएको सडकको मङ्गलबार प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरे। 
     
माप्यदूधकोशी र खुम्बुपासाङल्हामु गाउँपालिकाको संयक्त लगानीमा खरिखोलासम्म सडक पु¥याइएको गाउँपालिकाले जनाएको छ। उक्त सडकको उद्घाटन गर्दै मुख्यमन्त्री राईले गाउँपालिका केन्द्र चौरीखर्कसम्म सडक विस्तार गर्न प्रदेश सरकारले आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे।
सडक पुगेसँगै हवाईमार्ग हुँदै लुक्ला विमानस्थल तथा सल्लेरीदेखि माप्यदूधकोशी हुँदै करीब तीन दिनको पैदलयात्रा गर्नुपर्ने बाध्यताको अन्त्य हुँदा आन्तरिक पर्यटनमा समेत वृद्धि हुने मन्त्री राईको विश्वास छ। 
तेञ्जिङ हिलारी विमानस्थलको मौसम प्रतिकूल हुँदा हप्तौसम्म स्वदेशी तथा विदेशी पर्यटक लुक्लामै अलपत्र अवस्थामा बस्नुपर्ने बाध्यता छ। कतिपयले महङ्गोमा हेलिकप्टर चार्टर गरेर काठमाडाँै जाने भए पनि कतिपय पर्यटक भने हप्तौसम्म कुरेर फर्कने गरेका छन्।
मुख्यमन्त्री राईले वर्षेनी पचासाैं हजार स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने स्थानीय तहलाई ‘पर्यटकीय गाउँपालिका’ घोषणा गर्ने र पुरस्कृत गर्ने उद्घोष समेत गरे। सांसद हेमकुमार राईले सगरमाथा क्षेत्रको सडक निर्माण सबैको साझा एजेण्डा बन्नुपर्नेमा जोड दिए। 
 
गाउँपालिकाका अध्यक्ष ङिमदोर्जी शेर्पाले नेपाल प्रवेश गर्ने चीनको नाङ्पाला नाका खोल्न आवश्यक सहयोग गरिदिन प्रदेश सरकारलाई आग्रह गरे। उक्त नाका खोल्न सके खुम्बूको विकासमा थप मद्दत पुग्ने भन्दै उहाँले बन्द रहेको नाका खोल्न पहल गरिदिन आग्रह गरे। 
माप्यदूधकोशीको बासामा रहेको प्रहरीचौकी, माप्यदूधकोशी गाउँपालिकाको सभा हल उद्घाटन गरेपछि खरिखोला पुग्नुभएका मुख्यमन्त्री राईले १५ श्ययाको खरिखोला अस्पताल र दलित भवनको समेत उद्घाटन गरे। रासस
 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाकिस्तानको सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री खानलाई तत्काल रिहा गर्न आदेश
पाकिस्तानको सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री खानलाई तत्काल रिहा गर्न आदेश
राराबाट देशवासीलाई सम्बोधन, आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर : प्रधानमन्त्री
राराबाट देशवासीलाई सम्बोधन, आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर : प्रधानमन्त्री
केन्द्रीय बैंकले १० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने
केन्द्रीय बैंकले १० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने
सुनखानी पनि व्यक्तिको नाममा दर्ता, नेतादेखि गुण्डासम्म सक्रिय
सुनखानी पनि व्यक्तिको नाममा दर्ता, नेतादेखि गुण्डासम्म सक्रिय
यी हुन् विमान दुर्घटनामा परेका बंगलादेशमा अध्ययनरत नेपाली मेडिकल विद्यार्थीहरु
यी हुन् विमान दुर्घटनामा परेका बंगलादेशमा अध्ययनरत नेपाली मेडिकल विद्यार्थीहरु
Sprawa, którą powinieneś zrozumieć na temat 22bet Rejestracja, zanim zdobędziesz
पाकिस्तानमा इमरान खानको सरकार अल्पमतमा
पाकिस्तानमा इमरान खानको सरकार अल्पमतमा
मोटरसाइकल दुर्घटनामा मृत्यु
मोटरसाइकल दुर्घटनामा मृत्यु
दुईचार जना मान्छेले गलत नियतले उभिँदा संसद रोकिँदैन: प्रधानमन्त्री
छोराबुहारी विदेश पठाए तर शालिकराम घर फर्किएनन्
छोराबुहारी विदेश पठाए तर शालिकराम घर फर्किएनन्