कानुन संशोधन गर्न सरकारलाई सभामुखकाे ध्यानाकर्षण

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ११, २०७५
|
|
३० पटक हेरिएको
Shares
कानुन संशोधन गर्न सरकारलाई सभामुखकाे ध्यानाकर्षण

सारांश

  • काठमाडौँ, ११ मंसिर।
  •   प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संविधानसँग बाँझिएका सबै कानुन तत्काल संशोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
  • सभामुख महराले संविधानसँग बाँझिएका २ सयभन्दा बढि कानुन तत्काल संशोधन गर्न सरकारलाई आग्रह गरेका हुन् ।

काठमाडौँ, ११ मंसिर।  प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संविधानसँग बाँझिएका सबै कानुन तत्काल संशोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सभामुख महराले संविधानसँग बाँझिएका २ सयभन्दा बढि कानुन तत्काल संशोधन गर्न सरकारलाई आग्रह गरेका हुन् ।

संवैधानिक व्यवस्था अनुसार आगामी फागुन पहिलो हप्ता भित्र संविधानसँग बाँझिएका सबै कानुन संशोधन गरिसक्नु पर्नेछ । सोही कामका लागि सरकारले विशेष ध्यान दिनुपर्ने सभामुख महराको भनाई छ । सभामुख महराले संविधानको प्रभावकारी कार्यान्वयनमा ध्यान केन्द्रित गर्न पनि सरकारलाई सचेत गराए । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले आयोजना गरेको ‘ऐन कार्यान्वय मापन तथा अध्ययन अनुसन्धान’सम्बन्धि एक दिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले संविधान बमोजिम संविधान बनेरनबनेको विषयमा पनि संसदीय समितिहरुले विशेष निगरानी राख्नुपर्ने आवश्यक्ता औँल्याए ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसदको कामलाई प्रभावकारी बनाउने मूल दायित्वलाई पूरा गर्न संघीय संसदका सबै सांसदहरुलाई सचेत गराए । उनले संसदीय समितिमा सदस्यहरुको अनुपस्थितिका कारण बैठक समेत बस्न नसक्ने अवस्था आएको उल्लेख गर्दै त्यसो नगर्न पनि संघीय संसदका सबै सांसदहरुको गम्भीर ध्यानाकर्षण गराए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?