प्रहरीको गोली लागि घाइते भएका को उपचार सरकार ले गर्ने:गृहमन्त्री थापा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ८, २०७५
|
|
३१ पटक हेरिएको
Shares
प्रहरीको गोली लागि घाइते भएका को उपचार सरकार ले गर्ने:गृहमन्त्री थापा

सारांश

  • काठमाडौ ८ भदौ ।
  • कञ्चनपुरको महेन्द्रनगरमा प्रदर्शनका क्रममा गोली लागि गम्भीर घाइते भएका अर्जुन भण्डाराको स्वास्थ्य अवस्था बारे बुझ्न गएका गृहमन्त्री रामबहादुर थापाले शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत भण्डारा लाई भेटेर सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने बताएको घाइतेका दाइले जानकारी दिए।
  • महेन्द्रनगरमा  मोबाइल पसल सञ्चालन गर्दै आएका र  उनको आर्थिक अवस्था कमजोर रहेको बताए।

काठमाडौ ८ भदौ ।कञ्चनपुरको महेन्द्रनगरमा प्रदर्शनका क्रममा गोली लागि गम्भीर घाइते भएका अर्जुन भण्डाराको स्वास्थ्य अवस्था बारे बुझ्न गएका गृहमन्त्री रामबहादुर थापाले शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत भण्डारा लाई भेटेर सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने बताएको घाइतेका दाइले जानकारी दिए।

महेन्द्रनगरमा  मोबाइल पसल सञ्चालन गर्दै आएका र  उनको आर्थिक अवस्था कमजोर रहेको बताए। ‘अहिले हामीसँग औषधि किन्ने पैसा पनि छैन,’ उनले गुनासो गरे, ‘के गर्ने कसो गर्ने अन्योलमा छौं।’घाइतेका दाइले जानकारी दिए।

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको र दोषीलाई कारबाहीको माग गर्दै बिहीबार महेन्द्रनगरमा प्रदर्शन भएको थियो। सो क्रममा प्रहरीको गोली लागि भण्डारा सहित सन्तोष कठरिया, तीर्थ पनेरु, सरोज खड्का, मनोज बूढा र तेजराज भट्ट घाइते भएका थिए। गम्भीर घाइते भण्डारा लाई थप उपचारका लागि काठमाडौं ल्याइएको थियो।

प्रदर्शन उग्र भएपछि बेलुका ५ बजेदेखि लगाइएको कर्फ्यु भने आज बिहान ५ बजेदेखि हटाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?