प्रशिक्षकको कार धुने केटो यसरी पुगे राष्ट्रिय टिममा !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १, २०७५
|
|
४२ पटक हेरिएको
Shares
प्रशिक्षकको कार धुने केटो यसरी पुगे राष्ट्रिय टिममा !

सारांश

  • काठमाडौं ।
  • १६ वर्षको उमेरमा प्रशिक्षकको कार धुने काम गरेका जेम्स म्याडिसन अहिले २१ वर्षको उमेरमा इंग्ल्याण्डको राष्ट्रिय टिममा पुगेका छन् ।
  • यसै सिजन लिसेस्टर सिटीबाट पि्रमियर लिग खेलिरहेका म्याडिसनले आफ्नो क्षमता देखाइरहेका छन् ।

काठमाडौं । १६ वर्षको उमेरमा प्रशिक्षकको कार धुने काम गरेका जेम्स म्याडिसन अहिले २१ वर्षको उमेरमा इंग्ल्याण्डको राष्ट्रिय टिममा पुगेका छन् । यसै सिजन लिसेस्टर सिटीबाट पि्रमियर लिग खेलिरहेका म्याडिसनले आफ्नो क्षमता देखाइरहेका छन् । लिसेस्टरबाट आठ खेलमा तीन गोल गरेका उनले तीन गोलका लागि अवसरसमेत बनाएका छन् । नेसन्स लिग खेलमा स्पेन र क्रोएसियाविरुद्ध इंग्ल्याण्डको टिमसम्म आइपुग्न म्याडिसनले गरेको मेहनत सानो छैन ।

इंग्ल्याण्ड फुटबलको तेस्रो डिभिजन लिग वान क्लब कोभेन्ट्री सिटीमा फुटबल सुरु गरेका उनले २०१३ मा सिनियर टिमबाट डेब्यु गरेका थिए । २०१६ मा उनी इंग्ल्याण्ड फुटबलको दोस्रो डिभिजन च्याम्पियनसिप खेल्ने क्लब नरविच सिटीमा गएका थिए । नरविचबाट बीचमा कोेभेन्ट्री सिटी र एबेरडिनमा लोनमा गएका उनी २०१८ मा लिसेस्टर सिटी आएका हुन् ।म्याडिसनले कोभेन्ट्री सिटीमा फुटबल सुरु गर्दा त्यसबेलाका प्रशिक्षक स्टेभेन पि्रस्लेले धेरै पटक उनलाई कार पार्किङमा एउटा हातमा जग र अर्को हातमा स्पोन्ज लिएर कार धोइरहेको भेट्थे ।

‘हामी केही युवा खेलाडीलाई चेन्जिङ रुम सफा गर्न र सिनियर खेलाडीको जुत्ता पुछ्न पनि क्लबमा राख्थ्यौं । म्याडिसनले राम्रो खेल्न सकेनन् भने मेरो कार पुछ्ने काम भए पनि राम्ररी गर्छन् भन्ने मलाई लागेको थियो’ प्रिस्लेले बीबीसीसँग भनेका छन् । तर, थोरै समयमै म्याडिसनले प्रमाणित गरे कि उनको साथमा साबुन पानी होइन फुटबलको उत्कृष्ट कला रहेको छ । उनले १६ वर्षको उमेरमा नै पहिलो रोजाइँको टिमसँग अभ्यास सुरु गरेका थिए । अभ्यासमा नै उनले देखाएको कलाले सिनियर टिममा पुग्न समय लागेन । उनी आˆनो क्षमतासँग विश्वस्त थिए । ‘हामीले उनको क्षमता विकास गर्नेमा चिन्ता गर्नै परेन, उनी क्षमता लिएरै जन्मिएका थिए । हामीले उनी निरन्तर खेलिरहन सकुन् भन्नेमा मात्र विचार गर्‍यौं’ प्रशिक्षक प्रिस्लेले भने, ‘उनको आफूप्रतिको विश्वास र साहस दम्भमा नबदलियोस् भनेर हामीले सोचेका थियौं ।’

त्यो समय म्याडिसनको लागि समस्या भनेको उनको पातलो शरीर नै थियो । आफ्नै उमेरका अरु खेलाडीभन्दा उनी केही पातला थिए । यसैले उनले आˆनो शारीरिक क्षमतालाई जित्ने गरी खेल क्षमताको विकास गरे । २०१६ मा नरविच सिटी गएपछि झण्डै एक वर्ष त उनी बेञ्चमा नै परे । तर जब अवसर पाए उनले फेरि आफूलाई प्रमाणित गरे । त्यसले नै २२ मिलियन पाउण्डमा लिसेस्टर आउने बाटो खुल्यो । म्याडिसनले २०१७ मा इंग्ल्याण्डको २१ वर्षमुनिको टिमबाट पनि आफ्नो क्षमता देखाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकाको क्यालिफोर्नियामा गोली चल्यो : १० जनाको मृत्यु, १० जना घाइते
अमेरिकाको क्यालिफोर्नियामा गोली चल्यो : १० जनाको मृत्यु, १० जना घाइते
इन्डोनेसियामा ६ दशमलब ७ म्याग्निच्युडको भूकम्प
इन्डोनेसियामा ६ दशमलब ७ म्याग्निच्युडको भूकम्प
विजया दशमीको घटस्थापनादेखि पुर्णिमासम्मको साइत ,यस्तो छ/
विजया दशमीको घटस्थापनादेखि पुर्णिमासम्मको साइत ,यस्तो छ/
कसरी असफल भयो देशभर माओवादी कांग्रेसबीचको चुनावी तालमेल, कसले गरायो यस्तो तालमेल?
कसरी असफल भयो देशभर माओवादी कांग्रेसबीचको चुनावी तालमेल, कसले गरायो यस्तो तालमेल?
दशैंका लागि शनिबारदेखि अग्रिम टिकट बुकिङ खुल्ने
दशैंका लागि शनिबारदेखि अग्रिम टिकट बुकिङ खुल्ने
मुख्यमन्त्री खोज्दै कांग्रेश ३ नंम्बर प्रदेशमा गगनको चर्चा , अरु को कहाँ ?
मुख्यमन्त्री खोज्दै कांग्रेश ३ नंम्बर प्रदेशमा गगनको चर्चा , अरु को कहाँ ?
काेराेनाभाइरस :  काठमाडौँ उपत्यका सुनसान
काेराेनाभाइरस : काठमाडौँ उपत्यका सुनसान
राजीनामा नदिए जनकारवाही गर्ने विप्लव माओवादीको धम्की
राजीनामा नदिए जनकारवाही गर्ने विप्लव माओवादीको धम्की
प्रदेश नं ३: नेकपाकाे स्थानीय तहको एकीकरण प्रक्रिया सुरू
प्रदेश नं ३: नेकपाकाे स्थानीय तहको एकीकरण प्रक्रिया सुरू
पर्यटकले भरिभराउ बन्दै शाहसिक पर्यटकीय क्षेत्र कुश्मामा
पर्यटकले भरिभराउ बन्दै शाहसिक पर्यटकीय क्षेत्र कुश्मामा