डीएसपीकाे गुण्डागर्दी शैली, उदयपुरमा तनाव !

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १८, २०७५
|
|
२० पटक हेरिएको
Shares
डीएसपीकाे गुण्डागर्दी शैली, उदयपुरमा तनाव !

सारांश

  • उदयपुर, १८ कात्तिक ।
  •  उदयपुरको कटारी नगरपालिका-४ मरुवामा मध्यरातमा प्रहरीले अन्धाधुन्द लाठी चार्ज गरेको भन्दै स्थानीयले प्रदर्शन गरेका छन् ।
  • कसमस सिमेन्ट उद्योगका लागि चुनढुंगा बोकेर आएको टिफर शनिबार रोकेको विषयमा विवाद हुँदा इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठको टोलीले लाठी चार्ज गरेको थियो ।

उदयपुर, १८ कात्तिक । उदयपुरको कटारी नगरपालिका-४ मरुवामा मध्यरातमा प्रहरीले अन्धाधुन्द लाठी चार्ज गरेको भन्दै स्थानीयले प्रदर्शन गरेका छन् । कसमस सिमेन्ट उद्योगका लागि चुनढुंगा बोकेर आएको टिफर शनिबार रोकेको विषयमा विवाद हुँदा इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठको टोलीले लाठी चार्ज गरेको थियो ।

सिमेन्टका लागि चुनढुँगा ढुवानी गर्ने टिफर गाउँबाट चल्दा धूलो उड्ने राति ध्वनी प्रदूषण हुने भन्दै स्थानीयले शनिबार देखि टिफर बन्द गराएका थिए । स्थानीयको मागलाई व्यवास्ता गर्दै उद्योगले शनिबार राति ११ बजे चुनढुंगा लिन खानी क्षेत्र पठाएपछि विवाद उत्पन्न भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी चन्द्रदेव राईले बताए ।

स्थानीयले टिपरमा रोक लगाएपछि प्रहरीको टोली लिएर पुगेका डीएसपी श्रेष्ठले अश्लिल शब्द प्रयोग गर्दै अन्धाधुन्द लाठी चार्ज गरेपछि स्थानीयले तत्काल प्रतिकार गर्दै प्रहरी विरुद्ध नाराबाजी गरेको वडाध्यक्ष कृष्ण दनुवारले बताए । दनुवारले डीएसपी श्रेष्ठ आफै नै गुण्डागर्दी शैलीमा उत्रिएपछि बिबाद चुलिएको बताए । मादक पदार्थ सेवन गरी पुगेका डीएसपीसहितको टोलीले एक्कासी स्थानीयसँग अश्लिल शब्द बोल्दै महिलामाथि कुटपिट गरेको स्थानीयको आरोप छ।

कुटपिटबाट सामान्य घाइते भएकाहरु कटारी अस्पतालमा उपचार गरी घर फर्किएको स्थानीय अनिल थापाले बताए । कुटपिटपछि अस्पत्ताल आइपुगेका गाउँलेले राति नै कटारी बजारमा प्रहरी विरुद्ध चर्को नाराबाजी गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?