काेराेना भाइरस : जोखिम मोलेर उपचार खटिरहेका छन् स्वास्थ्यकर्मी

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १६, २०७६
|
|
३२ पटक हेरिएको
Shares
काेराेना भाइरस : जोखिम मोलेर उपचार खटिरहेका छन् स्वास्थ्यकर्मी

सारांश

  • भद्रपुर।
  • झापाको भद्रपुरमा निजी क्षेत्रबाट सञ्चालित ओमसाई पाथिभरा अस्पतालमा मिर्गौलाका २० बिरामीले नियमित डाइलासिस सेवा लिइरहेका छन्।
  • जेनरल वार्डमा थप ३० बिरामीको उपचार भइरहेको छ।

भद्रपुर। झापाको भद्रपुरमा निजी क्षेत्रबाट सञ्चालित ओमसाई पाथिभरा अस्पतालमा मिर्गौलाका २० बिरामीले नियमित डाइलासिस सेवा लिइरहेका छन्। जेनरल वार्डमा थप ३० बिरामीको उपचार भइरहेको छ।

जसमध्ये चार आइसीयूमा भर्ना छन्। चिकित्सक र अन्य स्वास्थ्यकर्मी भने प्लास्टिकको सेतो रेनकोटलाई व्यक्तिगत सुरक्षा उपकरण (पिपीइ)को रूपमा उपयोग गर्दै बिरामीको उपचारमा खटिन बाध्य छन्।

अस्पतालका निर्देशक बालकुमार पोखरेल व्यक्तिगत सुरक्षाको भरपर्दो व्यवस्थाको अभावमै चिकित्सक र नर्सहरुले कोभिड–१९ सङ्क्रमणको जोखिम मोलेर विरामीको सेवा गरिरहेको बताउँछन्। सय बेडको सो अस्पतालमा १० वटा आइसियु र दुईवटा भेन्टिलेटर रहेको छ।

“बजारबाट शुरुमै १५ सेतो रेनकोट ल्याएका थियौँ, त्यसैलाई पिपीइ ठानेर काम चलाइरहेका छौँ”, व्यक्तिगत सुरक्षाका सामग्रीको अभाव खट्किएको बताउँदै अस्पतालका निर्देशक पोखरेल भन्छन्, “पिपीइ र ग्लोब्स बजारमा पाइँदैन, सरकारले दिन सकेको छैन।”

उनले अत्यावश्यक औषधि र सामानको अभावमा निःशुल्क डाइलासिस सेवासमेत प्रभावित हुने समस्या दर्शाए। अब सातामा दुईपटक डाइलासिस सेवा पाइरहेकालाई एकपटक मु्स्किलले दिन सकिने अवस्था उत्पन्न भएको उनले बताए।

नेपालमा समेत कोभिड–१९ सङ्क्रमण फैलिएपछि झापाका सबै अस्पतालमा रोकथाम र निसङ्क्रमणका लागि सावधानी अपनाउन थालिएको हो। अस्पतालका कर्मचारीले प्रवेशद्वारमै बिरामीको अवस्था र समस्याका बारेमा सामान्य सोधपुछ गर्न थालेका छन्। तर, अस्पतालले इमर्जेन्सी बिरामी भर्ना लिने र उपचार गर्ने क्रम सतर्कतापूर्वक जारी राखेका छन्।

विर्तामोडको ८०० श्ययाको सुविधासम्पन्न बीएण्डसी टिचिङ अस्पतालमा बिरामीबाहेकका आफन्त र सवारी चालकलाई अस्पताल प्रवेशस्थलमै निसङ्क्रमणका लागि हात धुन लगाउने वा स्यानिटाइजर प्रयोग गर्न लगाउने अनिवार्य व्यवस्था मिलाइएको छ।

“हामीकहाँ अहिले सामान्य वार्डमा १०५ जना बिरामी भर्ना छन्”, बीएण्डसी अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले भने “आईसीयूमा १५ र सघन उपचारकक्षमा १० जनाको उपचार भइरहेको छ । हाडजोर्नी, न्यूरो र गाइनोको शल्यक्रिया पनि चालू छ।”

कोरोना भाइरसबाट सङ्क्रमित बिरामीलाई छुँदा र उपचार गर्दा सावधानी अपनाउन सकिएन भने स्वास्थ्यकर्मीलाई नै सबैभन्दा पहिला सङ्क्रमण हुने भएकाले व्यक्तिगत सुरक्षा सामान (पिपीइ)को अविलम्ब पर्याप्त व्यवस्था गरिनुपर्ने बीएण्डसी अस्पतालमा कार्यरत डा लक्ष्मण ठाकुरले बताए।

अस्पतालले उच्च ज्वरो आएका बिरामीलाई ढोकाबाटै फर्काउन थालेको गुनासो सामाजिक सञ्जालमा फैलिन थालेको छ। तर, अस्पतालहरुले बिरामी फर्काएको नभएर आफूसँग सम्बन्धित विषयविज्ञ चिकित्सक नहुँदा अर्को अस्पतालमा लैजान सुझाव दिएको बताउँछन्।

विर्तामोडको मनमोहन सामुदायिक अस्पतालले गाइनो, अर्थोपेडिक, इमर्जेन्सी र सामान्य बिरामीलाई लकडाउनका बेला निर्वाध सेवा प्रदान गरिरहेको जनाएको छ। अस्पतालका निर्देशक रोमणि भट्टराईले आइसीयूमा एक गरी २० बिरामी भर्ना गरेर उपचार भइरहेको बताए।

सय श्ययाको सो अस्पतालमा सात सघन उपचारकक्ष, दुई भेन्टिलेटर र तीन अति सघन उपचारकक्ष (एनआइसीयू) रहेका छन्। “लकडाउन भएको सङ्कटको अवस्थामा उपचार सेवा रोकेका छैनौँ”, मनमोहन अस्पतालका निर्देशक भट्टराई भन्छन्, “व्यक्तिगत सुरक्षाका सामग्री नभएका कारण स्वास्थ्यकर्मी डराउँदै काम गरिरहनुभएको छ।”

आफैंले बनाएका ४० पिपीइ स्वास्थ्यकर्मीलाई प्रयोग गर्न दिइए पनि त्यस्ता सामग्री कतिको भरपर्दो हुन् भन्नेमा प्रश्न उठिरहेको उनले बताए।

ढोका खुला राख्दा ज्वरो (तापक्रम) ननापी ह्वारह्वार्ती मानिस प्रवेश गर्ने भएको हुँदा कोभिड–१९ को त्रास फैलिएदेखि नै अस्पतालले मुख्य प्रवेशद्वारमा हात धुने र स्यानिटाइजर हातमा दलेर मात्र बिरामीका आफन्तलाई भित्र जान दिने व्यवस्था मिलाएको उनले बताए। ठूलो जोखिम मोलेर स्वास्थ्यकर्मीले सङ्कटका बेला सेवा दिइरहेको उनको भनाइ छ। सरकारले जाँच्ने किट र पिपीइ उपलब्ध गराएमा आफ्नो अस्पताल कोरोना भाइरसको उपचार गर्न सक्षम रहेको उनले दाबी गरे।

झापाको बीएण्डसी अस्पतालले कोरोना भाइरसको उपचारका लागि सरकारलाई अस्पताल नै दिन तयार रहेको घोषणा गरिसकेको छ। तर, अस्पतालमा हाल पिपीइ, ग्लोब्स र मास्ककै समेत अभाव छ ।

“कोभिड–१९ जाँच्ने किट र व्यक्तिगत सुरक्षाका लागि पिपीइ सरकारले दिए हामी कोरोना भाइरस सङ्क्रमण भएको हो कि होइन भन्ने जाँच गर्न र कोरोनाका बिरामीको उपचार गर्न तयार छौँ”, बीएण्डसी अस्पतालका मेडिकल डाइरेक्टर निराजन पराजुलीले बताए।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले स्थानीय अस्पतालबाट पिपीइ, ग्लोब्स र मास्कको अभाव हुँदाहुँदै उपचार सेवा प्रदान भइरहेको बताए।

उनले अस्पताललाई ढोका बन्द नगर्न, ओपिडीबाहेकका उपचार सेवा नरोक्न र उपचारका लागि आउने बिरामीलाई नफर्काउन निर्देशन दिँदै व्यक्तिगत सुरक्षा सामग्री (पिपीइ)को बन्दोबस्तका लागि पहल भइरहेको जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली र प्रचण्डले एक अर्कालाई गराए सपथ !
ओली र प्रचण्डले एक अर्कालाई गराए सपथ !
गाउँगाउँमा गएर लालीगुराँसले दियो अभिभावकलाई शिक्षा
गाउँगाउँमा गएर लालीगुराँसले दियो अभिभावकलाई शिक्षा
पाकिस्तानः तेल ट्यांकर पल्टिएर आगलागी, १२३ जनाको मृत्यु
पाकिस्तानः तेल ट्यांकर पल्टिएर आगलागी, १२३ जनाको मृत्यु
मोरङको धनपालथान गाउँपालिकामा एमालेले पाएन ठाउँ, दुवै पदमा कांग्रेसको बाजी
मोरङको धनपालथान गाउँपालिकामा एमालेले पाएन ठाउँ, दुवै पदमा कांग्रेसको बाजी
वडाध्यक्षले डोजर किनेर ठेक्का आफैं लिएका गुनासा आएका छन् : प्रधानमन्त्री ओली
वडाध्यक्षले डोजर किनेर ठेक्का आफैं लिएका गुनासा आएका छन् : प्रधानमन्त्री ओली
लिग २ : नेपाल ३७ रनले अमेरिकासँग पराजित
लिग २ : नेपाल ३७ रनले अमेरिकासँग पराजित
बालुवाटारमा ओली र प्रचण्डले २ घण्टा के विषयमा छलफल गरे ?
बालुवाटारमा ओली र प्रचण्डले २ घण्टा के विषयमा छलफल गरे ?
प्रकाशमानको चुनौति : “देउवाले संसदीय दलको नेतामा दावी गरे प्रतिष्पर्धामा उत्रन्छु”
प्रकाशमानको चुनौति : “देउवाले संसदीय दलको नेतामा दावी गरे प्रतिष्पर्धामा उत्रन्छु”
अनिलको उत्कृष्ट फर्म जारी, ज्ञानेन्द्र र सुवाष अाएनन् लयमा
अनिलको उत्कृष्ट फर्म जारी, ज्ञानेन्द्र र सुवाष अाएनन् लयमा
उच्चमा मुद्दा नटुंगिदै हाइप्रोफाइल वन्यजन्तु तस्कर सर्वाेच्चमा
उच्चमा मुद्दा नटुंगिदै हाइप्रोफाइल वन्यजन्तु तस्कर सर्वाेच्चमा