निर्मलाका हत्यार पत्ता लगाइ छाड्छौँ– गृहमन्त्री थापा

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २२, २०७५
|
|
४५ पटक हेरिएको
Shares
निर्मलाका हत्यार पत्ता लगाइ छाड्छौँ– गृहमन्त्री थापा

सारांश

  • धनगढी, २२ फागुन , गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाई कानूनको कठघरामा ल्याइछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
  • आज यहाँ पत्रकारसँग कुरा गर्दै गृहमन्त्री थापाले भन्नुभयो, “छिटोभन्दा छिटो अपराधीलाई कानूनको कठघरामा उभ्याउने छौँ ।
  • ” घटना भएको शुरुको अवस्थामा लापर्वाही हुँदा अनुसन्धानमा जटिलता पैदा भएको बताउँदै उहाँले उक्त घटनामा अनुसन्धान कार्य भइरहेको बताउनुभयो ।

धनगढी, २२ फागुन , गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाई कानूनको कठघरामा ल्याइछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

आज यहाँ पत्रकारसँग कुरा गर्दै गृहमन्त्री थापाले भन्नुभयो, “छिटोभन्दा छिटो अपराधीलाई कानूनको कठघरामा उभ्याउने छौँ ।” घटना भएको शुरुको अवस्थामा लापर्वाही हुँदा अनुसन्धानमा जटिलता पैदा भएको बताउँदै उहाँले उक्त घटनामा अनुसन्धान कार्य भइरहेको बताउनुभयो ।

एकाधिकार कानूनीरुपमा अन्त्य गरिसकिएको बताउँदै उहाँले यसलाई व्यवस्थित बनाउन आवश्यक कानून निर्माणको चरणमा सरकार रहेको जानकारी दिनुभयो । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई इङ्गित गर्दै गृहमन्त्रीले केही समूहबाट यो बीचमा विष्फोटन र ध्वंसात्मक गतिविधि गर्ने काम भइरहेकाले यी घटनामा सरकार गम्भीर बनेको छ । उहाँले थप्नुभयो, “यस्ता गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिइरहेका छौँ ।”

उहाँले सङ्घीय संसद्मा सङ्घीय प्रहरी र प्रदेश प्रहरीसम्बन्धी कानून निमार्णको अन्तिम तयारी भइरहेको जानकारी दिनुभयो । सुरक्षा गोष्ठीमा सहभागी हुन उहाँ आज धनगढी पुग्नुभएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुन्दरी प्रतियोगिता गर्ने कन्सल्टेन्सी संचालक मनोज पाण्डे पक्राउ
सुन्दरी प्रतियोगिता गर्ने कन्सल्टेन्सी संचालक मनोज पाण्डे पक्राउ
तेस्रो सुपा देउराली खाचिखोट पर्यटन महोत्सब  ब्रिहत रुपमा आयोजना हुदै
तेस्रो सुपा देउराली खाचिखोट पर्यटन महोत्सब ब्रिहत रुपमा आयोजना हुदै
विराटनगर नाकामा विदेशी पर्यटकको आगमन बढ्यो: गत वर्ष २१० भित्रिए
विराटनगर नाकामा विदेशी पर्यटकको आगमन बढ्यो: गत वर्ष २१० भित्रिए
ढोरपाटन पुगे नौ हजार पर्यटक
ढोरपाटन पुगे नौ हजार पर्यटक
उपरथी शर्माको पदावधी थपः पूर्णचन्द्रपछि सेनाको सेनापति बन्ने लगभग निश्चित
उपरथी शर्माको पदावधी थपः पूर्णचन्द्रपछि सेनाको सेनापति बन्ने लगभग निश्चित
मन्त्री बाँस्कोटाले पाँचखालका २ बालिकाको शिक्षाको अभिभावकत्व लिए
मन्त्री बाँस्कोटाले पाँचखालका २ बालिकाको शिक्षाको अभिभावकत्व लिए
दार्जिलिङ आन्दोलन भड्कियो सेनाले दमन गरि गोलि चलायो, तीन नेपाली भाषीको मृत्यु (तस्बिरसहित)
दार्जिलिङ आन्दोलन भड्कियो सेनाले दमन गरि गोलि चलायो, तीन नेपाली भाषीको मृत्यु (तस्बिरसहित)
यसरी डुबे तातोपानी कुण्डमा देउवा-पौडेल ।
यसरी डुबे तातोपानी कुण्डमा देउवा-पौडेल ।
यसरी पक्रिए मोटरसाइकल चोर्नेहरु
यसरी पक्रिए मोटरसाइकल चोर्नेहरु
दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान : निर्वाचन आयोग
दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान : निर्वाचन आयोग