डीपीएल भिडन्त : धनगढी ८ विकेटले विजयी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २०, २०७४
|
|
२७ पटक हेरिएको
Shares
डीपीएल भिडन्त : धनगढी ८ विकेटले विजयी

सारांश

  • काठमाडौं, २० चैत ।
  • रुस्लान धनगढी प्रिमियर लिग(डीपीएल)–२ अन्तर्गत बुधबार भएको खेलमा टीम चौराह धनगढीले महेन्द्रनगर युनाइटेडमाथि ८ विकेटको सहज जित हात पारेको छ ।
  • महेन्द्रनगरले दिएको १ सय ३२ रनको लक्ष्य पछ्याउने क्रममा धनगढीले १२ बल बाँकी छदै २ विकेट गुमाएर लक्ष्य भेटायो ।

काठमाडौं, २० चैत । रुस्लान धनगढी प्रिमियर लिग(डीपीएल)–२ अन्तर्गत बुधबार भएको खेलमा टीम चौराह धनगढीले महेन्द्रनगर युनाइटेडमाथि ८ विकेटको सहज जित हात पारेको छ । महेन्द्रनगरले दिएको १ सय ३२ रनको लक्ष्य पछ्याउने क्रममा धनगढीले १२ बल बाँकी छदै २ विकेट गुमाएर लक्ष्य भेटायो ।

धनगढीका लागि सुनिल धमलाले सर्वाधिक नटआउट ४६ रनको पारी खेले। ४७ बलको सामना गरेका सुनिलले २ छक्का र ३ चौका प्रहार गरे। यस्तै धनगढीका विदेशी खेलाडी यूएईका कप्तान समेत रहेका रोहन मुस्तफाले ३९ रन जोडे। ३० बल खेलेका रोहनले ३ छक्का र १ चौका प्रहार गरे । यस्ता अर्का यूएईकै खेला८ी अस्फाक अहमदले २४ बलको सामना गर्दै ३० रन जोडे । सो क्रममा उनले ६ चौका प्रहार गरेका थिए । सोनु तामाङ १५ रनमा नटआउट रहे ।

जितसँगै चौथो स्थानमा रहेको धनगढी ४ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । धनगढीले तीन खेलमा दुईमा जित र एकमा हार बेहोरेको छ । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको महेन्द्रनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो । उसका भारतीय खेलाडी पुनित मेहराले २५ बलको सामना गर्दै २ छक्का र ४ चौकाको मदतमा ४० रन जोडे भने भुवन कार्कीले ४० बल खेल्दै २ छक्का र १ चौकाको मदमा ३२ रन जोडे ।

यस्तै उसका पुनित विष्टले २४ र कप्तान विनोद भण्डारीले ११ रन जोडे। त्यसबाहेक अन्य खेलाडीले राम्रो स्कोर गर्न सकेनन् । धनगढीका ललितसिंह भण्डारीले ४ तथा सोमपाल कामी र सामसद सेखले १–१ विकेट लिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?