डेढ घण्टामा १५ प्रतिशत मतदान

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २, २०७४
|
|
१९ पटक हेरिएको
Shares
डेढ घण्टामा १५ प्रतिशत मतदान

सारांश

  • काठमाडौं, असोज २ – स्थानीय तहको तेस्रो चरणको चुनाव अन्तर्गत अहिले प्रदेश नम्बर २ का सबै स्थानीय तहमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
  • बिहान साढे ८ बजेसम्ममा झण्डै १५ प्रतिशत मतदान भएको आयोगले उल्लेख गरेको छ ।
  • स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आज प्रदेश नं.

काठमाडौं, असोज २ – स्थानीय तहको तेस्रो चरणको चुनाव अन्तर्गत अहिले प्रदेश नम्बर २ का सबै स्थानीय तहमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । बिहान साढे ८ बजेसम्ममा झण्डै १५ प्रतिशत मतदान भएको आयोगले उल्लेख गरेको छ ।

स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आज प्रदेश नं. २ का आठ जिल्लाका १३६ वटा स्थानीय तहमा बिहान सात बजेदेखि शान्तिपूर्ण एवं उत्साहजनकरूपमा मतदान सुरू भएको आयोगले बताएको छ । मतदान भइरहेका आठ जिल्लाका केही मतदान केन्द्रहरूमा राजनीतिक दलका प्रतिनिधिहरू आउन ढिला भएको र केहीमा आइतबार राति भएको वर्षाबाट जमेको पानी हटाउँदा केही ढिलो भए पनि अहिले सबै मतदान केन्द्रहरूमा शान्तिपूर्ण एवं उत्साजक रूपमा मतदान कार्य भइरहेको छ ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले विज्ञप्ति निकालेर निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्रबाट प्राप्त जानकारी अनुसार अहिले बिहान साढे ८ बजेसम्ममा झण्डै १५ प्रतिशत मतदान भइसकेको जानकारी दिनुभएको हो । मतदान बेलुका ५ बजेसम्म हुनेछ ।

प्रदेश नम्बर २ का एक महानगरपालिका,  ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा सोमबार भएको मतदानबाट नगरपालिका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य गरी ६ हजार ६२७ जना प्रतिनिधि निर्वाचित हुने छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?