कास्कीका सबारी साधनमा आगो लगाई फरार व्यक्ति लेकसाईडको होटलबाट २ घन्टामा पक्राउ
सारांश
- पोखरा १९,माघ।
- सरकारी गाडी जलाउने पोखरा विश्वविद्यालयका नेविसंघ सभापति सहित ५ कार्यकर्ता पक्राउ परेका छन् ।
- पोखराको मासवारमा सरकारी गाडीमा आगजनी गरेको आरोपमा प्रहरीले उनिहरूलाइ पक्राउ गरेको हाे ।
पोखरा १९,माघ। सरकारी गाडी जलाउने पोखरा विश्वविद्यालयका नेविसंघ सभापति सहित ५ कार्यकर्ता पक्राउ परेका छन् । पोखराको मासवारमा सरकारी गाडीमा आगजनी गरेको आरोपमा प्रहरीले उनिहरूलाइ पक्राउ गरेको हाे ।
पार्किङ गरी राखेको पोखरा महानगरपालिका कार्यालयको सरकारी गाडी बा १ झ ५८७९ नं. को पिकअप भ्यान कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले शनिबार बिहान पोखरा महानगरपालिकामा आगजनी गरेका थिए ।
आगजनी गरेको आरोपमा प्रहरीले लेकसाइडस्थित एक होटलबाट नेविसंघ नेता परशुराम बस्नेत, लक्ष्मीप्रसाद पौडेल, नेविसंघ पोखरा विश्वविद्यालय पूर्वसभापति राजेन्द्र बराल, वर्तमान सभापति डिफान भुजेल र ला–ग्राण्डी कलेजका सभापति विनय पौडेललाई पक्राउ गरेकाे बैदाम कास्कीबाट प्रहरी नायव उपरीक्षक नबिन कार्की ले जानकारी दीएका छन्
प्रतिक्रिया