सिक्किममा ढल्यो चाम्लिङ राज

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १०, २०७६
|
|
१६ पटक हेरिएको
Shares
सिक्किममा ढल्यो चाम्लिङ राज

सारांश

  • सिक्किममा पवन चाम्लिङको २५ वर्षे शासन सत्ता ढलेको छ ।
  • १७ औं विधानसभा चुनावमा पवनको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)ले नराम्रोसँग पराजय व्यहोरेको छ ।
  • सिक्किममा विधानसभाका ३२ सिटमध्ये प्रेमसिंह तामाङ (पी.

सिक्किममा पवन चाम्लिङको २५ वर्षे शासन सत्ता ढलेको छ । १७ औं विधानसभा चुनावमा पवनको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)ले नराम्रोसँग पराजय व्यहोरेको छ । सिक्किममा विधानसभाका ३२ सिटमध्ये प्रेमसिंह तामाङ (पी.एस. गोले) नेतृत्वको क्रान्तिकारी मोर्चाले १७ सिटमा जित हासिल गरेको छ । चाम्लिङ नेतृत्वको डेमोक्रेटिक फ्रन्ट १५ सिटमा विजयी भएको छ । चाम्लिङको पार्टीले सन् २०१४ को चुनावमा २२ सिट जितेको थियो ।

सिक्किमको एकमात्र लोकसभा सिटमा पनि सिक्किम क्रान्तिकारी मोर्चा नै विजयी भएको छ । यससँगै सिक्किम क्रान्तिकारी मोर्चाले राज्य विधानसभा र लोकसभा दुवैमा आफ्नो पकड जमाएको छ ।

को हुन् प्रेमसिंह ?

अब गोले नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चाले नयाँ सरकार बनाउने छ । गोले विगतमा पवन चाम्लिङकै पार्टीमा थिए । तर, उनले त्यहाँबाट अलग भएर नयाँ पार्टी ‘सिक्किम क्रान्तिकारी मोर्चा’ (एसकेएम) गठन गरेका थिए ।

सन् १९९० मा प्रेमसिंहले ग्राजुएट शिक्षकको रुपमा सरकारी जागिर खाए । तर तीन वर्षमै शिक्षक पदबाट राजीनामा दिए । त्यसपछि उनी सामाजिक र राजनीतिमा अझ सक्रिय भएर लागेका थिए । भ्रष्टाचारको मुद्दामा केही महिना जेल सजायँसमेत भोगेका गोले आफू चुनावमा प्रतिष्पर्धा नगरे पनि उनको पार्टीले विधानसभाका ३२ वटै सिटमा उम्मेद्वार खडा गरेको थियो ।

सिक्किमको प्रमुख प्रतिपक्षी सिक्किम क्रान्तिकारी मोर्चाले भ्रष्टाचार नियन्त्रण गर्ने र बेरोजगारलाई रोजगारी दिने मुख्य एजेन्डा लिएर चुनाव लडेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?