पूर्वखोला गापामा ५०० युवालाई स्वरोजगार बनाइने
सारांश
- पाल्पा, २९ भदौ ।
- पूर्वखोला गाउँपालिकाले यस आवमा ५०० जना युवालाई स्वरोजगार बनाउने भएको छ ।
- आव २०७४÷७५ मा ५०० युवालाई सिकर्मी, डकर्मी, वाइरिंग, कृषि तथा पशुपालनसम्बन्धी काममा दक्ष बनाउन तालीम सञ्चालन गर्ने लक्ष्य रहेको छ ।
पाल्पा, २९ भदौ । पूर्वखोला गाउँपालिकाले यस आवमा ५०० जना युवालाई स्वरोजगार बनाउने भएको छ । आव २०७४÷७५ मा ५०० युवालाई सिकर्मी, डकर्मी, वाइरिंग, कृषि तथा पशुपालनसम्बन्धी काममा दक्ष बनाउन तालीम सञ्चालन गर्ने लक्ष्य रहेको छ ।
बेरोजगार युवालाई स्वरोजगार बनाउन गाउँपालिकाले युवा स्वरोजगारका लागि रु २१ लाख ५० हजार बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष नुरबहादुर थापाले बताउनुभयो ।
पूर्वखोला गाउँपालिकामा दक्ष सिकर्मी, डकर्मी, वाइरिंग गर्नेको अभाव रहेको छ । गाउँपालिकाभित्रका युवालाई तालीममार्फत स्वरोजगार बनाउने र दक्ष कामदार उत्पादन गर्ने गाउँपालिका अध्यक्ष नुरबहादुर थापाले बताउनुभयो ।
बेरोजगार युवालाई आयमूलक तालीम सञ्चालनपछि आत्मनिर्भर हुनेछन् । स्वदेशमा नै केही काम गरी आत्मनिर्भर भएपछि विदेश पलायनमा कमी आउने योजनाका साथ गाउँपालिका अघि बढेको हो ।
आर्थिक वर्ष २०७४÷७५ को प्रथम गाउँसभाले पारित गरेका वार्षिक बजेट नीति तथा कार्यक्रममा युवालाई स्वरोजगार बनाउने कार्यक्रम आएपछि गाउँपालिकाभित्रका युवा खुशी बनेका छन् ।
गाउँपालिकाले यस आवमा अन्तरिक राजस्व, राजस्व बाँडफाँटबाट प्राप्त रकम र अन्यबाट गरी रु ३७ लाख ३८ हजार १०० संकलन गर्ने लक्ष्य रहेको सूचना संयोजक निरबहादुर सारुले जानकारी दिनुभयो ।
प्रतिक्रिया