डेढ वर्षभित्र काठमाडौं महानगर भित्रका विजुलीका तार ‘अन्डरग्राउन्ड’ हुन्छः मेयर शाह

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २९, २०७९
|
|
२२ पटक हेरिएको
Shares
डेढ वर्षभित्र काठमाडौं महानगर भित्रका विजुलीका तार ‘अन्डरग्राउन्ड’ हुन्छः मेयर शाह

सारांश

  • काठमाडौं।
  • काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अबको डेढ वर्षभित्र सबै काठमाडौं महानगरपालिका सबै तारहरु अन्डरग्राउन्ड हुने बताएका छन् ।
  • काठमाडौं महानगरको दोस्रो कार्यपालिका बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले सरोकारवाला निकायसँग सहकार्य गरेर विद्युतिय तार भुमिगत गरिने बताएका हुन् ।

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अबको डेढ वर्षभित्र सबै काठमाडौं महानगरपालिका सबै तारहरु अन्डरग्राउन्ड हुने बताएका छन् ।

काठमाडौं महानगरको दोस्रो कार्यपालिका बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले सरोकारवाला निकायसँग सहकार्य गरेर विद्युतिय तार भुमिगत गरिने बताएका हुन् ।

उनले भने, ‘विद्युत प्राधिकरणबाट अबको डेढ वर्षभित्र सबै तारहरु अन्डरग्राउन्ड हुन्छ भन्ने प्रतिबद्धता पाएको छु। त्यसमा महानगरपालिकाको सहकार्य रहनेछ।’

हरेक महिनाको पहिलो सोमबार सडक, विद्युत्, खानेपानी लगायतका निकायका प्रमुखसँग बैठक आयोजना गर्ने र त्यसमा एक आपसबिच सहकार्यको समीक्षा गरिने बताउदै उनले सडक बत्तीदेखि ढलसम्मका समस्याहरु समाधानका लागि महानगर लागेको बताए । मेयर शाहले हरेक घरमा रिभर्स बोरिङ गर्नपर्ने प्रस्ताव अघि सारेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?