प्रधानमन्त्री ओलीका पक्षमा भक्तपुरमा प्रदर्शन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १९, २०७७
|
|
२५ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीका पक्षमा भक्तपुरमा प्रदर्शन

सारांश

  • भक्तपुर, १९ असार स् प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा स्थानीय सूर्यविनायकमा आज जनप्रदर्शन गरिएको छ ।
  • स्वतन्त्र नागरिकका नाममा भएको जनप्रदर्शनमा प्रधानमन्त्रीका पक्षमा नारा लगाइएको थियो ।
  • सामाजिक सञ्जालबाट आह्वान गरिएको प्रदर्शनमा भेला भएका सयौँ नागरिकले अहिलेको समय प्रधानमन्त्री फेर्ने समय नभएको जनाउँदै सरकार परिवर्तन गर्ने खेल बन्द गर्न चेतावनी दिएका थिए ।

भक्तपुर, १९ असार स् प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा स्थानीय सूर्यविनायकमा आज जनप्रदर्शन गरिएको छ । स्वतन्त्र नागरिकका नाममा भएको जनप्रदर्शनमा प्रधानमन्त्रीका पक्षमा नारा लगाइएको थियो । सामाजिक सञ्जालबाट आह्वान गरिएको प्रदर्शनमा भेला भएका सयौँ नागरिकले अहिलेको समय प्रधानमन्त्री फेर्ने समय नभएको जनाउँदै सरकार परिवर्तन गर्ने खेल बन्द गर्न चेतावनी दिएका थिए ।

नेकपाको स्थायी कमिटीको बैठकमा राजीनामा गराउन माग उठेसँगै प्रधानमन्त्री ओलीका समर्थनमा स्वतस्फूर्तरुपमा सडकमा आएका नागरिकले जनताको अभिमतको मान्न आग्रह गरे । प्रधानमन्त्री ओलीको राजीनामा माग्न छाडेर कोरोनाविरुद्धको लडाइँमा सबै ऐक्यबद्ध हुनुपर्ने धारणा वक्ताले राखेका थिए ।

सूर्यविनायकमा शुरु भएको ¥याली तथा प्रदर्शनमा विदेशी हस्तक्षेप बन्द गर, लिपुलेक, लिम्पियाधुरा, कालापानी हाम्रो हो, नागरिकता विधेयक पारित गर, राजनीतिक स्थिरता कायम गर जस्ता नारा लगाइएको थियो ।रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले तोक्यो उखुको खरिद मूल्य, किसानले प्रतिक्वीन्टल ६३५ रुपैयाँ पाउने
सरकारले तोक्यो उखुको खरिद मूल्य, किसानले प्रतिक्वीन्टल ६३५ रुपैयाँ पाउने
प्रदेश नं ३: मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेबसाईडको सुभारम्भ
प्रदेश नं ३: मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेबसाईडको सुभारम्भ
French President makes surprise Saudi visit
French President makes surprise Saudi visit
योगी आदित्यनाथलाई ‘मार्ने धम्की’ आयोः दिल्ली प्रहरी
योगी आदित्यनाथलाई ‘मार्ने धम्की’ आयोः दिल्ली प्रहरी
प्रधानमन्त्री ओली गृहमन्त्रालयमा !
जेन-जी आन्दोलन पनि पश्चिमाको डिजाइनमा भयो, अब राजसंस्था आवश्यक भइसक्यो: दुर्गा प्रसाईं
जेन-जी आन्दोलन पनि पश्चिमाको डिजाइनमा भयो, अब राजसंस्था आवश्यक भइसक्यो: दुर्गा प्रसाईं
सवारी चालक अनुमति पत्र व्यवस्थाको माग गर्दै बहिरा नागरिक सडकमा
सवारी चालक अनुमति पत्र व्यवस्थाको माग गर्दै बहिरा नागरिक सडकमा
Romantic relationship Questions to Check with Your Girlfriend – Five Convenient Questions to Obtain a Deep Romantic relationship
निर्मला प्रकरण : एसपी डिल्लीराज विष्टको हुनसक्छ जेलको बास, कसरी ?
निर्मला प्रकरण : एसपी डिल्लीराज विष्टको हुनसक्छ जेलको बास, कसरी ?
जाजरकोटमा यात्रुबस  दुर्घटना हुँदा मृत्यु हुनेहरुको संख्या २७ पुग्यो
जाजरकोटमा यात्रुबस दुर्घटना हुँदा मृत्यु हुनेहरुको संख्या २७ पुग्यो

तपाईंले छुटाउनुभयो कि?