कम्यूनिष्टले नेपालमा सफलता पाउनुको कारण जबज होः सहसंयोजक पौडेल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १०, २०७६
|
|
३३ पटक हेरिएको
Shares
कम्यूनिष्टले नेपालमा सफलता पाउनुको कारण जबज होः सहसंयोजक पौडेल

सारांश

  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली युवा संगठन युवा संघ नेपालका सहसंयोजक रमेश पौडेलले माक्र्सवादको सिर्जनात्मक प्रयोग जनताको बहुदलीय जनवादको कारण नेपालमा कम्युनिष्टहरुले सफलता प्राप्त गरेको बताउनुभयो ।
  • जबजको मार्गदर्शनमा वर्तमान सरकार बनेको बताउँदै सहसंयोजक पौडेलले शान्तिपूर्ण रुपमा समाजको रुपान्तरण सम्भव छ भन्दै समाजवादको आधार तयार पार्न जबज अपरिहार्यता रहेको बताउनुभयो ।
  • २१औं शताब्दीको समाज विज्ञानको युग भएकाले विज्ञानको प्रयोग गर्ने साधन तथा साध्य भनेको नै जबज भएको बताउँदै उहाँले वर्तमान नेकपा नेतृत्वको सरकार पनि सोही अनुसार लागि रहँदा पार्टीले आफ्नो मार्गदर्शक सिद्धान्त नै जबज भनेर जानुपर्ने बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली युवा संगठन युवा संघ नेपालका सहसंयोजक रमेश पौडेलले माक्र्सवादको सिर्जनात्मक प्रयोग जनताको बहुदलीय जनवादको कारण नेपालमा कम्युनिष्टहरुले सफलता प्राप्त गरेको बताउनुभयो । जबजको मार्गदर्शनमा वर्तमान सरकार बनेको बताउँदै सहसंयोजक पौडेलले शान्तिपूर्ण रुपमा समाजको रुपान्तरण सम्भव छ भन्दै समाजवादको आधार तयार पार्न जबज अपरिहार्यता रहेको बताउनुभयो । २१औं शताब्दीको समाज विज्ञानको युग भएकाले विज्ञानको प्रयोग गर्ने साधन तथा साध्य भनेको नै जबज भएको बताउँदै उहाँले वर्तमान नेकपा नेतृत्वको सरकार पनि सोही अनुसार लागि रहँदा पार्टीले आफ्नो मार्गदर्शक सिद्धान्त नै जबज भनेर जानुपर्ने बताउनुभयो । उहाँले जबज कसैको हार र जिीतको विषय नभई माक्र्सवादको सिजर्नात्मक प्रयोग भएको बताउनुभयो ।

सहि विचार भएन भने आन्दोलनले पनि निश्चित लक्ष्यमा पुग्न नसक्ने बताउँदै उहाँले २१औं शताब्दीलाई रुपान्तरण गर्दै आधुनिक बैज्ञानिक तवरले समद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थक बनाउन जबजलाई नेतृत्वले हृदयङ्मय गर्नुपर्ने बताउनुभयो ।

एभरेष्ट मिसनसँग कुरा गर्दै युवा संघ नेपालका तत्कालिन अध्यक्ष समेत रहनुभएका पौडेलले उक्त कुरा बताउनुभएको हो । उहाँले युवा संघ नेपालको २९औं स्थापना दिवशका अवसरमा उपप्रधानमन्त्री, रक्षामन्त्री तथा नेकपाका सचिवालय सदस्य समेत रहनुभएका इश्वर पोखरेलले समेत जबजको च्याप्टर ओपन छ भनेर उद्घोष गर्नुभएको परिप्रेक्ष्यमा उहाले यो धारणा राख्नु भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?