डोटीको पूर्वीचौकी ६ नम्बर वडामा कांग्रेसका थापा विजयी

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १७, २०८१
|
|
३० पटक हेरिएको
Shares
डोटीको पूर्वीचौकी ६ नम्बर वडामा कांग्रेसका थापा विजयी

सारांश

  • डोटी।
  • डोटीको पूर्वीचौकी गाउँपालिका ६ नम्बर वडामा सम्पन्न भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार मोहन थापा विजयी भएका छन्।
  • थापाले ८ सय ३९ खसेको मतमध्ये ४ सय ६८ मत प्राप्त गर्दै विजयी भएका हुन्।

डोटी। डोटीको पूर्वीचौकी गाउँपालिका ६ नम्बर वडामा सम्पन्न भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार मोहन थापा विजयी भएका छन्। थापाले ८ सय ३९ खसेको मतमध्ये ४ सय ६८ मत प्राप्त गर्दै विजयी भएका हुन्।

उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार देव थापाले ३ सय १ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका उम्मेदवार देवीलाल थापाले २६ मत र राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार जानकी खड्का कुवँरले ३१ मत प्राप्त गरेकी छन्।

पूर्वीचौकी ६ नम्बर वडाका वडा अध्यक्ष पुष्पराज जोशीको निधनपछि यो उपनिर्वाचन गरिएको हो। जोशी पनि कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?