मतदाता शिक्षा र परिचयपत्र वितरण गर्न सुरु

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २८, २०७९
|
|
४३ पटक हेरिएको
Shares
मतदाता शिक्षा र परिचयपत्र वितरण गर्न सुरु

सारांश

  • निर्वाचन आयोगले मतदाता शिक्षा र मतदाता परिचयपत्र वितरण गर्न शुरु गरेको छ ।
  • देशभर निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर मतदाता शिक्षा र नयाँ परिचयपत्रको निवेदन लिएकाहरुलाई मतदाता परिचयपत्र वितरण सुरु गरेको हो ।
  • बुधवार र बिहीवार आयोगले देशभरका विभिन्न मतदान स्थल र निर्वाचन केन्द्रहरूबाट मतदाता शिक्षा र मतदाता परिचय पत्र वितरण गरिरहेको छ ।

निर्वाचन आयोगले मतदाता शिक्षा र मतदाता परिचयपत्र वितरण गर्न शुरु गरेको छ । देशभर निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर मतदाता शिक्षा र नयाँ परिचयपत्रको निवेदन लिएकाहरुलाई मतदाता परिचयपत्र वितरण सुरु गरेको हो ।
बुधवार र बिहीवार आयोगले देशभरका विभिन्न मतदान स्थल र निर्वाचन केन्द्रहरूबाट मतदाता शिक्षा र मतदाता परिचय पत्र वितरण गरिरहेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदाताहरूले हालेको मतदान बदर नहोस् भनेर मतदाता शिक्षा दिन लागेको आयोगले बताएको छ । मतदाता शिक्षा लिनका लागि नयाँ पुस्ताहरू अधिकांश मतदान स्थलमा आएको नयाँ बानेश्वर मतदान केन्द्र ‘ग’का मतदान अधिकृत भगवान उप्रेतीले बताए । उनले बिहान १० बजेबाट मतदाता परिचय पत्र वितरण गरेको र वैशाख ३० गतेका लागि आवश्यक तयारी गरिरहेको बताए । मतदान अधिकृत उप्रेतीले मतदाताहरूले नमूना मतपत्रमा मत हाल्न सिकाएको बताए ।

यस्तै काठमाडौं जिल्ला अदालतकी कर्मचारी अनुपमा भट्टराईले मतदाता शिक्षासँगै मतदाता परिचय पत्र पनि वितरण गरिरहेको बताइन् । उनले नयाँ मतदाता परिचय पत्र बनाएका र स्थानीय निर्वाचनमा यसअघि मत नहालेका मानिसहरु मत हाल्ने तरिका सिक्न आएको उल्लेख गरिन् ।

यस्तै मतदान हाल्ने तरिका सिक्न र मतदाता परिचय पत्र लिन आएका मतदाताहरू भोट हाल्नका लागि उत्साहित देखिन्छन् । यस वर्ष नयाँ मतपत्रहरू छापिएको र हाल्न नजानेकाहरुको मतपत्र बदर हुनसक्ने भन्दै एकपटक मत हाल्ने तरिका सिक्न आवश्यक रहेको अधिवक्ता भूमिनन्द चुँडालले बताए । उनले यस वर्ष मतदाता शिक्षा भनेजस्तो दिन नसकेको कारण धेरै मतहरु बदर हुनसक्ने सम्भावना रहेको बताए । नयाँ मतदाताहरुलाई मत हाल्न सिकाउनुपर्नेमा उनको जोड छ ।

नयाँ मतदाताहरू आफ्नो मताधिकार प्रयोग गरेर उचित नेतृत्व चयन गर्न उत्साहित देखिएका छन् । उनीहरुले सम्बन्धित ठाउँमा आएर भोट हाल्ने तरिका सोधेर आफ्नो मताधिकारको उचित सदुपयोग गर्न सुझाव दिएका छन् । उनीहरुले अहिले सही र योग्य उम्मेदवार छान्न सके मात्रै भविष्यमा राम्रो कामको प्रतिफल आउने भएकोले सोचेर मतदान गर्न पनि अपिल गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मनाेरञ्जन समाचार : हेमा मालिनी हेलिकप्टरबाट उत्रिन्…अनि गहुँ काट्न थालिन्
मनाेरञ्जन समाचार : हेमा मालिनी हेलिकप्टरबाट उत्रिन्…अनि गहुँ काट्न थालिन्
रुसी मोडेलसँग विहे गरेका पूर्वराजाले छोरा जन्मिएपछि भने ‘मेरो छोरा होइन’
रुसी मोडेलसँग विहे गरेका पूर्वराजाले छोरा जन्मिएपछि भने ‘मेरो छोरा होइन’
मध्यम अवस्थामा १० दिन भित्रमा सक्रिय कोरोना संक्रमितको संख्या ३९ हजार पुग्ने
राप्रपा र राप्रपा सँयुक्तबीच पार्टी एकीकरण गर्ने सहमति
राप्रपा र राप्रपा सँयुक्तबीच पार्टी एकीकरण गर्ने सहमति
एक लाख धार्मिक पर्यटक भित्र्याइने
एक लाख धार्मिक पर्यटक भित्र्याइने
नेविसङ्घको तदर्थ समिति एक साताभित्र : सह-महामन्त्री महत
नेविसङ्घको तदर्थ समिति एक साताभित्र : सह-महामन्त्री महत
जिससले मागे सांसदको भन्दा दोब्बर भत्ता
जिससले मागे सांसदको भन्दा दोब्बर भत्ता
झारफुक गर्ने ज्योतिषको भेषमा ५ महिनादेखि बालिका बलात्कार
झारफुक गर्ने ज्योतिषको भेषमा ५ महिनादेखि बालिका बलात्कार
बाबुको हत्या आशङ्कामा आमा–छोरा पक्राउ
बाबुको हत्या आशङ्कामा आमा–छोरा पक्राउ
सुत्केरी महिलाको उद्धारगर्न हेलिकप्टर लिएर आफै पुगे मन्त्री
सुत्केरी महिलाको उद्धारगर्न हेलिकप्टर लिएर आफै पुगे मन्त्री