मध्यराति पत्रकारमाथि कुटपिट
सारांश
- काठमाडाै, २६ जेठ ।
- शुक्रबार राति एसटिएस टेलिभिजन धनगढीका समाचार प्रमुख लोकेन्द्र विष्टमाथि कुटपिट भएको छ ।
- काम सकेर कार्यालयबाट आफ्नो निवास तर्फ गईरहेको बेला मोटरसाईकलमा आएका अज्ञात समुहले कुटपिट गरेको हो ।
काठमाडाै, २६ जेठ । शुक्रबार राति एसटिएस टेलिभिजन धनगढीका समाचार प्रमुख लोकेन्द्र विष्टमाथि कुटपिट भएको छ ।
काम सकेर कार्यालयबाट आफ्नो निवास तर्फ गईरहेको बेला मोटरसाईकलमा आएका अज्ञात समुहले कुटपिट गरेको हो । रातिको समयमा एउटै मोटरसाईकलमा आएका तीन जना युवाले शरिरभरी नै निलडाम हुने गरी कुटपिट गर्दै खल्तीमा भएको नगद रुपैयाँ समेत लुटेर लगेको पत्रकार विष्टले वताए ।
घटनापछि प्रहरीले त्यसको अनुसन्धान अगाडी वढाएको छ । घटनापछि विष्टका शरिरका विभिन्न अङगहरुमा चोट लागेका कारण सुन्निएको छ ।
यता घटनाको नेपाल पत्रकार महासंघ कैलालीले भत्र्सना गर्दै दोषीमाथि कारवाहीको माग गरेको छ ।
एक विज्ञप्ती जारी गर्दै महासंघका सचिव मीन ठकुरीले दोषीलाई पक्राउ गरि कारवाहीको माग गरेका छन । साथै घाईते पत्रकार विष्टको सिघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ ।
यस्तै पत्रकार महासंघको प्रदेश नम्वर ७ ले पनि घटनाको भत्र्सना गरेको छ । दोषीलाई कारवाही गर्दै पत्रकार विष्ट सहितका पत्रकारहरुको सुरक्षाको ग्यारेन्टी गर्न माग गरिएको छ । प्रदेश सचिव योगेश रावलले जारी गरेको विज्ञप्तीमा सरोकारवालालाई संवेदनशील वन्न आग्रह गरिएको छ ।
Chandra Subedi
भाई लाई ठिकै गरेछन
Chandra Subedi
पत्रकार भाई र मानव अधिकारबादी भाई देश बर्बादीमा तपाईको कति योगदान छ,,,,,