ढाडै सेक्ने कर बृद्धिको विरोधमा सत्तारुढ दलकै कार्यकर्ता उत्रिए आन्दोलनमा
सारांश
- झापा, ३२ साउन ।
- स्थानीय तहमा बृद्धि गरिएको करको विरोधमा बुधबार झापाको मेचीनगरमा प्रदर्शन गरिएको छ ।
- नेपाल कम्युनिष्ट पार्टी वडा नं १० को अगुवाईमा भएको विरोध कार्यक्रममा सहभागीहरूले मेचीनगरको मुख्यद्वारमा दुई घण्टा धर्ना दिनुका साथै नाराबाजीसहित नगरपालिका र सम्बन्धित वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका थिए ।
झापा, ३२ साउन । स्थानीय तहमा बृद्धि गरिएको करको विरोधमा बुधबार झापाको मेचीनगरमा प्रदर्शन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी वडा नं १० को अगुवाईमा भएको विरोध कार्यक्रममा सहभागीहरूले मेचीनगरको मुख्यद्वारमा दुई घण्टा धर्ना दिनुका साथै नाराबाजीसहित नगरपालिका र सम्बन्धित वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका थिए ।
अवैज्ञानिकरूपमा नगरवासीको ढाड सेक्ने गरी नगरपालिकाले गरेको कर वृद्धि तत्काल फिर्ता गरी वैज्ञानिकरूपमा कर निर्धारण गर्न माग गरेका छन् । उनीहरूले आफूहरू कर र विकासविरोधी नभएको तर जनताको सामथ्र्यभन्दा बाहिर गएर जबर्जस्ती ढङ्गले कर वृद्धि गर्ने नगरपालिकाको यो कार्यको विरोध गरिएको बताएका थिए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहदेव रायमाझीलाई उनकै कार्यकक्षमा ध्यानाकर्षण पत्र बुझाउँदै पार्टीका नेता प्रकाश खड्काले यो शान्तिपूर्ण आन्दोलनलाई स्थानीय सरकारले बेवास्ता गरी समयमै उचित सम्बोधन नगरे चरणबद्ध आनदोलनमा जाने चेतावनी दिए ।
Dinesh Poudyal
युबाहरू जोशिला छन यिनिहरूले कामै गरेर देखाउन सक्छन
Shyam Spakota
Kangress yemale ani mawobadi le sanghiyeta liyayeka hun yes kaie karan le sthaniye sarkar le kar badhayeka6n tesaile yesto mahango sanghiyeta nepali janta laie chahiyeko6ain turunta kharej gar 3 wataie pati le
Alok Basnet
Hoina satama bsnako dal ta hasnuparnahoin