संघीय संसद्को दुबै सदनको संयुक्त बैठक बस्दै, यि हुन बैठकका एजेन्डा

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ३, २०७५
|
|
२३ पटक हेरिएको
Shares
संघीय संसद्को दुबै सदनको संयुक्त बैठक बस्दै, यि हुन बैठकका एजेन्डा

सारांश

  • काठमाडौं ३ असार ।
  •   संघीय संसद्को दुबै सदनको संयुक्त बैठक  बस्दैछ ।
  • अाइतबार (अाज) संयुक्त बैठक तथा समिति सञ्चालनको नियमावली पारितका लागि बैठक बस्ने लागेको हो ।

काठमाडौं ३ असार ।  संघीय संसद्को दुबै सदनको संयुक्त बैठक  बस्दैछ ।

अाइतबार (अाज) संयुक्त बैठक तथा समिति सञ्चालनको नियमावली पारितका लागि बैठक बस्ने लागेको हो । यसअघि जेठ २८ गते संयुक्त बैठक आह्वान भए पनि प्रक्रियागत त्रुटि भएको भन्दै अन्तिम समयमा सूचना टाँसेर स्थगित गरिएको थियो ।

संयुक्त बैठक आइतबार (अाज) दिउँसो ४ बजे बस्नेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिस अनुसार संयुक्त बैठक आह्वान गरिसक्नुभएको छ । संविधानको धारा ६६ (२) बमोजिम राष्ट्रपतिले संघीय संसदको दुबै सदनको संयुक्त बैठक गरेकी हुन् ।

संयुक्त बैठक सञ्चालनसम्बन्धी नियमावली नबनेको र कार्यविधि पनि स्पष्ट नभएको अवस्थामा जेठ २८ गते सूचनामार्फत बैठक बोलाइएको थियो । यसअघि अभ्यास गरिएको बैठकबाट सूचना दिने प्रक्रिया समेत नपुगेकाकाले विशेष कारण भन्दै बैठक स्थगित गरिएको थियो तर कार्यविधि स्पष्ट नभएपछि सरकारले संविधानको धारा ९३ को व्यवस्था अनुसार संयुक्त अविधेवेशन आह्वानका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो । मन्त्रिपरिषदको सिफारिस अनुसार बैठक आह्वान भएको हो ।

संयुक्त बैठकमा संयुक्त सदन सञ्चालनको नियमावली पेस हुनेछ । सांसद् कृष्णभक्त पोखरेल सभापति रहेको समितिले तयार पारेको संयुक्त सभा तथा समिति सञ्चालन नियमावली आइतबार नै पारित गर्ने तयारी छ । नियमावली अनुसार संयुक्त सदनका सदस्य प्रतिनिधित्व रहने गरी दुई समिति गठन हुनेछन् । जसमा राज्यका नीति निर्देशक सिद्धान्त कार्यान्वयन तथा अनुगमन समिति रहनेछ । यस्तै, संसदीय सुनुवाइ समितिमा दुबै सदनका सदस्य रहनेछन् । सुनवाइ समितिमा १२ सदस्य प्रतिनिधिसभा र ३ सदस्य राष्ट्रियसभाबाट प्रतिनिधित्व हुनेछ ।

यस्तै, नियमावलीमा संयुक्त बैठक सञ्चालनको कार्यविधि पनि समेटिएको छ । जसमा बैठकको अध्यक्षता लगायतका विषय पनि समेटिएका छन् । यसअघिको अभ्यास अनुसार नै संयुक्त बैठकको अध्यक्षता प्रतिनिधिसभा सभामुखले गर्नेछन् । यस्तै, संयुक्त नियमावलीमा दुबै सदनबाट निक्र्यौल हुनुपर्ने जनमतसंग्रहको प्रक्रिया पनि समेटिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विपन्नलाई राहत वितरण
विपन्नलाई राहत वितरण
मनको इच्छा पुर्याउने कालिञ्चोक भगवती
मनको इच्छा पुर्याउने कालिञ्चोक भगवती
सोमालियाको राजधानी मोगादिशुमा बम आक्रमण कम्तिमा ३० जनाको ज्यान गयो’
सोमालियाको राजधानी मोगादिशुमा बम आक्रमण कम्तिमा ३० जनाको ज्यान गयो’
कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ६० हजार नाघ्यो
कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ६० हजार नाघ्यो
भारतीय प्रेस काउन्सिललाई ध्यानाकर्षण, नेपालका १०० अनलाइनलाई कारबाही
भारतीय प्रेस काउन्सिललाई ध्यानाकर्षण, नेपालका १०० अनलाइनलाई कारबाही
पर्यटन प्रवद्र्धन गर्न काँकरभिट्टा–श्रीअन्तु पदयात्रा
सामाजिक सञ्जालमा समेत निर्वाचन प्रचारप्रसार गर्न रोक: आजैदेखि मौन अवधि सुरु
सामाजिक सञ्जालमा समेत निर्वाचन प्रचारप्रसार गर्न रोक: आजैदेखि मौन अवधि सुरु
नेकपाको सरकारलाई विजयकुमार पाण्डेकाे छि….राणा शासन यता लाजमर्दाे र कालाे घटनाकाे रेकर्ड !
नेकपाको सरकारलाई विजयकुमार पाण्डेकाे छि….राणा शासन यता लाजमर्दाे र कालाे घटनाकाे रेकर्ड !
यसरी हुन्छ नेपालमा सुन तस्करी, १ किलोमा १९ लाखदेखि ३० लाख रुपैयाँसम्म नाफा
एनसेलको बक्यौता रु . ७५ अर्ब,  के गर्ला एनसेलले ?
एनसेलको बक्यौता रु . ७५ अर्ब, के गर्ला एनसेलले ?

तपाईंले छुटाउनुभयो कि?