ढुंगा प्रहारबाट काँग्रेस नेता एनपी साउद घाइते
सारांश
- नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउद ढुंगा प्रहारबाट घाइते भएका छन् ।
- उनीमाथि बैतडीको डिलासैनी गाउँपालिका ३ पनसेरामा आज दिउँसो सभा भइरहँदा ढुंगा प्रहार भएको हो ।
- ढुंगा प्रहारबाट उनको खुट्टामा चोट लागेको छ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउद ढुंगा प्रहारबाट घाइते भएका छन् । उनीमाथि बैतडीको डिलासैनी गाउँपालिका ३ पनसेरामा आज दिउँसो सभा भइरहँदा ढुंगा प्रहार भएको हो । ढुंगा प्रहारबाट उनको खुट्टामा चोट लागेको छ । घटनामा दुईजना काँग्रेस कार्यकर्ता घाइते भएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीको ओली समूहका स्थानीय कार्यकर्ताले साउनमाथि ढुंगो प्रहार गरेको आरोप छ । ओली समूहका कार्यकर्ता मुकेश पालको नेतृत्वमा पुगेको समूहले ढुंगा प्रहार गरेको काँग्रेसले आरोप लगाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया