तपाइँका छोराछोरी एकोहोरो मोवाइल, आइप्याड चलाउँछन! फस्लान नि साइबर कुलतमा !

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ५, २०७४
|
|
३९ पटक हेरिएको
Shares
तपाइँका छोराछोरी एकोहोरो मोवाइल, आइप्याड चलाउँछन! फस्लान नि साइबर कुलतमा !

सारांश

  • काठमाडौं, ५ फागुन – तपाईंको छोराछोरी पढ्न छाडेर कतै एकान्तमा बसेर मोबाइल, आइप्याड तथा ट्याब एकोहोरो चलाइरहेका त छैनन्, त्यसो गरिरहेका छन् भने होसियार, साइबरको कुलतमा फस्लान् ।
  • सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालप्रतिको बढ्दो आकर्षण र इन्टरनेट सुविधाको सुलभ तथा सहज पहुँचका कारण नेपाली बालबालिका तथा महिला साइबरको कुलतबाट नराम्रोसँंग प्रभावित भएको पाइएको छ ।
  •  आजको गोरखापत्र दैनिकमा खबर छ ।

काठमाडौं, ५ फागुन – तपाईंको छोराछोरी पढ्न छाडेर कतै एकान्तमा बसेर मोबाइल, आइप्याड तथा ट्याब एकोहोरो चलाइरहेका त छैनन्, त्यसो गरिरहेका छन् भने होसियार, साइबरको कुलतमा फस्लान् । सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालप्रतिको बढ्दो आकर्षण र इन्टरनेट सुविधाको सुलभ तथा सहज पहुँचका कारण नेपाली बालबालिका तथा महिला साइबरको कुलतबाट नराम्रोसँंग प्रभावित भएको पाइएको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

‘जस्ट से नो’ नामक संस्थाले आयोजना गरेको ‘इन्टरनेट तथा अनलाइनबाट नेपाली बालबालिकामाथि हुने यौन दुव्र्यवहार र देह व्यापार’ विषयक गोष्ठीमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख प्रहरी नायव महानिरीक्षक पुष्कर कार्कीले छोराछोरीको क्रियाकलापप्रति अभिभावक सचेत हुनुपर्ने धारणा राख्नुभयो ।

सूचना प्रविधिको विकासले धेरै कुरालाई सहज तुल्याए पनि यसको दुरूपयोग हुँदा सामाजिक विकृति तथा अपराध बढेको चर्चा गर्दै उहाँले ‘इन्टरनेट र सामाजिक सञ्जाल’ दुरूपयोग गर्ने कार्यबाट बालबालिकाहरूलाई टाढै राख्नुपर्ने सुझाव दिनुभयो ।

साइबर विज्ञ हिमाल ओझाले मोबाइल, आईप्याड र ट्याब लिएर एकान्तमा बस्न मन पराउने नानीबाबुको आनीबानीमा ध्यान दिनुपर्ने बताउनुहुन्छ । इन्टरनेट सुविधा प्रयोग गर्न जाने राम्रै हुन्छ नजाने कुलतमा फसिन्छ भन्दै उहाँले थप्नुभयो, ‘साइबर क्राइम बढ्न नै मुख्य कारण यही हो । ’ नेपाली अभिभावकहरूले स्कुल बढ्दै गरेका छोराछोरीहरूको खुसीका लागि यस्ता आधुनिक उपकरण खरिद गर्नका साथै फेसबुक लगायत विभिन्न सामाजिक सञ्जालमा ‘आइडी’ खोल्न लगाई मनोरञ्जन गराउने गरेको चर्चा गर्दै उहाँले त्यही आईडी जीवनका लागि नै ‘घातक’ हुने गरेको बताउनुभयो ।

इन्टरनेटप्रेमी बालबालिकाहरूलाई साइबर अपराधीहरूले विभिन्न प्रलोभनमा पारी आर्थिक आयआर्जनको आधार बनाउनुका साथै यौन जन्य क्रियकलापमा संलग्न गराउने, देह व्यापार गर्न लगाउने र अपहरण गरी जीवन नै सङ्कटमा पार्ने गरेको जानकारी पनि उहाँले दिनुभयो ।

उहाँले नेपालमा सामाजिक सञ्जाल फेसबुक र इमो लगायत विभिन्न सञ्जालबाट सम्बन्ध बढाउने, बालबालिका तथा महिलालाई आर्थिक प्रलोभन देखाई फकाउने, भेट्न बोलाउने र अन्त्यमा बलात्कार गरी भाग्ने गरेको यथार्थ सुनाउनुभयो ।

बालबालिकाले पनि यस्तै नराम्रा कुराप्रति बढी रुचि राख्ने भएकाले साइबर अपराधीले दुरूपयोग गर्ने गरेको पाइएको छ । यतिसम्म कि व्यक्तिगत स्वार्थपूर्तिका लागि अरुहरूको चरित्र हत्या गर्नेदेखि आर्थिक लाभ लिनसमेत प्रयोग गर्ने गरेको पाइएको छ ।

एक साथीबाट अर्को साथीसँंग सम्बन्ध जोड्न लगाई अश्लील भिडियो खिचेर ‘पोर्नो’ वेभसाइटलाई बिक्री गर्ने, भिडियो सार्वजनिक गरिदिने धम्की दिई रकमको माग गर्ने र यौनजन्य क्रियाकलाप गर्न बाध्य पार्ने गरेको जानकारी दिएको थियो ।

ब्युरो प्रहरीको साइबर पिलरका प्रहरी निरीक्षक प्रमेश विष्टले साइबर अपराधसम्बन्धी नेपालको कानुन पनि कमजोर रहेको बताउनुभयो । साइबर अपराधमा संलग्न व्यक्तिले दिएको चोट नदेखिने भए पनि जीवनका लागि निकै घातक हुन्छ उहाँले थप्नुभयो । ‘अभिभावकहरू सचेत नभइदिँदा बालबालिका साइबर अपराधको शिकारमात्र नभई दुरूपयोग समेत हुने गरेका छन्’, उहाँले भन्नुभयो, ‘साइबर अपराधसम्बन्धी सचेतना फैलाउन आवश्यक छ । अभिभावक बालबालिकाहरूको क्रियाकलापप्रति सजग हुन आवश्यक छ । ’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कैलाली र कञ्चनपुरका सांसदहरु प्रचण्ड निवास पुगे
कैलाली र कञ्चनपुरका सांसदहरु प्रचण्ड निवास पुगे
म ज्यूँदै छु, फेसबुक
म ज्यूँदै छु, फेसबुक
आज ‘क्रिसमस डे’ मनाइँदै, राष्ट्रपति र प्रधानमन्त्रीद्धारा शुभकामना व्यक्त
आज ‘क्रिसमस डे’ मनाइँदै, राष्ट्रपति र प्रधानमन्त्रीद्धारा शुभकामना व्यक्त
पेन्टागन हमलाकाे १७ वर्ष, ३ हजार भन्दा बढी मानिसकाे ज्यान गएकाे त्याे अक्रमण !
पेन्टागन हमलाकाे १७ वर्ष, ३ हजार भन्दा बढी मानिसकाे ज्यान गएकाे त्याे अक्रमण !
पूर्व सैनिक शासक मुसर्रफको पार्थिव शरीर पाकिस्तान ल्याइने
पूर्व सैनिक शासक मुसर्रफको पार्थिव शरीर पाकिस्तान ल्याइने
कांग्रेस नेता गगन थापाले १४ करोड घुस खाएको दुर्गा प्रसाईंको गम्भीर आरोप
कांग्रेस नेता गगन थापाले १४ करोड घुस खाएको दुर्गा प्रसाईंको गम्भीर आरोप
भानुभक्त ढकाल कानुनमन्त्रीमा नियुक्त, पद्माको मन्त्रीमा बढुवा
भानुभक्त ढकाल कानुनमन्त्रीमा नियुक्त, पद्माको मन्त्रीमा बढुवा
सिन्धुलीमा पशु चौपायामा कार्पस भाइरसको सङ्क्रमण
सिन्धुलीमा पशु चौपायामा कार्पस भाइरसको सङ्क्रमण
उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशले लिए शपथ
उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशले लिए शपथ
दसैंमा भिडभाडलाई टीका लगाउँदा प्रधानमन्त्रीलाई संक्रमण
दसैंमा भिडभाडलाई टीका लगाउँदा प्रधानमन्त्रीलाई संक्रमण

तपाईंले छुटाउनुभयो कि?