प्रदेश राजधानीको माग गर्दै सत्तारुढ दल सडकमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २०, २०७४
|
|
४३ पटक हेरिएको
Shares
प्रदेश राजधानीको माग गर्दै सत्तारुढ दल सडकमा

सारांश

  • बुटवल, पुस २० ।
  •  प्रदेश राजधानीको माग गर्दै बुटवलमा सत्तारुढ दल नेपाली कांग्रेस सडकमा उत्रिएको छ ।
  • प्रदेश नम्बर ५ को राजधानी रुपन्देहीमा राख्न माग गर्दै नेपाली कांग्रेस रुपन्देहीले आज रुपन्देहीमा चक्काजाम गरेको हो ।

बुटवल, पुस २० । प्रदेश राजधानीको माग गर्दै बुटवलमा सत्तारुढ दल नेपाली कांग्रेस सडकमा उत्रिएको छ । प्रदेश नम्बर ५ को राजधानी रुपन्देहीमा राख्न माग गर्दै नेपाली कांग्रेस रुपन्देहीले आज रुपन्देहीमा चक्काजाम गरेको हो ।

बिहान ९ बजेदेखि १० बजेसम्म बुटवलको अस्पताललाइन, मणिग्राम चोक र मुर्गियामा चक्काचाम गरेको थियो ।

चक्काजाममा सहभागीले आज बस्ने मन्त्रीपरिषदको बैठकले प्रदेशको राजधानी दाङ घोषणा गरे त्यसलाई कुनै हालतमा नमान्ने चेतावनी दिएका थिए ।

चक्काजामका कारण पूर्व–पश्चिम महेन्द्रराजमार्ग र सिद्धार्थ राजमार्गमा १ घण्टा आवागमन अवरुद्ध भएको थियो ।

सरकारले तत्कालका लागि अस्थायी राजधानी तोक्ने र पछि स्थायी राजधानीका लागि प्रदेशसभाको बहुमतबाट निर्णय हुने भएकाले पनि सबैलाई राजधानीका विषयमा चासो बढेको छ ।

प्रदेश मन्त्रालयको लागि भवन, सडक सन्जाल, अन्तर्रा्ष्ट्रिय बिमानस्थल, गौतमबुद्धको जन्मस्थल लुम्विनी जस्ता कारणले राजधानीकालागि रुपन्देही उपयुक्त हुने उनीहरुको ठहर छ । सरकारले प्रदेश ५ को अस्थायी राजधानी दाङलाई तोक्ने तयारी गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बडादशैमा सिटी सेन्टरको ‘दशै बोनान्जा’
बडादशैमा सिटी सेन्टरको ‘दशै बोनान्जा’
प्रधानमन्त्री ओलीको लिखित जवाफ : मबाट अदालतको अवहेलना भएको भन्ने दाबी नै अनुचित र खारेजभागी छ (पूर्णपाठ)
सार्वजनिक स्थानमा हुने यौनजन्य क्रियाकलापविरुद्ध अभियान शुरु
सार्वजनिक स्थानमा हुने यौनजन्य क्रियाकलापविरुद्ध अभियान शुरु
विश्वकप फुटबल २०१८: यी हुन फ्रान्सले जित्न सक्ने अाधारहरू
विश्वकप फुटबल २०१८: यी हुन फ्रान्सले जित्न सक्ने अाधारहरू
गैडाको खाग तस्करीका नाइके पक्राउ
गैडाको खाग तस्करीका नाइके पक्राउ
पति वियोगको पीडामा विनालाई जितको खुसी, दोब्बर मतान्तरले विजयी !
पति वियोगको पीडामा विनालाई जितको खुसी, दोब्बर मतान्तरले विजयी !
प्रहरीले गोली हानी लुटेरा सदस्यका एक जना पक्राउ गर्यो
प्रहरीले गोली हानी लुटेरा सदस्यका एक जना पक्राउ गर्यो
संसद सचिवालयको खुलसा : प्रधानमन्त्री ओलीविरुद्ध पुस ५ गते ३ः३० बजे अविश्वासको प्रस्ताव दर्ता भएको थियो
संसद सचिवालयको खुलसा : प्रधानमन्त्री ओलीविरुद्ध पुस ५ गते ३ः३० बजे अविश्वासको प्रस्ताव दर्ता भएको थियो
बिस्काः जात्रा विशेष फोटो प्रदर्शनी
बिस्काः जात्रा विशेष फोटो प्रदर्शनी
‘भिजिट मधेश नेपाल–२०२०’ सञ्चालन हुने
‘भिजिट मधेश नेपाल–२०२०’ सञ्चालन हुने