चाडपर्वमा पर्याप्त सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्री थापाको निर्देशन

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ६, २०७६
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ ।
  • गृहमन्त्री रामबहादुर थापाले आगामी दशैँ, तिहार र छठलगायत चाडपर्वमा पर्याप्त सुरक्षा व्यवस्था मिलाउन मातहतका सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।
  •  चाडपर्व लक्षित सुरक्षा योजनाबारे गृह मन्त्रालयमा आज बोलाइएको समीक्षा बैठकमा गृहमन्त्री थापाले जनताले शान्तिपूर्ण र भयरहित वातावरणमा चाडपर्व मनाउन पाएको महसुस गर्ने गरी आवश्यक सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिए।

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले आगामी दशैँ, तिहार र छठलगायत चाडपर्वमा पर्याप्त सुरक्षा व्यवस्था मिलाउन मातहतका सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् । चाडपर्व लक्षित सुरक्षा योजनाबारे गृह मन्त्रालयमा आज बोलाइएको समीक्षा बैठकमा गृहमन्त्री थापाले जनताले शान्तिपूर्ण र भयरहित वातावरणमा चाडपर्व मनाउन पाएको महसुस गर्ने गरी

आवश्यक सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिए। खासगरी चोरी, लुटपाट, कालोबजारीजस्ता घटना हुने भएको हुँदा सोही अनुरुपको सुरक्षा रणनीति बनाउन सुझाव दिँदै मन्त्री थापाले भने, “सडक सुरक्षा तथा तोकिएको भाडादरको कार्यान्वयनबारे कडाइपूर्वक अनुगमन गर्नुस्, सुरक्षा प्रदान गर्ने सवालमा कुनै कसर बाँकी नराख्नुस्।”

गृह मन्त्रालयका सचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, काठमाडौँ, ललितपुर र भक्तपुरका प्रजिअ लगायतका सुरक्षासँग सम्बन्धित अधिकारी उक्त बैठकमा सहभागी थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?