नेपाललाई सिरिजको उपाधी, करण र दीपेन्द्रको अलराउण्ड प्रदर्शन

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २१, २०७८
|
|
१७ पटक हेरिएको
Shares
नेपाललाई सिरिजको उपाधी, करण र दीपेन्द्रको अलराउण्ड प्रदर्शन

सारांश

  • नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० क्रिकेट शृङ्खलाकाे उपाधि जितेकाे छ ।
  • पपुवा न्युगिनी (पीएनजी) लाई ५० रनले हराउँदै नेपालले उपाधि जितेकाे हाे ।
  • नेपालले दिएकाे एक सय ६९ रनकाे लक्ष्य पछ्याएकाे पीएनजी १६ ओभर १ बलमा एक सय १८ रन बनाउँदा अलआउट भयाे ।

नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० क्रिकेट शृङ्खलाकाे उपाधि जितेकाे छ । पपुवा न्युगिनी (पीएनजी) लाई ५० रनले हराउँदै नेपालले उपाधि जितेकाे हाे ।

नेपालले दिएकाे एक सय ६९ रनकाे लक्ष्य पछ्याएकाे पीएनजी १६ ओभर १ बलमा एक सय १८ रन बनाउँदा अलआउट भयाे । पीएनजी लागि सेसे बाउले सर्वाधिक ५९ रन बनाए । बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरीले चार विकेट लिए । चार ओभर बलिङ गरेका दीपेन्द्रले १८ रन दिएर चार विकेट लिए । यस्तै करण केसीले तीन र सन्दीप लामिछानेले दुई विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ६८ रन बनायाे । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक नटआउट ५४ रन बनाए । यस्तै करण केसीले १२ बलमा नटआउट ३३ रन बनाए । त्यस्तै आशिफ खेश २९ र कुशल भुर्तेल २५ रन बनाएर आउट भए । बलिङतर्फ पीएनजीका सेमाे कमियाले तीन विकेट लिए ।

नेपालले समूह चरणमा दुई वटै खेलमा पीएनजीलाई हराएको थियो । चार खेलमा चार जित निकाल्दै शीर्ष स्थानमा रहेर नेपाल फाइनलमा पुगेको हो । पीएनजी भने दुई अङ्कसहित नेट रनरेटका आधारमा मलेसियालाई पछि पार्दै फाइनलमा पुगेकाे हाे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?