‘क्वालिटी इज दि बेस्ट फुड अराउन्ड’को थेममा खुल्यो वार्बल लाउन्ज एण्ड रेष्टुरेन्ट

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक ३०, २०७६
|
|
२४ पटक हेरिएको
Shares
‘क्वालिटी इज दि बेस्ट फुड अराउन्ड’को थेममा खुल्यो वार्बल लाउन्ज एण्ड रेष्टुरेन्ट

सारांश

  • काठमाडौँ ।
  • उपत्यकाको मुटु मानिने माइतीघर चोकमा वार्बल लाउन्ज एण्ड रेष्टुरेन्ट सञ्चालनमा आएको छ ।
  • बेलायत र अष्ट्रेलिया बसेर आएका ६ युवाहरुले उक्त लाउन्ज एण्ड रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।

काठमाडौँ । उपत्यकाको मुटु मानिने माइतीघर चोकमा वार्बल लाउन्ज एण्ड रेष्टुरेन्ट सञ्चालनमा आएको छ । बेलायत र अष्ट्रेलिया बसेर आएका ६ युवाहरुले उक्त लाउन्ज एण्ड रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।

शान्त वातावरणमा रहेको लाउन्ज एण्ड रेष्टुरेन्टमा हरेक दिन फरक–फरक लाइभ व्याण्ड, गिग, मासपसङ्गमा झुल्दै नयाँ–नयाँ परिकार र स्वादमा रम्न सकिने सञ्चालक राजीव बस्नेतले बताए ।

टिपिकल, फ्यामिलियर एन्ड प्रोफेसनल वातावरणको आभास दिने उद्देश्यले लाखौंको लगानीमा लाउन्ज एण्ड रेष्टुरेन्ट खोलिएको बस्नेतको भनाइ छ ।

‘क्वालिटी इज दि बेस्ट फुड अराउन्ड’को थेम लिएर खोलिएको उक्त लाउन्ज सबैको सन्तुष्ट र रोजाइको थलो बन्ने सञ्चालकहरुको बिश्वास रहेको छ ।

उक्त लाउन्जमा मनोरन्जन र स्वादको साथसाथै पुल गेमको पनि मज्जा लिन सकिनेछ । नोभेम्बेर १५ देखि नोभेम्बेर २३ सम्म ओपनिङ सेरोमोनी राखिएको छ । उक्त समयमा राष्ट्रिय ख्यातिप्राप्त कलाकार तथा ब्यान्डको साथमा बसेर स्पेसल डिस्काउन्टको अफरमा रम्न सकिनेछ ।

राजिव बस्नेत, सन्तोष कुमार कार्की, रामचन्द्र गुरुङ, निरज बम मल्ल, राकेश महर्जन तथा बिनोद थापा मगर लाउन्ज एण्ड रेष्टुरेन्टका सञ्चालक हुन् ।

उनीहरुले विदेशमा सिकेका सीप र परिश्रमलाई नेपालमा नै खन्याएर समृद्ध नेपाल तथा सुखी नेपाली बनाउने अभियानमा लागेका हुन् ।

(http://rxreviewz.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?