नेकपाको अल्मलिएको पार्टी समायोजन : के हुन् जटिलता ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १९, २०७५
|
|
५८ पटक हेरिएको
Shares
नेकपाको अल्मलिएको पार्टी समायोजन : के हुन् जटिलता ?

सारांश

  • निर्मल भट्टराई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश, जिल्ला र जनवर्गीय संगठनको समायोजनले अझै पूर्णता पाएको छैन ।
  • केन्द्रीय सचिवालयले तोकेको समयसीमा दुई दुईपटक गुज्रदा पनि समायोजन प्रक्रिया झन झन पर सरिरहेछ ।
  • विम्स्टेकको सम्मेलन, पार्टी अध्यक्ष तथा प्रधानमन्त्री एवं बरिष्ठ नेताहरुको व्यस्ततालाई प्रमुख कारण बताइए पनि समायोजन ढिलाई हुनुमा अन्य कारण पनि त्यत्तिकै बलशाली देखिन्छन् ।

निर्मल भट्टराई

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश, जिल्ला र जनवर्गीय संगठनको समायोजनले अझै पूर्णता पाएको छैन । केन्द्रीय सचिवालयले तोकेको समयसीमा दुई दुईपटक गुज्रदा पनि समायोजन प्रक्रिया झन झन पर सरिरहेछ । विम्स्टेकको सम्मेलन, पार्टी अध्यक्ष तथा प्रधानमन्त्री एवं बरिष्ठ नेताहरुको व्यस्ततालाई प्रमुख कारण बताइए पनि समायोजन ढिलाई हुनुमा अन्य कारण पनि त्यत्तिकै बलशाली देखिन्छन् ।

क) हज्जारौं नेता कार्यकर्ताको व्यवस्थापनको प्रश्न
एकताको घोषणापछि आफ्नो केन्द्रीय कमिटी निर्माण गर्न तत्कालीन एकता संयोजन समितिले लामै समय गुजारेको थियो । ४ सय ४५ जनाको टुङ्गो लगाउन सकस ब्यहोरेको नेकपालाई अहिले एकैपटक करिब ४ हजार नेता कार्यकर्ताको व्यवस्थापन गर्नु पर्दा समय नलाग्ने कुरै भएन । पार्टी एकताको ऐतिहासिक अवसरमा सबैले आफ्नो पदीय हैसियतको खोजी गर्नु नितान्त स्वभाविक हुन जान्छ । तत्कालीन एमाओवादीभित्र तत्कालीन एमालेमा जस्तो प्यानलको आधारमा चुनाव हुने प्रचलन बसी नसकेकोले जिल्ला वा प्रदेशका सिनियर नेता पदीय हैसियतविहीन कोही पनि थिएन । पछिल्लो समयमा तत्कालीन माओवादीले जम्बो केन्द्रीय कमिटीको अभ्यास गरेकोले पनि प्रायः सबैको पदीय हैसियत थियो । तर तत्कालीन एमालेमा प्यानलको आधारमा चुनाव गरिने हुँदा देशैभरि ठूलो संख्यामा नेता कार्यकर्ता पदीय हैसियतविहीन अवस्थामा थिए । दुई पार्टीमा फरक फरक सांगठानिक संरचना भएको कारण तत्कालीन माओवादी केन्द्रको धेरै नेताको पद घटुवा गरेर समायोजन गर्नुछ भने तत्कालीन एमालेमा पद विहीन थुप्रैलाई नयाँ जिम्मेवारी प्रदान गर्नु पर्नेछ । यो सँगसँगै एकता प्रक्रियामा आएका थुप्रै नेता कार्यकर्तालाई पनि यही मेसोमा जिम्मेवारी प्रदान गर्नु पर्नेछ ।

ख)जनवर्गीय संगठनको नाम जुराउने प्रश्न
एकतामा सम्मिलित दुई कम्युनिष्ट पार्टीले विगतमा फरक फरक नामका जनवर्गीय संगठन सञ्चालन गर्दे आएका थिए । तिनीहरुको नाम र नेतृत्वको अन्तिम रुप दिन मिनी पार्टी एकताको कसरत गर्नु पर्ने वाध्यता छ । नेतृत्वको भागबण्डा र उनीहरुले अब प्रयोग गर्ने झण्डा आदिको टुङ्गो लगाउने विषय रातारात टुङ्गिने विषय होइन । धेरै जनवर्गीय संगठन पार्टी निर्माणका “कारखाना” भएकाले पनि तिनीहरुमा नेताहरुको विशेष दिलचस्वी हुनु अस्वभाविक होइन ।

ग) पार्टीभित्रका नेता प्रधान समूहको प्रश्न
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालले “कम्युनिष्ट पार्टी नेता प्रधान होइन, नीति प्रधान हो” भनेका थिए । विडम्वना नै मान्नु पर्दछ, नेपालको कम्युनिष्ट आन्दोलनमा यो भनाई लागू भएन । पार्टीभित्रका अमूक नेतालाई धुरी बनाएर अन्तरसंघर्ष सञ्चालन हुने परम्परा चलेर आयो । तत्कालीन एमाले र माओवादी केन्द्रमा यो चलन सतहमै देखिदै आएको थियो । पार्टी एकतापछि निःसन्देह नयाँ परिस्थिति त उत्पन्न भएको छ तर भूसको आगो फैलिएझैं “नेता प्रधान समूह” बन्ने प्रक्रिया चलिरहेको अनुभूत गर्न सकिन्छ । पार्टी एकताले विगतको समूहबन्दी नष्ट भएको छैन, बरु रुपान्तरणको तीब्र प्रक्रियामा गुज्रेको देखिन्छ । मातहत कमिटीको एकता हुँदै गर्दा शीर्ष नेताले आफ्नो प्रभावको लेखाजोखासहित फुकी फुकी पाइला चाल्ने कार्यले समायोजन प्रक्रियालाई थप लम्ब्याइदिएको छ ।

घ) भावनात्मक एकताको प्रश्न
वैचारिक र सांगठानिक एकतामात्र पार्टी एकताको लागि पर्याप्त छैनन् । पार्टी एकताको लागि भावनात्मक एकता अर्को महत्वपूर्ण आयाम हो । तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रका नेता कार्यकर्ताविच अझै निकै ठूला भावनात्मक खाडलहरु पुरिएका छैनन् । एक अर्काबीच थुप्रै शंका उपशंका बाँकी छन् । तेरो पक्ष र मेरो पक्ष भन्ने घाषित अघोषित अवस्था रहेसम्म साँचो अर्थमा पार्टी एकता भएको मान्न सकिँदैन । वैचारिक र भावनात्मक एकतालाई नजरअन्दाज गरियो भने पूर्व पञ्चहरुको तत्काल पार्टी एकता र तत्काल पार्टी विभाजनको नियति नेकपाले भोग्नु पर्दैन भन्ने ठाउँ छैन । तलदेखि माथिसम्म देखिएको प्रतिशत र नेतृत्वको टकरावले भावनात्मक एकताको प्रश्नलाई ओझेलमा पारिदिएको छ । सबै मिलेर फिल्डमा खट्ने अवस्था सिर्जना नभई भावनात्मक एकता बन्नै सक्दैन ।

र, अन्त्यमा
यावत् जटिलताका बीच शीघ्रातिशीघ्र तृणमूल तहसम्म पार्टी एकतालाई पुराउनुको विकल्प नेकपालाई छैन । पार्टीका सबै तहमा संस्थागत क्रियाकलाप नहुँदा नेकपाले नेतृत्व गरेका तीनै तहका सरकार अपेक्षित प्रभावकारी बन्न सकेका छैनन् । पार्टीले अविलम्ब नियन्त्रण र सन्तुलनको परिपाटी नथाले सरकारहरुमा तदारुकता नआउने मात्र होइन, अराजकता मौलाउने अवस्था समेत विद्यमान छ । “कुकुरले पुच्छर हल्लाउने कि पुच्छरले कुकुर हल्लाउने” भन्ने समस्याबाट पार्टी र सरकारलाई चाँडै मुक्त गरिनु आवश्यक छ ।

(https://firework.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यसरी अतिक्रमणको निसानामा पर्दैछन् स्वयम्भूनाथ, बौद्धनाथ र पशुपतिनाथ
यसरी अतिक्रमणको निसानामा पर्दैछन् स्वयम्भूनाथ, बौद्धनाथ र पशुपतिनाथ
रास्वपाले सार्वजनिक गर्‍यो प्रारम्भिक उमेदवारको सूची, तनहुँमा स्वर्णिम, बारामा रमेश खरेल
रास्वपाले सार्वजनिक गर्‍यो प्रारम्भिक उमेदवारको सूची, तनहुँमा स्वर्णिम, बारामा रमेश खरेल
उपकुलपति प्राडा कोइराला प्रकरणमा सरकारको आयो यस्तो प्रतिक्रिया
उपकुलपति प्राडा कोइराला प्रकरणमा सरकारको आयो यस्तो प्रतिक्रिया
वार्ताका विषयमा अडान लिन बार्ता टोलिलाई गगनको प्रशिक्षण।
वार्ताका विषयमा अडान लिन बार्ता टोलिलाई गगनको प्रशिक्षण।
लोकतन्त्रको विकल्प छैन: अध्यक्ष नेपाल
लोकतन्त्रको विकल्प छैन: अध्यक्ष नेपाल
दश वर्षीया बालिकाको सात किलोको ट्युमर झिकियो
दश वर्षीया बालिकाको सात किलोको ट्युमर झिकियो
नेवारहरुकाे सबैभन्दा ठूलाे चाड मोहनी नखः सम्पन्न !
नेवारहरुकाे सबैभन्दा ठूलाे चाड मोहनी नखः सम्पन्न !
संवेदनशील ठाउँमै प्रियंकाको कपडा च्यातिएपछि..
संवेदनशील ठाउँमै प्रियंकाको कपडा च्यातिएपछि..
संशोधन प्रस्ताव कुनैपनि हालतमा पारित हुन दिन्नौं, संसद अवरुद्धदेखि अरु जेपनि गर्न सक्छौं : पोखरेल
संशोधन प्रस्ताव कुनैपनि हालतमा पारित हुन दिन्नौं, संसद अवरुद्धदेखि अरु जेपनि गर्न सक्छौं : पोखरेल
Rajinikanth and Akshay Kumar starrer ‘2.0’ release date announced!
Rajinikanth and Akshay Kumar starrer ‘2.0’ release date announced!