गुप्तचरको रणमैदान बन्दै नेपाल : चिनियाँ गुप्तचर अघिअघि ‘रअ’ पछिपछि !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २२, २०७५
|
|
३८ पटक हेरिएको
Shares
गुप्तचरको रणमैदान बन्दै नेपाल : चिनियाँ गुप्तचर अघिअघि ‘रअ’ पछिपछि !

सारांश

  • काठमाडौं, २२ जेठ  ।
  •   पछिल्लो केही वर्षको तुलनामा नेपालमा चिनियाँ गतिबिधि बढ्दै गएको एक अध्ययनले देखाएको छ ।
  • केही बर्षदेखि बिशेषगरी २००८ को बेइजिङ ओलम्पिकको बेलामा नेपामा रहेका तिब्बती शरणार्थीहरूले आन्दोलन गर्नुका साथै सन् २००८ को मई १४ मा तिब्बतको राजधानी ल्हासामा दंगा भड्किदा सयौंको ज्यान गएको थियो ।

काठमाडौं, २२ जेठ  ।  पछिल्लो केही वर्षको तुलनामा नेपालमा चिनियाँ गतिबिधि बढ्दै गएको एक अध्ययनले देखाएको छ ।

केही बर्षदेखि बिशेषगरी २००८ को बेइजिङ ओलम्पिकको बेलामा नेपामा रहेका तिब्बती शरणार्थीहरूले आन्दोलन गर्नुका साथै सन् २००८ को मई १४ मा तिब्बतको राजधानी ल्हासामा दंगा भड्किदा सयौंको ज्यान गएको थियो । सो दंगामा नेपालबाट तिब्बती शरणार्थीको समेत घुसपैठ भएको देखिएको थियो ।

त्यसपछि चीनले नयाँ रणनीतिका साथ नेपालमा हुने चीन बिरोधी गतिबिधि र नेपाल रहेर चीन सम्बन्धी सूचना संकलन गर्ने बिभिन्न देशका जासुसी संयन्त्र बिशेष गरी भारतीय जासुसी सस्था ‘रअ’ र अमेरिकी जासुसी सस्था सिआईएको गतिबिधिको सूचना सकलन गर्नाका लागि चीन सरकार सबैभन्दा शाक्तिशाली जासुसी सयन्त्र गुप्तचरी निकाय  एमएसएसका अधिकारीहरूलाई नेपाल र नेपाली सिमानाहरूमा ब्यापक मात्रामा परिचालन गरेको स्रोतको दावी छ ।

भारतसंग पछिल्लो पटक भएको डोकलाम विवादपछि त नेपालमा चीनको गतिबिधि झनै बढ्दै गएको देखिएको छ । चीनको गुप्तचर निकाय मिनिस्ट्री अफ स्टेट सेफ्टी (एमएसएस) को स्थापना सन् १९८३ मा भएको हो । यसको काम काउन्टर इन्टेलिजेन्स अपरेशन र विदेशी गुप्तचर निकायको गप्तचरी गर्नु पनि हो ।

नेपालमा बिभिन्न किसिमका छद्मभेषमा काठमाडांैको ठमेल, दरबारमार्ग, बौद्धलगायतका क्षेत्रमा हाल सयौंको संख्यामा चिनियाँ जासुसहरू काम गरिरहेको स्रँेतको दावी छ भने तिनका सयांै नेपाली एजेन्टहरूले समेत काम गरिरहेको र नेपालस्थित भारतीय जासुस संस्था ‘रअ’ का एजेन्टहरू चाहिं चिनिया गुप्तचरको पछिपछि कुद्दै हैरान भएका छन् ।

बिदेशी जासुसहरूको क्रिडास्थल नेपालमा भारत, चीन र अमेरिकालगायतका गुप्तचर निकायका हजारौं एजेन्टहरूले गुप्तचरी गरिरहेको जगजाहेर बिषय हो । नेपालमा विदेशीमाथि निगरानी गर्ने निकाय प्रभावकारी नहुँदा बिदेशी जासुसी गतिबिधि बढेको सुरक्षाविद्हरू टिप्पणी गर्दछन् । बिदेशी गुप्तचर अधिकारीहरू र तिनका एजेन्टहरू नेपालमा बसेर दक्षिण एसियाकै सूचना संकलन गरिरहेका हुन्छन् । त्यस्ता निकायको नेपालमा कडाई नहुँदा बिदेशी गुप्तचरहरूले नेपाललाई गुप्तचरीको उर्भरभूमि देखेका छन् ।

दक्षिण दक्षिण एसिया हेर्नेगरी नेपालमा सबैभन्दा ठूलो राजदूताबास बनाएको अमेरिकाले नेपालस्थित राजदूताबासबाट दक्षिण एसियाकै सूचना संकलनदेखि सूचना विश्लेषणको काम गर्ने गरेको दावी गरिन्छ । भारत र अमेरिकी गुप्तचर अधिकारीहरूले नेपालमा खुलमखुला गतिबिधि गर्दै आएका छन् । नेपालको राजनीतिक गतिबिधिमा समेत चासो दिने गरेका छन् । सरकार बनाउने गिराउने र पार्टीहरू फुटाउने र जुटाउने खेलमा समेत संलग्न भएको कयौं पटक खुलासा भैसकेको छ ।

विश्वका टपटेन गुप्तचर निकायहरू

संसारका हरेक देशमा नागरिक, विभिन्न दस्तावेज र गुप्तचरी कुराहरूको सुरक्षाको जिम्मेवारी एक छुट्टै निकायले गोप्य तरिकाले गरिरहेको हुन्छ । यस्ता एजेन्सीका काम गर्नेहरूको तरिका आम नागरिकहरूले सजिलै थाहा पाउँदैनन् । यसको परिचालन, गोपनीयता, हस्तक्षेप, उपलब्धिलगायतलाई आधार मानेर यिनीहरूको शक्ति मापन गर्न सकिन्छ । यहाँ यस्तै ९ शक्तिशाली गुप्तचर निकायहरूको चर्चा यसरी गर्ने गरिन्छ ।

१.‘रअ’ रिसर्च एण्ड एनालाईसिस विंग (RAW) को स्थापना सन् १९६८ मा भएको हो । यसको मुख्यालय भारतको नयाँदिल्लीमा रहेको छ । ‘रअ’ विदेश मामिला, अपराध, आतंककारी गतिविधिका बारेमा जानकारी राख्छ । भारतमा इन्टेलिजेन्स ब्युरो (आइबी) ले देशको सुरक्षाको क्षेत्रमा काम गर्छ । यी दुवै एजेन्सी मिलेर कहिलेकाही आतंकवादी गतिविधिलाई विफल बनाइदिन्छन् । कहिलेकाही नेपालमा पनि ‘रअ’ को खुलेआम हस्तक्षेप रहेको कुरा चर्चामा आउने गर्छ ।

२.आइएसआईः इन्टर सर्भिस इन्टेलिजेन्स (आइएसआई) पाकिस्तानको गुप्तचर निकाय हो । यसको स्थापना सन् १९४८ मा भभएको हो । अमेरिकी क्राइम रिपोर्टअनुसार आइएसआई संसारकै शक्तिशाली गुप्तचर निकाय पनि हो । पछिल्लो समयमा आइएसआईमाथि आतंककारी गतिविधिलाई सहयोग गरिरहेको आरोप लाग्ने गरेको छ । यसको मुख्यालय इस्लामावादमा रहेको छ ।

३.सीआईएः सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआइए) अमेरिकाको बहुचर्चित गुप्तचर निकाय हो । यसको स्थापना सन् १९४७ मा तत्कालीन राष्ट्रपति हेरी ए ट्रुमेनले गरेका हुन् । यसको मुख्यालय वासिंटन भर्जिनियामा रहेको छ । सीआईए चार भागमा बाँडिएको छ । सन् २०१३ मा वासिङ्टन पोष्टले छापेको एक समाचारमा सीआइएलाई संसारकै सबैभन्दा धनी गुप्तचर निकायको रुपमा उल्लेख गरिएको थियो । साईबर अपराध, आतंकवाद नियन्त्रणसहित देशको सुरक्षाको क्षेत्रमा सीआईए क्रियाशील रहेको छ ।

४.एमआई सिक्सः मिलिट्री इन्टेलिजेन्स सेक्सन–६ (एमआई–६) बेलायतको गुप्तचर निकाय हो । संसारकै सबैभन्दा पुरानो गुप्तचर निकायको रुपमा रहेको एमआई–६ को स्थापना सन् १९०९ मा भएको हो । ज्वाइन्ट इन्टेलिजेन्स, डिफेन्स, सरकारका साथै सूचनाका क्षेत्रमा यसले काम गर्छ ।

५. एमएसएसः चीनको गुप्तचर निकाय एजेन्सी मिनिस्ट्री अफ स्टेट सेफ्टी (एमएसएस) को स्थापना १९८३ मा भएको हो । यसको काम काउन्टर इन्टेलिजेन्स अपरेशन र विदेशी गुप्तचर निकायको गप्तचरी गर्नु पनि हो ।

६.बी एण्ड डी : जर्मनीको गुप्तचर निकाय द्यगलमभकलबअजचष्अजतभलमष्भलकत को स्थापना सन् १९५६ मा भएको हो । यसलाई संसारकै सबैभन्दा राम्रो र प्रविधियुक्त एजेन्सी मानिन्छ । यसको मुख्यालय म्युनिखर पुलाचमा रहेको छ ।

७.ए एस आई एसः अस्ट्रेलियन सेक्रेट इन्टेलिजेन्स सर्भिस (एएसआइएस) अस्ट्रेलियाको गुप्तचर निकाय हो । यसको स्थापना १३ मे १९५२ मा भएको हो । यसको मुख्यालय क्यानबरामा रहेको छ । एएसआईएसको तुलना अमेरिकाको सीआइए र बेलायतको एमआई–६ सँग गरिन्छ ।

८.एफ एस बीः फेडरल सेक्युरिटी सर्भिस (एफएसबी) रुसको गुप्तचर निकाय हो । यसको स्थापना १२ अप्रिल १९९५ मा भएको हो । यसको मुख्यालय मस्कोमा रहेको छ । गुप्तचरीसँगै यसले सीमासँग जोडिएका विषयमा समेत गहिरो नजर राख्ने गर्छ ।

९.एम ओ एस एस एडीः इजरायलको गुप्तचर निकाय एमओएसएसएडी संसारकै राम्रो गुप्तचर निकायको रुपमा मानिन्छ । यसको स्थापना सन् १९४९ मा भएको हो । यसले आतंककारी गतिविधि नियन्त्रणका साथै गोप्य अपरेशन चलाउने गर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिव गाउँलेलाई पितृ र रामेश्वर कार्कीलाई पुत्रशोक
शिव गाउँलेलाई पितृ र रामेश्वर कार्कीलाई पुत्रशोक
एकीकरणकै कारण मुलुक विश्वका पुराना स्वतन्त्र राष्ट्रमा पर्छ: पूर्वराष्ट्रपति भण्डारी
एकीकरणकै कारण मुलुक विश्वका पुराना स्वतन्त्र राष्ट्रमा पर्छ: पूर्वराष्ट्रपति भण्डारी
‘समृद्धिको यात्रा अघि बढिसकेको छ,:प्रधानमन्त्री केपी शर्मा ओली
पेन्टागन हमलाकाे १७ वर्ष, ३ हजार भन्दा बढी मानिसकाे ज्यान गएकाे त्याे अक्रमण !
पेन्टागन हमलाकाे १७ वर्ष, ३ हजार भन्दा बढी मानिसकाे ज्यान गएकाे त्याे अक्रमण !
ढाकाटोपीमा ‘माेदी रणनिती’  गाेर्खाहरूकाे समाधान ‘बोलेर होइन काम गरेर देखाउने वचन’
ढाकाटोपीमा ‘माेदी रणनिती’ गाेर्खाहरूकाे समाधान ‘बोलेर होइन काम गरेर देखाउने वचन’
मन्त्री व्यवस्थापनमा सत्ता गठबन्धनलाई सकस, चाहिने २५, आकांक्षी तेब्बरभन्दा बढी
मन्त्री व्यवस्थापनमा सत्ता गठबन्धनलाई सकस, चाहिने २५, आकांक्षी तेब्बरभन्दा बढी
मुलुकका प्रायः सबै जिल्लाको तापक्रम उच्च सतर्कताको तहभन्दा माथि
मुलुकका प्रायः सबै जिल्लाको तापक्रम उच्च सतर्कताको तहभन्दा माथि
बजेटमा कहिलेसम्म राख्ने कार्यान्वयन नहुने अमूर्त शब्द ?
माओवादी केन्द्रका चार महिला निर्विरोध निर्वाचित !
माओवादी केन्द्रका चार महिला निर्विरोध निर्वाचित !
यी हुन् बेलामा काम नसक्ने ठेकेदार
यी हुन् बेलामा काम नसक्ने ठेकेदार