सिन्धुपाल्चोकको चुनाव र मन्त्री बस्नेतको ‘ह्याकुलो’
सारांश
- आइतबार नारा जुलुससहित उमेदवार मनोनय दर्ता गर्न सदरमुकाम चौतारा आइपुगेका कांग्रेस उमेदवार एवम सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले टुँडीखेलमा आयोजित संक्षिप्त कोणसभालाई सम्बोधन गर्दै भने- ‘हेर्नुहोस त हाम्रा उमेदवार र कार्यकर्ताहरुका हृयाकुला कत्रा छन्, अब बामपन्थीका छिचिमिराहरुले धेरै निहुँ खोजे भने सबैलाई हृयाकुलाले पेल्नुपर्छ, थिच्नु पर्छ ।
- ’ सँगै मन्त्रीले यसो पनि भने- चुनाव भनेको युद्ध हो, युद्धमा सबै हिसाबले ‘फिट’ हुनुपर्छ, कम्युनिष्टहरुले धेरै ‘स्याङस्याङ’ गरे भने हामी खेल्न पनि तयार हुनुपर्छ र तपाईहरु त्यसका लागि तयारी हालतमा बस्नुहोला ।
- ’ बहालवाल मन्त्री, त्यसमाथि पनि सरकारका प्रवत्ता समेत रहेका व्यक्तिले सार्वजनिक कार्यक्रममै यस्तो अभिव्यक्ति दिएपछि योपटकको चुनाव शान्तिपूर्वक हुनेमा सिन्धुपाल्चोकमा आशंका सुरु भएको छ ।
आइतबार नारा जुलुससहित उमेदवार मनोनय दर्ता गर्न सदरमुकाम चौतारा आइपुगेका कांग्रेस उमेदवार एवम सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले टुँडीखेलमा आयोजित संक्षिप्त कोणसभालाई सम्बोधन गर्दै भने- ‘हेर्नुहोस त हाम्रा उमेदवार र कार्यकर्ताहरुका हृयाकुला कत्रा छन्, अब बामपन्थीका छिचिमिराहरुले धेरै निहुँ खोजे भने सबैलाई हृयाकुलाले पेल्नुपर्छ, थिच्नु पर्छ ।’
सँगै मन्त्रीले यसो पनि भने- चुनाव भनेको युद्ध हो, युद्धमा सबै हिसाबले ‘फिट’ हुनुपर्छ, कम्युनिष्टहरुले धेरै ‘स्याङस्याङ’ गरे भने हामी खेल्न पनि तयार हुनुपर्छ र तपाईहरु त्यसका लागि तयारी हालतमा बस्नुहोला ।’
बहालवाल मन्त्री, त्यसमाथि पनि सरकारका प्रवत्ता समेत रहेका व्यक्तिले सार्वजनिक कार्यक्रममै यस्तो अभिव्यक्ति दिएपछि योपटकको चुनाव शान्तिपूर्वक हुनेमा सिन्धुपाल्चोकमा आशंका सुरु भएको छ ।
मन्त्री बस्नेतको यो भनाइलाई दुई कोणबाट विश्लेषण गर्न सकिन्छः
पहिलो कोणः मोहनबहादुर बस्नेतको राजनीतिमा सधै एउटा विशेषता छ, त्यो हो उनी गुण्डागर्दीलाई प्रश्रय दिन्छन्, गुण्डागर्दीबिना राजनीतिक दाउपेचमा विजय हासिल गर्न सक्दैनन् । र, त्यसैको आडमा सबैलाई ‘पेलेरै’ अगाडि जान सकिन्छ भन्ने उनको मानसिकता छ ।
बस्नेत सुरुदेखि नै यो मामिलामा केही अगाडि देखिएका छन् र यसमा उनले केही सफलता पनि पाएका देखिन्छन् । त्यसैले यो पटकको चुनावमा विशेष गरी एमाले र माओवादीको भोटबैंकका रुपमा रहेका पकेट क्षेत्रमा आक्रामक रणनीति बनाएर अगाडि बढ्ने र गुण्डागर्दीका भरमा चुनाव जित्ने बस्नेतको योजना हुन सक्छ ।

बामपन्थी शक्तिहरुवीच तालमेल भएकाले चुनाव जित्न समस्या हुने देखेका बस्नेतले पहिलो रणनीति अन्तरगत ब्यापक युवा परिचालन गरेर बामपन्थी शक्तिको दोहोलो काड्ने रणनीति अपनाउन खोजेको हुनसक्छ । यसैलाई मलजल गर्नका लागि बस्नेतले मनोनयन दर्ताकै दिन त्यस्तो अभिव्यक्ति दिएका हुन सक्छन् ।
दोस्रो कोणः निर्वाचनमा युवा शक्ति महत्वपूर्ण नै हुने गर्छ त्यसैले पनि बस्नेतले यो निर्वाचनमा सम्पूर्ण युवा शक्तिलाई परिचालन गर्नेछन् र युवामार्फत चुनावी माहौल सिर्जना गरेर गठबन्धनलाई ‘हायलकायल’ पार्ने अर्काे रणनीति बनाएको हुन सक्छ ।
सुरुदेखि नै आक्रमक रुपमा चुनावमा प्रस्तुत हुने र अन्तिम चरणमा आएर केही नरम हुने रणनीति अनुसार पनि बस्नेतको यो अभिव्यक्ति आएको हुन सक्छ ।
मन्त्री बस्नेतको अभिव्यक्तिलाई बामपन्थी शक्तिले र त्यसका उमेदवारहरुले कसरी बुझेका छन् ? उनीहरुको रणनीति कस्तो हुन्छ ? यो चुनावी कार्यक्षेत्रमा नै देखिएला, तर ०७० को संविधान सभा निर्वाचनलाई हेर्दा एमाले उमेदवार अरुण नेपालको सवारी साधनमाथि नै चुनावकै अघिल्लो दिन आक्रमण गर्नु र त्यही कारणले बस्नेतले थोरे मतले चुनाव जित्ने एउटा आधार बन्नुले पनि बस्नेत योपटक ‘गौतम बुद्ध’ भएर चुनावमा निस्कने सम्भावना निकै कम देखिएको छ ।
बस्नेतनिकटस्थ र उनका अघिपछि हिँड्ने केही युवाहरुको अभिव्यक्ति पनि त्यस्तै रहेको छ कि यो चुनाव जीवन मरणको सवाल भएकाले बस्नेतले आफ्ना कार्यकर्ताहरुलाई समेत आक्रामक अभिव्यक्ति दिएर उत्तेजित बनाउने अभियान सुरु गरिसकेका छन् ।
स्थानीय चुनावको नतिजा हेर्ने हो भने काँग्रेस उमेदवार बस्नेतलाई यो चुनाव जित्नका लागि धेरै चुनौती छ । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा रहेका सात स्थानीय तहमध्ये सुनकोशी गाउँपालिका मात्रै कांग्रेसले जितेको छ, अरु स्थानीय तह बाम गठबन्धनले जितेका छन् ।
मत थोरै देखिए पनि राजनीतिको शक्तिमा पुग्नका लागि चुनाव जित्नुपर्छ भन्ने बस्नेतले राम्रोसँग बुझेका छन् । त्यसैले यो पटक चुनाव हारेमा बस्नेत ५ वर्षका लागि ‘ब्याक’ हुनुपर्ने छ । ‘पावरमा’ नहुँदा के हुन्छ, त्यो बस्नेतले राम्रोसँग बुझेका छन् त्यसकारण पनि बस्नेतले विशेषतः चुनाव जित्ने केही योजना बनाएका हुन सक्छन् ।
फकाउने, गलाउने, आर्थिक प्रलोभनमा पार्ने, अनि त्यति गर्दा पनि भएन भने भौतिकरुपमा नै आक्रमण गर्ने समेत बस्नेतको चुनावी रणनीति छ भन्ने कुरा उनको सुरुकै अभिव्यक्तिले संकेत गरेको छ ।
र, यो रणनीतिमा बस्नेत केही सफल पनि देखिएका छन् । उनले सदरमुकामको कोणसभामा नै भनेका छन् कि चुनाव जित्न साम, दाम सबै चाहिन्छ ।
शायद यही कारण बस्नेतले बामपन्थीहरु एक भएपछि सिन्धुपाल्चोकमा चुनाव जित्नका लागि क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा विष्णु खत्री र २ मा राजेन्द्रकुमार श्रेष्ठलाई जसरी भएपनि उमेद्वार बनाउनुपर्छ भनेर कांग्रेस केन्द्रमा ठूलै दबाव सिर्जना गरे । र, यसमा उनी सफल पनि भए ।
कांग्रेसमा लामो समय क्रियाशील नेताहरुलाई नल्याएर एकाएक व्यापारिक पृष्ठभूमिका मानिसलाई प्रदेशसभामा उमेदवार बनाउने काम गरिएको छ । यसको मुख्य कारण यही हो कि दुवैले आ-आफ्नो प्रदेशमा आर्थिकरुपमा राम्रोसँग ‘होल्ड’ गर्न सके भने त्यसले चुनाव जित्न सजिलो हुने बस्नेतको बुझाइ छ ।
गत स्थानीय चुनावमा पनि बस्नेतले सिन्धुपाल्चोकमा यही प्रयोग गरेका थिए । पैसाकै कारण आफ्ना मतदाताहरु र अन्य दलका कार्यकर्ताहरुलाई ‘होल्ड’ गर्न सकिन्छ भन्ने मानसिकताले स्थानीय चुनावमा बस्नेतले त्यही अनुसार टिकट वितरण गरेका थिए ।
व्यापारी व्यवसायीले राम्रै पैसा खर्च गर्छन् । उनीहरुसँग युवाहरु आकषिर्त गर्न सकिन्छ भन्ने मान्यताले पनि बस्नेतले खत्री र श्रेष्ठलाई चुनावी मैदानमा खडा गरेका हुन सक्छन् ।
तर, बस्नेतको यो रणनीति पनि पुरै रुपमा भने सफल नहुन सक्छ किनभने उनले यसको प्रयोग स्थानीय चुनाव आफ्नै गृह नगरपालिका बाह्रविसेमा प्रयोग गरेका थिए । बाह्रविसे नगरपालिकाको चुनावमा उनले सबै हतकण्डा प्रयोग गरेकै हुन् नगरपालिकाको चुनावमा मात्रै कांग्रेसले ३ करेाड बढी खर्च गरेको स्वम कांग्रेस नेता कार्यकर्ताहरुको भनाइ छ । तर, त्यो चुनावमा कांग्रेसले जति खर्च गरे पनि चुनाव आफ्नो पक्षमा पार्न सकेनन् ।
आउँदो चुनावमा पनि बस्नेतले आफ्नो भएभरको सबै शक्ति प्रयोग गर्नेछन् । सरकारको वहालवाल मन्त्री, त्यसमाथि पनि सरकारको प्रवत्ता भएका कारण उनले राज्य सत्ताको चरम प्रयोग गर्ने छन् नै ।
अर्काेतर्फ निर्वाचन दुई चरणमा भएकाले पनि बस्नेतलाई यसको फाइदा छ । किनभने काभ्रे, भक्तपुर, काठमाडांैलगायतका जिल्लामा रहेका युवाहरुलाई समेत बस्नेतले सिन्धुपाल्चोक केन्दि्रत गर्न सक्ने सम्भावना पनि छ ।
हुन त बामपन्थी शक्तिभित्र पनि बस्नेतलाई राम्रोसँग फेस गर्न सक्ने थुप्रै नेता कार्यकर्ताहरु छन् । जस्तो-क्षेत्र नम्बर १ मा चुनावी रणनीतिमा खप्पिस एमाले नेता सरेश नेपाल, माओवादी नेता माधव सापकोटा, सरल सहयात्री पौडेल, होमनारयण श्रेष्ठ, निमफुञ्जो शेर्पा लगायत थुपै नेताहरु र त्यतिकै संख्यामा कार्यकर्ताहरु पनि छन् ।
तर हेर्न बाँकी छ दुवै शक्तिको यो जीवनमरणको लडाइमा को कसरी प्रस्तुत हुन्छन् ।
माहनबहादुर बस्नेतले कम्युनष्टिहरुलाई ह्याकुलोले थिच्ने भनेता पनि उनका प्रतिद्वन्दी एवं वाम गठबन्धनका उम्मदेवार अग्नि सापकोटाले बस्नेतलाई जवाफी हमला गरेका छैनन् ।
Shiva Shrestha
Ate samma lekhna why
Ramesh Khanal
राॅगो या बोका खसी भयको भय पो ह्याकुलाको मासुको काम आउछ।साॅडेको के काम?
Dilli Dhungana
बहालवाल मन्त्री, त्यसमाथि पनि सरकारका प्रवत्ता समेत रहेका व्यक्तिले सार्वजनिक कार्यक्रममै यस्तो अभिव्यक्ति दिएपछि योपटकको चुनाव शान्तिपूर्वक हुनेमा सिन्धुपाल्चोकमा आशंका सुरु भएको छ ।
Dipen Thapa
Patrakar kati chahiyo paisa
Madhav Prasad Timalsina
काँग्रेस को लोकतन्त्र !
Shambhu Acharya
पहिले गुन्डागर्दी गरेरै जितेको हो तर यसपाली त जतिसुकै गूण्डागर्दी गरे पनि जित्ने चान्स छैन
अम्बर बहादुर थापा
यो के बाम गठबन्धन को new ho
Danga Dhoj Khoyahang Subba
गृह, संचार र प्रवक्ताको जिम्मेवारी लिएका व्यक्तिको बोली शोभनीय भएन ।