साेमपाल र टिम दुवै टपमा, रन र विकेट कसकाे कति ?
सारांश
- काठमाडौँ, १३ कात्तिक ।
- पोखरामा जारी पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगितामा राष्ट्रिय टोलिका कप्तान पारस खड्काको नेतृत्व रहेका टोलि चितवन राइनोज अंक तालिकाको पुछारमा रहेको छ ।
- भने बुटवल ब्लास्टर्स शिर्ष स्थानमा छ ।

काठमाडौँ, १३ कात्तिक । पोखरामा जारी पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगितामा राष्ट्रिय टोलिका कप्तान पारस खड्काको नेतृत्व रहेका टोलि चितवन राइनोज अंक तालिकाको पुछारमा रहेको छ । भने बुटवल ब्लास्टर्स शिर्ष स्थानमा छ । बुटवलको कप्तानी सोमपालले सम्हालिरहेका छन् ।
अंकतालिकाः
प्रतियोगितामा दुवै खेल जितेको बुटवल शिर्ष स्थानमा छ भने चितवन दुवै खेल हारेर अन्तिममा छ ।
सर्वाधिन रन
प्रतियोगितामा सर्वाधिक रन बनाउनेकाे सूचीमा गाैरव ताेमार पहिलाे नम्बरमा रहेका छन् । उनले मात्र २ खेलबाट १ सय ६१ रन बनाएका छन् । त्यस्तै ३ खेलबाट १ सय २० रन बनाएका रवि इन्दर सिँह दाेस्राे स्थानमा छन् । शिर्ष ५ मा नेपालका दिपेन्द्र सिँह एेरी मात्र रहेका छन् । धनगढी ब्लुजका कप्तान दिपेन्द्र २ खेलबाट ८३ रन बनाउँदै चाैँथाे स्थानमा छन् ।
सर्वाधिक विकेटः

प्रतियाेगितामा साेमपाल कामीले सबैभन्दा धेरै ६ विकेट लिएका छन् । बुटवल ब्लास्टर्सका कप्तान साेमपालले मात्र २ खेलमा ६ विकेट लिएका हुन् । त्यस्तै दाेस्राे स्थानमा अर्का फास्ट बलर करण केसी रहेका छन् । उनकाे नाममा २ खेलबाट ५ विकेट रहेकाे छ । सर्वाधिक विकेट लिने शिर्ष १० खेलाडीकाे सूचीमा ९ जना नेपाली खेलाडी रहेका छन् भने स्टार बलर सन्दिप ३ खेलबाट ४ विकेट सहित नवाैँ स्थानमा रहेकाछन् ।
बेस्ट इकाेनाेमीः

ठूलाे जितः 
प्रतिक्रिया