माधव कुमार नेपाल पक्षका दुई जना नेता मन्त्री पाे !

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २८, २०७५
|
|
१९ पटक हेरिएको
Shares
माधव कुमार नेपाल पक्षका दुई जना नेता मन्त्री पाे !

सारांश

  • काठमाडौं, २८ असोज ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले तिहारलगत्तै पार्टीका बरिष्ठ नेता माधव कुमार नेपाल पक्षका दुई जना नेतालाई मन्त्री बनाउने तयारी गरेका छन् ।
  • यस विषयमा प्रधानमन्त्री ओली र नेता नेपालबीच आन्तरिक सहमति समेत भैसकेको छ ।

काठमाडौं, २८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले तिहारलगत्तै पार्टीका बरिष्ठ नेता माधव कुमार नेपाल पक्षका दुई जना नेतालाई मन्त्री बनाउने तयारी गरेका छन् । यस विषयमा प्रधानमन्त्री ओली र नेता नेपालबीच आन्तरिक सहमति समेत भैसकेको छ ।अहिले भएका दुई जना मन्त्रीलाई हटाएर नेपाल पक्षका दुई जनालाई मन्त्री बनाउने ओलीको चाहना छ । यसअघिपनि मन्त्रीमण्डल पूर्नगठन गर्नेबारे नेकपाभित्र छलफल चलेकै थियो । तर, विविध कारणले हुन सकेको थिएन । अब भने तिहारलगत्तै ओलीले अहिलेका मन्त्रीहरुमध्येबाट दुई जनालाई विदा गर्ने मनशाय बनाएका छन् ।

ओलीले विदा गर्ने मन्त्रीहरुको नाम भने अहिले नै तय भएको छैन । ओली निकट विशेष सुत्रले दिएको जानकारी अनुसार केही मन्त्रीहरुको क्रियाकलापबाट ओली सन्तुष्ट छैनन् । गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उद्योगमन्त्री माृतका यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, पर्यटनमन्त्री रवीन्द्र अधिकारी र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक थममाया थापासँग प्रधानमन्त्री सन्तुष्ट छैनन् ।

माधव पक्षबाट मन्त्री बन्नेमा स्थायी समिति सदस्य योगेश भट्टराई, घनश्याम भुषाल र सोम प्रसाद पाण्डेलगायतका नेताहरुको चर्चा चलेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?