आठौँ राष्ट्रिय खेलकूद : तेक्वान्दो र कराँतेमा विभागीय टोलीको जीत

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ९, २०७६
|
|
४८ पटक हेरिएको
Shares
आठौँ राष्ट्रिय खेलकूद : तेक्वान्दो र कराँतेमा विभागीय टोलीको जीत

सारांश

  • काठमाडौँ।
  •   प्रदेश नंं ५ मा जारी आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत तेक्वान्दो र कराँतेमा विभागीय टोलीले जीत निकालेका छन्।
  • आइतबार साँझसम्म सम्पन्न १२ खेलमध्ये तेक्वान्दो र कराँतेमा विभागीय टोलीकै दबदबा कायम रहेको छ।
काठमाडौँ।  प्रदेश नंं ५ मा जारी आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत तेक्वान्दो र कराँतेमा विभागीय टोलीले जीत निकालेका छन्। आइतबार साँझसम्म सम्पन्न १२ खेलमध्ये तेक्वान्दो र कराँतेमा विभागीय टोलीकै दबदबा कायम रहेको छ।
राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत भैरहवामा जारी तेक्वान्दो खेलमा स्पाइरिङ विधामा आठ स्वर्ण पदकको टुङगो लाग्दा सबै आठवटै स्वर्ण पदक विभागीय टोलीले जित्न सफल भएका छन्। नेपाली सेनाले चार, नेपाल पुलिस र एपिएफले दुई÷दुई  स्वर्ण पदक जित्न सफल भएका छन्।
पुरुष ६३ केजीमुनिमा नेपाल पुलिसका वीरबहादर महराले स्वर्ण, नेपाली सेनाका मोहन तामाङले रजत र प्रदेश २ का जेकी यादव र कर्णाली प्रदेशका दिपक शाहीले कास्य जितेका छन्। त्यसैगरी पुरुषकै ७४ केजी तौलमुनि नेपाली सेनाका निशान श्रेष्ठले स्वर्ण, एपिएफका निरज देउजाले रजत र पुलिसका निश्चलमान श्रेष्ठ र प्रदेश १ का नेत्रबहादुर कार्कीले कास्य प्राप्त गरेका छन्।
पुरुष ८७ केजी तौल नेपाल आर्मीका भुपेन श्रेष्ठले स्वर्ण, नेपाल पुलिसका दिनेश हमालले रजत र सुदूरपश्चिम प्रदेशका ओमजङ्ग सिंह र प्रदेश २ का अमितकुमार सिंहले कास्य पदक जितेका छन्। त्यस्तै पुरुषकै ८० केजी तौल समूह मुनि नेपाली सेनाका सक्षम कार्कीले स्वर्ण,  नेपाल पुलिसका किरण सितेकु र  प्रदेश ३ का विष्णु तामाङले कास्य पदक प्राप्त गरेका छन्।
महिलातर्फ ५७ केजी तौल समूहमुनि एपिएफकी गीता विष्टले स्वर्ण, नेपाल पुलिसकी सुष्मा श्रेष्ठले रजत र प्रदेश ३ की सुस्मिता मोक्तान र प्रदेश २ की शुभेक्षा राईले कास्य पदक जितेका छन्। महिलाकै ६२ केजी तौलमुनि एपिएफकी सङ्गीता बस्यालले स्वर्ण, प्रदेश २ की शिवानी श्रेष्ठले रजत र नेपाली सेनाकी मुस्कान कार्की र नेपाल पुलिसकी कञ्चन थापाले कास्य पदक जितेका छन्।
त्यसैगरी ६७ केजी मुनितर्फ नेपाली सेनाकी नम्रता तुलाधरले स्वर्ण,  पुलिसकी सीता तामाङले रजत र प्रदेश ५ की रामरती थारु र गण्डकी प्रदेशकी ममता गर्बुजाले कास्य पदक प्राप्त गरेका छन्। महिलाकै ७३ केजी तौलमुनिमा नेपाल पुलीसकी सुमित्रा केसीले स्वर्ण, एपिएफकी अप्सरा कार्कीले रजत र कर्णाली प्रदेशकी इला केसी एवम् नेपाली सेनाकी प्रतिज्ञा भण्डारीले कास्य पदक जितेका छन्।
करातेतर्फ आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत दाङको तुलसीपुरमा जारी कराते प्रतियोगिता महिला ४२ केजी कुमुतेतर्फ एपिएफकी जीया कार्कीले स्वर्ण पदक हात पारेकी छन्। त्यस्तै नेपाली सेनाकी कुसुम खड्काले रजत जित्दा प्रदेश नं २ की मीरा योञ्जन र प्रदेश नं ७ की वर्षा साउदले रजत पदक हात पार्न सफल भएका छन्।
त्यस्तै ५० केजी महिला कुमुतेतर्फ नेपाली सेनाकी मिस्ली श्रेष्ठले स्वर्ण जितिन्। एपिएफकी अनु अधिकारीले रजत जित्दा प्रदेश नं २ की एलिसा तामाङ र प्रदेश नं ३ की सविना श्रेष्ठले रजत जिते । त्यस्तै ५० केजी पुरुष कुमुतेतर्फ नेपाल प्रहरीका सोनाम लामाले स्वर्ण जिते। त्यस्तै एपिएफका वीरबहादुर तामाङले रजत जित्दा प्रदेश नं ३ का साजन मोक्तान र नेपाली सेनाका विश्व खत्रीले कास्य पदक हात जितेका छन्।
प्रतियोगिताअन्तर्गत हालसम्म १८ वटा खेलहरु टेबलटेनिस, ट्रायथलन, कुस्ती, फेन्सिङ, साइक्लिङ, स्क्वास, जुडो, कबड्डी, फुल कन्ट्याक्ट कराते, बास्केटबल, गल्फ, बुद्धिचाल, लनटेनिस, हक्की, शारीरिक सुगठन, ब्याडमिन्टन र आर्चरीका खेलहरु सम्पन्न भइसेका छन्। प्रतियोगितामा समावेश गरिएका ३५ मध्ये अब १७ वटा खेलको नजिता आउन बाँकी रहेका छन्। रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?