निर्वाचन आचारसंहिता उल्लंघन नगर्न आयोगको आग्रह

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १७, २०७८
|
|
२५ पटक हेरिएको
Shares
निर्वाचन आचारसंहिता उल्लंघन नगर्न आयोगको आग्रह

सारांश

  • निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आयोगलाई जाँच्नका लागि निर्वाचन आचारसंहिता उल्लंघन गर्ने काम नगर्न आग्रह गरेका छन् ।
  • उनले सामाजिक सञ्जालमा दिइने ‘हेट स्पिच’ पनि आयोगले निगरानी गरिरहेकाले ख्याल गर्न आग्रह गरे ।
  • निर्वाचन आयोग र नेपाल कानुन समाजले आज बिहिबार गरेको कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आचारसंहिता कार्यान्वयनमा ख्याल गर्न आग्रह गरेका हुन् ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आयोगलाई जाँच्नका लागि निर्वाचन आचारसंहिता उल्लंघन गर्ने काम नगर्न आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमा दिइने ‘हेट स्पिच’ पनि आयोगले निगरानी गरिरहेकाले ख्याल गर्न आग्रह गरे । निर्वाचन आयोग र नेपाल कानुन समाजले आज बिहिबार गरेको कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आचारसंहिता कार्यान्वयनमा ख्याल गर्न आग्रह गरेका हुन् ।

सामाजिक सञ्जालमा निर्वाचनसम्बन्धी गतिविधि गर्दा र अभिव्यक्ति दिँदा ध्यान दिनसमेत उनले दलहरुको ध्यानाकर्षण गराए । स्थानीय निर्वाचनमा सामाजिक सञ्जालको दुरुपयोग हुनसक्ने तथा राजनीतिक दलका नेताहरूले दिने अभिव्यक्तिले आचारसंहिता उल्लंघन गर्ने होकि भन्नेमा आयोग सतर्क रहेको थपलियाको भनाइ छ ।

निर्वाचनका क्रममा सामाजिक सञ्जालमा आचारसंहिता अनुगमन गर्नका लागि आयोगको नेतृत्वमा गृहमन्त्रालय, नेपाल प्रहरी, दूरसञ्चार प्राधिकरणका प्रतिनिधि र विज्ञहरू संलग्न रहेको टोली गठन गरिएको उनले बताए । कानूनविज्ञ, राजनीतिक दलका प्रतिनिधि र सार्वजनिक आह्वान गरेर निर्वाचन आचारसंहिता तयार पारिएको भन्दै थपलियाले त्यसको पालना गर्न राजनीतिक दलका प्रतिनिधिलाई आग्रह गरे ।

आचारसंहिता तयार पार्ने बेलामा सत्तामा रहेकाले खुकुलो खोज्ने र प्रतिपक्षमा रहेकाले कडाई बनाउने खोज्ने भन्दै उनले राजनीतिक दलहरूले आफ्नो सहभागितामा तयार भएको आचारसंहिता कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?