मौद्रिक नीति अर्को साता : विग मर्जरमा राष्ट्रबैंक अझै अन्यौल

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १८, २०७५
|
|
२१ पटक हेरिएको
Shares
मौद्रिक नीति अर्को साता : विग मर्जरमा राष्ट्रबैंक अझै अन्यौल

सारांश

  • काठमाडौं ।
  • आगामी आर्थिक वर्षको मौद्रिक नीति असारको तेस्रो सातामा आउने भनिए पनि राष्ट्रबैंकको आन्तरिक तयारीमा ढिलाईका कारण चौथो साता आउने भएको छ ।
  • स्थानीय तहको बजेट धमाधम आइरहेको र सोही बजेटको पनि अध्ययन गर्नुपर्ने भएकाले चौथो साता धकेलिएको राष्ट्र बैंकका प्रवक्ता नरायण पौडेलले जानकारी दिए ।

काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीति असारको तेस्रो सातामा आउने भनिए पनि राष्ट्रबैंकको आन्तरिक तयारीमा ढिलाईका कारण चौथो साता आउने भएको छ । स्थानीय तहको बजेट धमाधम आइरहेको र सोही बजेटको पनि अध्ययन गर्नुपर्ने भएकाले चौथो साता धकेलिएको राष्ट्र बैंकका प्रवक्ता नरायण पौडेलले जानकारी दिए ।

 

तेस्रो साता नै सार्वजनिक गर्ने तयारी भएकोमा आन्तरिक तयारीका कारण केहि दिन पछि असारको चौथो साता सार्वजनिक गर्ने उनले शिखर न्युजलाई बताए । मोद्रिक नीतिको विषयमा पछिल्ला दिनहरुमा विभिन्न अड्कलबाजीहरु आईरहेका छन् ।

 

मौद्रिक नीतिको तयारीको काम अन्तिम रुपमा पुगेको जनाएको छ । केन्द्रिय बैकका अनुसार सरकारले लिएको ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य र मुद्रास्फिती साढे ६ प्रतिशत राख्ने गरी मौद्रिक नीतिका नीति तथा कार्यक्रम आउने समेत जनाईएको छ ।

 

कस्तो आउदै मौद्रिक नीति
नेपाल राष्ट्र बैकले मौद्रिक निति मार्फत वित्तिय क्षेत्रको सुधार र विकासका लागि विभिन्न निति नियमहरु परिमार्जन गर्दै थप नयाँ नियमहरु ल्याउने तयारी गरेको बुझिएको छ । मौद्रिक नीति आउनै लाग्दा बैंकिङ क्षेत्रमा विभिन्न अडकलबाजी र अपेक्षाहरु पछिल्लो पटक व्याजदर निति, पुजीँ बृद्धि र बिग मर्जरले बैंकिङ क्षेत्रमा निकै चर्चा पाएको छ ।

नेपालको वित्तिय बजारमा विगत केही समययता धेरै असन्तुलनको अवस्था र्सिजना भएको छ । बैकिङ्ग क्षेत्रमा रहेको असन्तुलनका कारण मुलुकको अर्थतन्त्र प्रभावित छ । वित्तिय क्षेत्रको नियमनकारी निकाय नेपाल राष्ट्र बैकले वित्तिय सुशासन र विकासका लागी आगमी आर्थिक बर्ष २०७५÷०७६को मौद्रिक निति सार्वजनिक गर्ने क्रममा यससंग सम्बन्धीत विभिन्न सरोकार राख्ने संद्य संस्था तथा व्यक्तिहरुमा मौद्रिक निति कस्तो सार्वजनिक होला भन्ने कुराको अड्कलवाजी पछिल्ला दिनहरुमा बढ्दो छ ।

 

आर्थिक बर्ष २०७५÷७६ को बजेट वक्तव्यमा वित्तिय क्षेत्र संग सम्बन्धीत रहेर धेरै कार्यक्रमहरु सार्वजनिक गरिसकेको छ । मौद्रिक नितिको पर्खाईमा रहेका वित्तिय बजारमा पछिल्लो समय बिग मर्जरले चर्चा पाएको छ । अर्थमन्त्रालयबाट शुरु भएको बिग मर्जरको चर्चा राष्ट्र बैकको संचालक समितिमा मौद्रिक नितिमा समावेश गर्ने नगर्ने भन्ने बिषयमा छलफल भइरहेको नेपाल राष्ट्र बैकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए ।

 

विगत तिन बर्ष अगाडी मात्र पुजीँ बृद्धिका योजना संगै मर्जर प्रकृया शुरु भएको हुदाँ अबको मौद्रिक नितिले पुजीँ वृद्धि र मर्जरलाई समावेश नगर्ने अनुमान नेपाल राष्ट्र बैकका प्रवक्ता पौडेलको भनाई छ ।

 

नेपालको अर्थतन्त्रको आकार अनुसार बैंकहरूको संख्या धेरै भएको तथा ठूला परियोजनामा लगानी गर्नका निम्ति समस्या भएको भन्दै वाणिज्य बैंकहरूबीच बिग मर्जरको व्यवस्थालाई मौद्रिक नीतिले समेट्नुपर्ने आवाज उठेका कारण बैंकिङ क्षेत्रमा चर्चाको विषय बन्दै आईरहेको छ । पछिल्लो समय बाणिज्य बैकहरुमा रहेको ब्याजदरको उतार चढावका कारण मुलुकको अर्थतन्त्र नै तरङ्गगीत छ ।

 

वित्तिय बजारमा रहेको व्याजदरको समस्या समाधानका लागी बैकहरुले केन्द्रिय बैक संग तरलता प्रशोचन गर्ने माग गरिरहेका छन् । मौद्रिक नितिमा बैकस् संघले ब्याजदरमा स्थायित्व कायम गर्ने नेपाल सरकारका विकास निमार्ण कामहरु समय मै पुरा गरि पुजीँ परिचालन गर्ने र सिसिडि रेसियोमा सहजताको व्यवस्था गरिदिन राष्ट्र बैकलाई सुझाव यस अघि नै दिईसकेको नेपाल बैकर्स संघका अध्यक्ष, ज्ञानेन्द्र डुङ्गानाले बताए ।

 

त्यस्तै, डेभलपमेन्ट बैकर्स संघका अध्यक्ष, गोविन्द प्रसाद ढकालले संघिय संरचनामा वित्तिय क्षेत्रको स्थायित्व र सुशासनका लागि नेपाल राष्ट्र बैकले मौद्रिक नितिमा वित्तिय क्षमताको आधारमा कार्यक्षेत्रको विभाजन गर्नु पर्ने बताए । विकास बैकहरु बाणिज्य बैक जति नै सक्षम भईसकेको हुनाले विकास बैकहरुलाई पनि संद्यिय संरचनामा प्रथमिकता दिन आवस्यक रहेको
अध्यक्ष ढकालको भनाई छ ।

 

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति केहिदिन भित्रै ल्याउने तयारी गरिररहेको छ । बजेट कार्यान्वयनका सन्दर्भमा नै मौद्रिक नीति आउने हो । बजेटमा समावेश भएका धेरै कुरालाई पुर्णता दिने र वित्तिय स्थायित्व कायम गर्ने मौद्रिक नीतिको अपेक्षा सबैमा रहेको छ । आगामी आर्थिक बर्षको मौद्रिक नीति गत वर्षको चालु आर्थिक बर्षको मोद्रिक नीतिको तुलनामा सार्वजनिक गर्नेमा केन्द्रिय बैकले ढिलाई गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?