बारमा प्रगतिशील समूहका उम्मेदवारको अग्रता
सारांश
- काठमाडौँ ।
- कानुन व्यवसायीको छाता संगठन नेपाल बार एशोसिएसनको चुनावको मतगणनामा प्रगतिशील, समूहका उम्मेदवारले अग्रता लिएका छन्।
- झापा, इलाम र विराटनगरको मतगणना सकिँदा अध्यक्षमा प्रगतिशिल समूहका चण्डेश्वर श्रेष्ठले १ सय ९६ र लोकतान्त्रिक समूहका सुनिल पोख्रेलले १ सय ९ मत पाएका छन्।
काठमाडौँ । कानुन व्यवसायीको छाता संगठन नेपाल बार एशोसिएसनको चुनावको मतगणनामा प्रगतिशील, समूहका उम्मेदवारले अग्रता लिएका छन्।
झापा, इलाम र विराटनगरको मतगणना सकिँदा अध्यक्षमा प्रगतिशिल समूहका चण्डेश्वर श्रेष्ठले १ सय ९६ र लोकतान्त्रिक समूहका सुनिल पोख्रेलले १ सय ९ मत पाएका छन्।
अहिलेसम्म तीन सय ५ मत गनिसकिएको र मंगलबार ९ बजेदेखि फेरी गणना सुरु हुने निर्वाचन समितिका सदस्य शिव रिजालले जानकारी दिए। सबै मत गनिसक्न अझै ४ दिन जति लाग्ने उनले बताए।
२५ औं केन्द्रीय कार्यसमितिका लागि गएको शनिबार भएको मतदानमा देशभरका आठ हजार ३ सय २९ जनाले मतदान गरेका थिए।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया