तिन सयमा विहे सकेकाे नाटककाे यसरी भयाे प्रदाफाश !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १९, २०७५
|
|
४९ पटक हेरिएको
Shares
तिन सयमा विहे सकेकाे नाटककाे यसरी भयाे प्रदाफाश !

सारांश

  • काठमाडौं, १९ भदाै ।
  •   शिक्षा अभियन्ताका रूपमा कहलिएका ४१ वर्षे उञ्जेलले बिहेमा ३ सय रुपैयाँ खर्च गरे भनेर सबैको आँखा छारो हाल्ने प्रयास गरिरहेका थिए ।
  •  यद्यपि, उनले गरेको झुटको खेती २४ घन्टा पनि टिक्न सकेन् ।

काठमाडौं, १९ भदाै ।  शिक्षा अभियन्ताका रूपमा कहलिएका ४१ वर्षे उञ्जेलले बिहेमा ३ सय रुपैयाँ खर्च गरे भनेर सबैको आँखा छारो हाल्ने प्रयास गरिरहेका थिए । यद्यपि, उनले गरेको झुटको खेती २४ घन्टा पनि टिक्न सकेन् ।यता, नेपालको सामाजिक परिवेशमा आदर्श व्यक्तिका रूपमा कहिलिएका व्यावसायी, कलाकार र पत्रकार नौलो प्रयोगमा आफू सामेल हुन पाएकोमा निकै दंग थिए ।

तर, एकाएक सञ्जेलले पर्दा पछाडि धुमधामको विहे गरेको समाचार सार्वजनिक भएपछि समस्यामा परेका छन् ।  पशुपति क्षेत्रको गुहेश्वरीमा ३ सयको विवाह गर्दै सञ्जेलले उदाहरणीय काम गरेको भन्दै व्यवसायी महतो, महजोडी र वरिष्ठ पत्रकारले तारिफमा कुनै कन्जुस्याँई गरेका थिएनन् । सञ्जेलले आफूसँगै काम गर्दै आएकी कला अधिकारीसँग विहे गरेका थिए ।

सय रुपैयाँ पढ्न पाइने अभियान चलाएका सञ्जेलले बिहेमा पनि जम्माजम्मी ३ सय रुपैयाँ खर्च गरे भनेर ढ्याङ्गो पिटाएका थिए । उनको योजना अनुरूपमा विशिष्ट व्यक्ति पनि सामेल भएकाले समाचार निकै भाइरल पनि बन्यो । केही समयका लागि सञ्जेलको योजनालाई प्रमुख समाचार बनाइयाे ।

यद्यपि, पर्दा पछाडि सञ्जेलको धुमधामको विहे गरेको तथ्य सोमबार बेलुका नै सार्वजनिक भयो ।  सञ्जेल र उनको दुलही कला जग्गेमा बसेर पुनः विहे गरेको फोटो सामाजिक सञ्जालबाट बाहिरियो । त्यससँगै यसअघि उनको अभियानमा सामेल भएका प्रतिष्ठित व्यक्तित्व सहजै ‘मुर्घा’ बन्न बाध्य भए ।  होमसहितको जग्गेमा छेउमा लिंगो राखिएको थियो । र, बिहेमा दुवैले माला फेरेका छन् । हिन्दु संस्कार अनुरूप पण्ठितले नै बिहे गरिदिएका छन् । तस्बीरमा पण्डितले दुलही कलालाई केही सिकाउँदै थिए । जुन तस्बीरले सञ्जेलको झुट पर्दाफास भयो । एकपटक फेरी सञ्जेलको बिहे भाइरल बन्यो । तर, यसपटकको समाचार उनको योजनामा थिएन ।

उनको चाह विपरीत फोटो बाहिरियो । यसअघि पहिलो विहेमा सञ्जेल टिसर्ट, पाइन्ट र चप्पलमा थिए भने दुलही कला अधिकारीले पनि कुर्था सुरुवाल लगाएकी थिइन् ।  सञ्जेलले २ सय रुपैयाँको माला, ७५ रुपैयाँको पोते र २५ रुपैयाँको सिन्दुर किनेको भनेर समाचार सार्वजनिक गरेका थिए ।

सञ्जेलले भने ‘आफ्नो संस्कृतिलाई पनि मिचिहाल्न सकिँदैन रहेछ ।’ सञ्जेलले दाबी गरेका छन् ‘तर, यो विहे चाँही होइन् । चानचुन पैसा बाँकी थियो । त्यसैमा ‘पूजापाठ, शान्ति स्वस्ति गर्यौ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Ravin Chaudhary

    300रुपैयाँ मात्र हैन 30000रुपैयाँ भन्नु पर्छ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?