तिब्बतमा प्रधामन्त्री प्रचण्ड र सिपिसीका सचिव वाङबीच भेटवार्ता

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १०, २०८०
|
|
५१ पटक हेरिएको
Shares
तिब्बतमा प्रधामन्त्री प्रचण्ड र सिपिसीका सचिव वाङबीच भेटवार्ता

सारांश

  • ल्हासा ।
  • चीनको औपचारिक भ्रमणका क्रममा ल्हासामा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको स्वशासित क्षेत्र तिब्बतमा चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत पार्टी कमिटीका सचिव वाङ सियाङसँग भेटवार्ता गरेका हुन् ।
  • भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन भ्रमण अत्यन्त उत्साहजनक रहेको बताउँदै सचिव वाङ सियाङलाई चीन सरकारले नेपाल–चीन सम्बन्धका लागि इन्चार्जको जिम्मेवारी दिएकाले सियाङको नेतृत्वमा भएका नेपाल–चीन सम्बन्धलाई थप उचाइमा पु¥याउन महत्त्वपूर्ण योगदान पुगेको बताए ।

ल्हासा । चीनको औपचारिक भ्रमणका क्रममा ल्हासामा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको स्वशासित क्षेत्र तिब्बतमा चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत पार्टी कमिटीका सचिव वाङ सियाङसँग भेटवार्ता गरेका हुन् ।

भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन भ्रमण अत्यन्त उत्साहजनक रहेको बताउँदै सचिव वाङ सियाङलाई चीन सरकारले नेपाल–चीन सम्बन्धका लागि इन्चार्जको जिम्मेवारी दिएकाले सियाङको नेतृत्वमा भएका नेपाल–चीन सम्बन्धलाई थप उचाइमा पु¥याउन महत्त्वपूर्ण योगदान पुगेको बताए । उनले नेपाल र चीनबीचका द्विपक्षीय हितका लागि हरेक क्षेत्रमा सहकार्य गर्न नेपाल सरकार तयार रहेको पनि बताए ।

भेटवार्तामा सचिव सियाङले प्रधानमन्त्री प्रचण्डको चीन तथा तिब्बत भ्रमणबाट आफू धेरै खुसी भएको बताउँदै नेपालसँगको सम्बन्धलाई अझ उचाइमा पु¥याउन आफू अझ सक्रिय रहने बताए । भेटवार्तामा प्रधानमन्त्रीको भ्रमण दलमा रहेका सदस्यहरु सहभागी थिए । प्रधानमन्त्रीको सम्मानमा सचिव सियाङले आजै यहाँ रात्रिभोजको आयोजना गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?