मध्यम अवस्थामा १० दिन भित्रमा सक्रिय कोरोना संक्रमितको संख्या ३९ हजार पुग्ने

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २५, २०७७
|
|
३५ पटक हेरिएको
Shares

सारांश

  • नेपालमा कोरोनाभाइरसको सङ्क्रमण पूर्वानुमानभन्दा सीमित संख्यामा मात्रै फैलिएको छ।
  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमणका बीच केही साताअघि अत्यन्तै खराब र मध्यम अवस्थामा सङ्क्रमितको सङ्ख्या पूर्वानुमान गरेको थियो ।
  • मन्त्रालयले ‘इपी मोडलिङ ’ इपीडेमिक प्रेडिक्शनबाट उक्त अनुमान गरेको हो ।

नेपालमा कोरोनाभाइरसको सङ्क्रमण पूर्वानुमानभन्दा सीमित संख्यामा मात्रै फैलिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमणका बीच केही साताअघि अत्यन्तै खराब र मध्यम अवस्थामा सङ्क्रमितको सङ्ख्या पूर्वानुमान गरेको थियो ।

मन्त्रालयले ‘इपी मोडलिङ ’ इपीडेमिक प्रेडिक्शनबाट उक्त अनुमान गरेको हो । सङ्क्रमण युद्ध स्तरमा फैलिए साउन २५ सम्म नेपालमा सक्रिय सङ्क्रमित ९१ हजार पुग्ने अनुमान गरिएको थियो । तर हाल सक्रिय सङक्रमितको सङ्ख्या छ हजार ६३० दर्ता गरिएको छ ।

मध्यम अवस्थामा भदौ २ गतेसम्म सक्रिय सङ्क्रमित ३९ हजार पुग्ने अनुमान गरिएको छ । मन्त्रालयका प्रवक्ता डा। गौतमले दुवै अवस्थाको तुलना गर्दा नेपाल सन्तोषजनक अवस्था रहेको बताउनुभयो । नागरिक सहयोग, प्रतिकार्यात्मक कार्यले सङ्क्रमित हुने अनुमानभन्दा सीमित रहेको उहाँले बताउनुभयो ।
नेपालमा पछिल्लो दश दिनमा करिब तीन हजार पाँच सय सङ्क्रमितको पुष्टि भएको छ । कुल सङ्क्रमित हुनेको सङ्ख्या २२ हजार २१४ पुगेको छ । सक्रिय सङ्क्रमित छ हजार ६३० छन् । सङ्क्रमितको मृत्युदर वृद्धि भएको छ । हाल प्रतिदशलाख सङ्क्रमितका शून्य दशमलव तीन प्रतिशत कायम गरिएको छ ।

सङ्क्रमित खोज्न एक हजार ७५ टोली

नेपालमा कोरोनाभाइरसका सङ्क्रमित खोज्न एक हजार ७५ वटा टोली परिचालन गरिएको छ । उक्त टोलीमा चिकित्सकसहित स्वयंसेवीहरू छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गाउँपालिकामा एक, नगरपालिकामा दुई, उपमहानगरपालिकामा तीन र महानगरपालिकामा पाँच वटा टोली बनाइएको छ ।

उक्त टोलीले सङ्क्रमितको सम्पर्कमा आएकाको ‘ट्रयास’ गर्दैछन् । यसरी ट्रयास गरिएको आशङ्कितलाई क्वारेन्टिनमा राख्ने र परीक्षणका लागि टोलीले सघाउँदैआएको छ । मन्त्रालयका अनुसार प्रत्येक टोलीमा तीन जना छन् । जसअनुसार कोरोना सङ्क्रमितको सम्पर्कमा आउनेको खोजबिन गर्न नै तीन हजार दुई सयभन्दा बढी स्वास्थ्यकर्मी परिचालन गरिएको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?