चन्द्रागिरि सिर्जना यात्रामा प्रधानमन्त्री

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ३१, २०७५
|
|
४९ पटक हेरिएको
Shares
चन्द्रागिरि सिर्जना यात्रामा प्रधानमन्त्री

सारांश

  • काठमाडौँ, ३१ असार ,आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय बृहत् हिमवत्खण्ड कला साहित्य सम्मिलन–२०७५ अन्तर्गत आज चन्द्रागिरि सिर्जना यात्रामा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत स्वदेश र विदेशका साहित्यकारहरु सिर्जनामा जुट्नुभएको छ ।
  • प्रधानमन्त्री ओलीले आफ्नो एक साहित्यिक सिर्जनासमेत गरी कार्यक्रममा प्रस्तुत गर्ने तयारी गर्नुभएको छ भने सहभागी स्रष्टाहरुले स्थलगत अवलोकनपछि साहित्य सिर्जना गर्नुहुनेछ ।
  • प्रधानमन्त्री ओलीले कार्यक्रममा सङ्क्षिप्त शुभकामना मन्तव्य व्यक्त गर्दै समृद्ध नेपालका लागि हरेकले कर्मीमौरी झैँ काम गरेर देश बनाउनुपर्नेमा जोड दिनुभयो ।

काठमाडौँ, ३१ असार ,आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय बृहत् हिमवत्खण्ड कला साहित्य सम्मिलन–२०७५ अन्तर्गत आज चन्द्रागिरि सिर्जना यात्रामा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत स्वदेश र विदेशका साहित्यकारहरु सिर्जनामा जुट्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आफ्नो एक साहित्यिक सिर्जनासमेत गरी कार्यक्रममा प्रस्तुत गर्ने तयारी गर्नुभएको छ भने सहभागी स्रष्टाहरुले स्थलगत अवलोकनपछि साहित्य सिर्जना गर्नुहुनेछ ।

प्रधानमन्त्री ओलीले कार्यक्रममा सङ्क्षिप्त शुभकामना मन्तव्य व्यक्त गर्दै समृद्ध नेपालका लागि हरेकले कर्मीमौरी झैँ काम गरेर देश बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाल वास्तवमा गरीब नभएको र बलजफ्ती गरीब बनाइएकाले अब समृद्धिको यात्रामा लाग्नुपर्दछ भन्नुभयो ।

चन्द्रागिरिलाई पहिल्यै पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा त्यसो हुन नसके तापनि अब पर्यटकीय गन्तव्य बनेको प्रधानमन्त्रीले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भालेश्वर मन्दिरको दर्शन गर्नुका साथै पृथ्वीनारायण शाहको शालीकमा माल्यार्पण गर्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ताेकिएभन्दा यती थाेरै तलब पाउछन् सेक्युरिटी गार्ड
द सुपर मममा पराजित हुनेले लगाएका सबै आरोप झुट हुन् : पुजना प्रधान (भिडियोसहित)
द सुपर मममा पराजित हुनेले लगाएका सबै आरोप झुट हुन् : पुजना प्रधान (भिडियोसहित)
उपसभामुखद्वारा पार्टी सदस्यताबाट राजीनामा
उपसभामुखद्वारा पार्टी सदस्यताबाट राजीनामा
उम्मेदवार सिफारिसमा डडेलधुरामा कांग्रेसको दुई गुट, देउवा भने दुबै गुटबाट सिफारिस
उम्मेदवार सिफारिसमा डडेलधुरामा कांग्रेसको दुई गुट, देउवा भने दुबै गुटबाट सिफारिस
This ‘Class Photo’ of Saif Ali Khan and Kareena Kapoor with Taimur in his school is adorable!
This ‘Class Photo’ of Saif Ali Khan and Kareena Kapoor with Taimur in his school is adorable!
दोहोरो भूमिकामा प्रश्नः पत्रकार कि प्रेस सल्लाहकार ?
दोहोरो भूमिकामा प्रश्नः पत्रकार कि प्रेस सल्लाहकार ?
३ महिना भित्र नेकपाको प्रदेश, जिल्ला र स्थानीय कमिटी बन्ने, खाका यस्तो बन्यो
३ महिना भित्र नेकपाको प्रदेश, जिल्ला र स्थानीय कमिटी बन्ने, खाका यस्तो बन्यो
नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध
नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध
उम्मेवदारी फिर्ता नभएका ठाउँमा पनि निर्वाचनमा तालमेल गर्ने गठबन्धनको निर्णय
उम्मेवदारी फिर्ता नभएका ठाउँमा पनि निर्वाचनमा तालमेल गर्ने गठबन्धनको निर्णय
कांग्रेसभित्र एक्लिँदै देउवा, छाेड्दैछन यी नेताहरुले साथ !
कांग्रेसभित्र एक्लिँदै देउवा, छाेड्दैछन यी नेताहरुले साथ !