तीन महिलाको हत्या गर्नेलार्इ प्रहरीले पहिचानसमेत पत्ता लगाउन सकेन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २८, २०७४
|
|
५५ पटक हेरिएको
Shares
तीन महिलाको हत्या गर्नेलार्इ प्रहरीले पहिचानसमेत पत्ता लगाउन सकेन

सारांश

  • खोटाङ, पुस २७ ।
  • तीन महिलाको शृङ्खलाबद्ध हत्या भएको लामो समय बित्दासमेत खोटाङमा हत्या गर्ने दोषी पत्ता लाग्न सकेको छैन ।
  • २०७३ साल माघ २६ गते बुधबार बीभत्स अवस्थामा मृत फेला परेकी खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीया रीता तामाङ, २०७४ साल जेठ १६ गते हत्या गरिएकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीया ज्ञानीमायाँ विश्वकर्मा र २०७४ साल साउन ४ गते हत्या गरिएकी जन्तेढुङ्गा गाउँपालिका–६, दिप्लुङकी ३७ वर्षीया देवी विश्वकर्माको हत्यामा संलग्न दोषी अहिलेसम्म पत्ता लाग्न नसकेको हो ।

खोटाङ, पुस २७ । तीन महिलाको शृङ्खलाबद्ध हत्या भएको लामो समय बित्दासमेत खोटाङमा हत्या गर्ने दोषी पत्ता लाग्न सकेको छैन । २०७३ साल माघ २६ गते बुधबार बीभत्स अवस्थामा मृत फेला परेकी खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीया रीता तामाङ, २०७४ साल जेठ १६ गते हत्या गरिएकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीया ज्ञानीमायाँ विश्वकर्मा र २०७४ साल साउन ४ गते हत्या गरिएकी जन्तेढुङ्गा गाउँपालिका–६, दिप्लुङकी ३७ वर्षीया देवी विश्वकर्माको हत्यामा संलग्न दोषी अहिलेसम्म पत्ता लाग्न नसकेको हो ।

घटनामा संलग्न दोषी पहिचानका लागि अनुसन्धान जारी रहे पनि पत्ता नलाग्दा प्रहरीमाथि नै प्रश्न उठेको हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख बिमला राईले बताउनुभयो । “लामो समयसम्म दोषी पहिचान नहुँदा तीन महिलाको हत्या रहस्यमय बन्दै गएको छ,” उनले भने, “तीन महिलाको शृङ्खलाबद्ध हत्या हुनु जस्तो जघन्य घटनामा संलग्न अपराधीको पहिचान नहुँदा सर्वसाधारणमा त्रास फैलिएको छ ।”

हत्याको विषयमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताए । सिम्पानी बजारका होटल व्यवसायी शिव खड्काको होटलमा काम गर्दै आएकी रीताको शव कुसेऔँसीमा जङ्गलको बाटोभन्दा करिब ४० मिटर तल भिरमा भेटिएको थियो । घटनास्थलमा मडारिएको, घस्रिएको पाइएकाले युवतीलाई सामूहिक बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ ।

यस्तै, स्याउला काटेर घर फर्कने क्रममा इलाका प्रहरी कार्यालय, हलेसीबाट पैदल करिब पाँच मिनेटको दूरीमा ज्ञानीमायाँको हत्या भएको थियो ।

माइतीघर जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खु शिवालयबाट घर फर्कने क्रममा सम्पर्कविहीन बनेको दोस्रो दिन फेला परेकी देवीको शव सडकभन्दा करिब ५०० मिटर तल कम्मरमुनि कपडा खोलिएको, टाउकोबाट रगत बगिरहेको अवस्थामा भेटिएकाले घटनालाई शंकास्पद मानिएको छ । घटनापछि नेपाल प्रहरीको विशेष टोली आएर अनुसन्धान गरे पनि दोषी पत्ता लगाउन सकेको छैन ।

महिलाको शृङ्खलाबद्ध हत्या भएपछि जिल्लास्थित महिला अधिकारकर्मीले तत्काल दोषी पत्ता लगाएर कानुनी कठ्घरामा ल्याउन प्रहरीलाई दबाब दिइरहेका छन् । उनीहरुले पटक–पटक प्रहरी कार्यालयमा पुगेर घटनाको विषयमा जानकारी मागिरहेका छन् । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्मला हत्याकाण्ड छानबिन समितिले भन्यो : प्रहरीको लापर्वाही र हेलचक्र्याइँ (प्रतिवेदनको पूर्ण पाठसहित)
निर्मला हत्याकाण्ड छानबिन समितिले भन्यो : प्रहरीको लापर्वाही र हेलचक्र्याइँ (प्रतिवेदनको पूर्ण पाठसहित)
चितवनमा दादुरा र ठेउलाको समस्या
चितवनमा दादुरा र ठेउलाको समस्या
दर्जनौं शिक्षक/शिक्षिका माओवादीमा प्रवेश
दर्जनौं शिक्षक/शिक्षिका माओवादीमा प्रवेश
अपराधमा डामिएकालाई टिकट दिनु अपराधः पहाडी
अपराधमा डामिएकालाई टिकट दिनु अपराधः पहाडी
कोरोना भाइरस सम्बन्ध यी हुन् मिथ्या वा खराब सुझाव
कोरोना भाइरस सम्बन्ध यी हुन् मिथ्या वा खराब सुझाव
गण्डकीमा ढल्यो एमाले सरकार, मुख्यमन्त्री अधिकारी पदमुक्त
गण्डकीमा ढल्यो एमाले सरकार, मुख्यमन्त्री अधिकारी पदमुक्त
तुलसीपुरको अम्बास मतदान केन्द्रमा बम विष्फोट, राजविराजका अभियुक्त जेल चलान
तुलसीपुरको अम्बास मतदान केन्द्रमा बम विष्फोट, राजविराजका अभियुक्त जेल चलान
रोहिङ्ग्या शरणार्थीलाई म्यान्मार फर्काउन बङ्गलादेशको भूमिका महत्वपूर्णः आङ सान सू की
रोहिङ्ग्या शरणार्थीलाई म्यान्मार फर्काउन बङ्गलादेशको भूमिका महत्वपूर्णः आङ सान सू की
खर्च कटौतीसम्बन्धी सबै प्रस्ताव बहुमतले अस्वीकृत
खर्च कटौतीसम्बन्धी सबै प्रस्ताव बहुमतले अस्वीकृत
ECP changes election schedule, polling date remains same
ECP changes election schedule, polling date remains same