अपराधमा डामिएकालाई टिकट दिनु अपराधः पहाडी
सारांश
- २६ कात्तिक, बारा ।
- मानव अधिकार तथा शान्ती समाजका संस्थापक सभापती कृष्ण पहाडीले एमाले र कांग्रेसले आफ्नो धरातल बिर्सेर निर्वाचनमा होमिएको बताएका छन् ।
- समाजको बारा शाखाले आइतबार सिमरामा आयोजना गरेको नागरिक सेतु तथा वाषिर्क साधारणसभालाई सम्बोधन गर्दै पहाडीले दुई दलले निर्वाचनमा धनबल र बाहुबललाई बढवा दिएर उमेदवार बनाएको बताएका हुन् ।
२६ कात्तिक, बारा । मानव अधिकार तथा शान्ती समाजका संस्थापक सभापती कृष्ण पहाडीले एमाले र कांग्रेसले आफ्नो धरातल बिर्सेर निर्वाचनमा होमिएको बताएका छन् ।
समाजको बारा शाखाले आइतबार सिमरामा आयोजना गरेको नागरिक सेतु तथा वाषिर्क साधारणसभालाई सम्बोधन गर्दै पहाडीले दुई दलले निर्वाचनमा धनबल र बाहुबललाई बढवा दिएर उमेदवार बनाएको बताएका हुन् ।
कांग्रेस र एमालेले अहिले पपिन अपराधले डामिएका व्यक्ति र पैसावालालाई उमेदवार बनाएको भन्दै अपराधीलाई टिकट दिनु नेपाली जनताको लागि ठूलो अपराध भएको बताए ।
उनले निर्वाचनमा यसरी धेरै फोहोर थुपि्रदै गएको भन्दै यसले भ्रष्ट्रचार बढ्ने बताए । ‘निर्वाचन भनेको फोहरलाई बढारेर लाने भेल हो, तर भेलमा धेरै फोहर थुप्रियो भने भेलले फोहर बढार्न सक्दैन,’ उनले भने,’निर्वाचन महंगियो, अब भष्ट्रचार बढछ्, देश ठूलो खाडलमा फस्न सक्ने यिनै गठबन्धनले संकेत गर्दैछन् ।’
प्रतिक्रिया