विश्वास गर्न कठिन छ, तर घटना सत्य हो, तपाइँ पनि सचेत रहनुस्

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ९, २०७५
|
|
२८ पटक हेरिएको
Shares
विश्वास गर्न कठिन छ, तर घटना सत्य हो, तपाइँ पनि सचेत रहनुस्

सारांश

  • एजेन्सी।
  • आजकल बुवा आमाले आफ्ना सन्तानको हरेक इच्छा पूरा गर्छन्।
  • तर सन्तानले के गरिरहेको छ, कस्तो संगतमा छ भन्ने तिर खासै ध्यान दिएको देखिँदैन।

एजेन्सी। आजकल बुवा आमाले आफ्ना सन्तानको हरेक इच्छा पूरा गर्छन्। तर सन्तानले के गरिरहेको छ, कस्तो संगतमा छ भन्ने तिर खासै ध्यान दिएको देखिँदैन। जसका कारण पछिल्लो युवापुस्तामा विभिन्न समस्या देखिन थालेको छ। भारतको महाराष्ट्रको नागपुरमा एक महिला र उनकी एक साथीको लज्जास्पद हरकत सार्वजनिक भएको छ। प्रहरीले ती दुवै महिलासहित चार जनालाई पक्राउ गरेको छ। यी महिलाबाट आठ कक्षामा अध्ययनरत एक किशोरलाई छुटाइएको छ। दुवै महिला मुम्बईको एक बारमा डान्सर छन्।

प्रहरीले जुन १४ वर्षका किशोरलाई ती महिलाबाट छुटाए ती किशोर नातामा एक महिलाका भान्जा हुन्। भारतीय संचारमाध्यमका अनुसार ती किशोर बारमा डान्सरसँग रमाइलो गर्न चाहन्थे। उनी आफ्नी माइजुलाई देखेर आफू पनि डान्सर बन्न चाहन्थे। त्यतिमात्र होइन त्यसकालागि उनी आफ्नो लिंग परिवर्तन गर्न पनि तयार भएका थिए। ती किशोरले आफ्नो लिंग परिवर्तन गर्न धरै वेबसाइटसमेत सर्च गरेका थिए।

सर्जरीकालागि उनलाई पैसाको आवश्यकता थियो। त्यही भएर उनले गत वर्ष अगस्टमा ५० तोला सुन चोरेर आफ्नी माइजुसँग फरार भएका थिए। प्रहरीका अनुसार उनलाई सरकारी शेल्टर होममा राखिएको थियो। उनी माथि अनुसन्धानका क्रममा उनको इच्छा लिंग परिवर्तन गर्ने रहेको थाहा भएको थियो। उनका एक साथीले मुम्बई डान्स बारमा डान्सरका रुपमा आलिशान जीवन जिउने विषयमा सुनाएका थिए। त्यसपछि ती किशोरमा पनि लिंंग परिवर्तन गर्ने चाहना बढेको थियो। प्रहरीका अनुसार ति किशोरले समान सेक्स पार्टनरको खोजीमा एक ऐप पनि लाउनलोड गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?