तुलसीपुरमा विद्युत नियमित गराउन नगर प्रमुख घनश्याम पाण्डेको यस्तो पहल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १४, २०७५
|
१
|
५५ पटक हेरिएको
Shares
तुलसीपुरमा विद्युत नियमित गराउन नगर प्रमुख घनश्याम पाण्डेको यस्तो पहल

सारांश

  • तुलसीपुर, १४ असार ।
  • तुलसीपुर उपमहानगरपालिकाभित्रको विद्युत समस्या समाधान हुने भएको छ ।
  • अनियमित विद्युत र लो भोल्टेजका कारणले जनतालाई सास्ती भएपछि उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले ऊर्जामन्त्री वर्षमान पुनलाई भेटेर समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका हुन् ।

तुलसीपुर, १४ असार । तुलसीपुर उपमहानगरपालिकाभित्रको विद्युत समस्या समाधान हुने भएको छ । अनियमित विद्युत र लो भोल्टेजका कारणले जनतालाई सास्ती भएपछि उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले ऊर्जामन्त्री वर्षमान पुनलाई भेटेर समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका हुन् ।

प्रमुख पाण्डेले सिमेन्ट उद्योगमा गएको विद्युतको व्यवस्थापन गरेर लो भोल्टेजको समस्या समाधान गर्न पनि आग्रह गरेका हुन् । ऊर्जामन्त्री पुनले तुलसीपुरमा रहेको विद्युतको समस्या समाधानका लागि आफूले पहल गर्ने बताउँदै नेपाल विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङलाई निर्देशन समेत दिएका थिए । उनले विद्युतको समस्या सधैका लागि समाधान गर्नका लागि तीव्रतर गतिमा काम भइरहेको समेत बताए । “हामीले निरन्तर काम गरिरहेका छौ, छिटै यसको दीर्घकालीन समाधान पनि हुन्छ”, ऊर्जामन्त्री पुनले भने ।

यता नेपाल विद्युत प्राधिकरण तुलसीपुर प्रशाखा प्रमुख दीपकजंग चौधरीले लो भोल्टेजको कारणले जनताले दुःख पाएको भन्दै त्यसको समाधान गर्नका लागि आफूले पहल गरिरहेको बताए । “हामीले केही गर्न सक्दैनौ, माथिबाट आदेश आयो भने सिमेन्ट उद्योगको विद्युतलाई व्यवस्थापन गरेर समाधान गर्न सकिन्छ”, चौधरीले भने । उनले तत्कालको समस्या समाधान गर्नका लागि सिमेन्ट उद्योगको व्यवस्थापन गर्न आवश्यक रहेको समेत बताए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Bhakta Bdr Sodari

    Lod Seting Hato Vanxa K ho Para Aajhai Bidhut Niyamit Ko Lagi Diligatino thukka Sarkari Para?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आर्थिक विकास र समृद्धि आजको आवश्यकता: मन्त्री राई
आर्थिक विकास र समृद्धि आजको आवश्यकता: मन्त्री राई
कुकुरकालागि ७ लाखको   कम्बल !
कुकुरकालागि ७ लाखको कम्बल !
बलात्कार,ह्त्या,हिंसा घटनाकाे बिराेधमा उदयपुरका महिलाहरुले बुजाए प्र.जी.अ.लाई ज्ञापनपत्र
बलात्कार,ह्त्या,हिंसा घटनाकाे बिराेधमा उदयपुरका महिलाहरुले बुजाए प्र.जी.अ.लाई ज्ञापनपत्र
सरकारले ६ महिनामा एक लाख पशुलाई कृत्रिम गर्भाधान गराएछ : विश्वप्रकाश शर्मा
सांसद महेश बस्नेतकाे पहलमा कोटेश्वर–जडिवुटीमा तिहार अघि नै बेलिव्रिज सञ्चालनको तयारी
सांसद महेश बस्नेतकाे पहलमा कोटेश्वर–जडिवुटीमा तिहार अघि नै बेलिव्रिज सञ्चालनको तयारी
५ हजार कखुराका चल्ला नष्ट गरियो
५ हजार कखुराका चल्ला नष्ट गरियो
राजविराज घटना देशलाई बन्धक बनाउने सुनियोजित षडयन्त्र होः एमाले
राजविराज घटना देशलाई बन्धक बनाउने सुनियोजित षडयन्त्र होः एमाले
प्रधानमन्त्रीले श्रम सङ्गठन सम्मेलनलाई सम्बोधन गर्नुहुने
प्रधानमन्त्रीले श्रम सङ्गठन सम्मेलनलाई सम्बोधन गर्नुहुने
सुरक्षा खतरा रहेको प्रमाण देखाउन सरकारलाई चुनौती !
सुरक्षा खतरा रहेको प्रमाण देखाउन सरकारलाई चुनौती !
राजा फाल्न जस्तै कम्युनिष्ट विरुद्ध आन्दोलन गर्नुपर्ने भयो : सभापति देउवा
राजा फाल्न जस्तै कम्युनिष्ट विरुद्ध आन्दोलन गर्नुपर्ने भयो : सभापति देउवा